The Blogs Powered by People
हुँदैन बिहान मिर्मिरे तार झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए सालिन्दा जबजब सहिद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुई पंक्ति निकै सम्भिइन्छन् । यसपटक सहिद दिवसमा धेरैले यी पंक्तिहरू स्मरण गरे । सहिदगेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार सहिदका सालिकमा श्रद्धाका फूल चढाइए । लैनचौरको सहिदस्तम्भ वर्षको एकपटक चिटिक्क पारियो । [...]
२०५८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो आदेश नमान्ने तत्कालीन प्रधानसेनापति प्रज्वल्लशमशेर राणाको राजीनामा माग्दा दरबारको दबाबका कारण आफैं हट्नुपरेको थियो । आठ वर्षपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन चाहँदा राष्ट्रपतिबाट त्यस्तै हस्तक्षेपको सामना गरे । परिणामतः कटवाल त हटेनन्, दाहाल स्वयं सिंहदरबारबाट बाहिरिनुपर्यो । गणतन्त्र स्थापना र जनतामा सार्वभौमसत्ता आइसक्दा पनि निर्वाचित सरकार [...]
जन आन्दोलनको मूल्य, मान्यता एवं मर्मको समुचित कदर हुने परिपाटी बस्न नसक्दा आमजन सदा दुःखी एवं विहृवल हुन विवश हुँदै आएका छन् । मानव अधिकार, लोकतान्त्रिक प्रणाली, कानुनी शासन, दण्डहीनताको अन्त्य, मुलुक र मुलुकवासीको सुख, शान्ति र समृद्धि जस्ता पक्ष जनान्दोलनका मूलभूत मुद्दा बन्दै आएको यथार्थ एकातिर छ भने अर्कोतिर जनाकाङ्क्षा अनुरूप सुदृढ प्रणाली कायम [...]
भनिन्छ ‘जता गुलियो, उतै भुलियो’। साच्चै यो कुनै उखान मात्र रहिरहेको छैन। हाम्रो वर्तमानसँग, जोडिएको एउटा यथार्थ पनि हो। एउटा तितो सत्य पनि हो। हुन त व्याख्या विश्लेषणहरूले यसलाई एउटा वाध्यात्मक परिस्थितिको रूपमा चित्रण नगरेको पनि होइन। तथापि जे भनेपनि यो हाम्रो अकात्य वर्तमान हो। तर यसबाट पाठ भने सिक्न जरूरी छदैँ छ। गुलियो – [...]
भएन त खै आज पनि हुँदै भएन, न त कुरो अगाढि नै बढ्यो, न त कोहि पछाडि नै हट्यो …म जहाँ थिएँ त्यहीको त्यही नै छु, उनीहरु पनि त्यही नै छन् न उनीहरु सर्न चाहेको देखिन्छन् न त म नै गर्न चाहेको देखिन्छु म पनि बाँचिरहेको छु, उनीहरु पनि बाँचिरहेका छन्, तर, फरक यति मात्र [...]
नेकपा एमालेका अध्यक्ष कमरेड झलनाथ खनालले संविधानसभामा प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाट आफ्नो नाउँ फिर्ता लिएका छन् । यसको समुचित कारण छ । कसैको बहुमत नै नपुग्ने टड्कारो अवस्थामा उनलाई सहमति जुटाएर चार सय एक सभासद पुर्याउने सर्त दिइएको थियो । नेकपा एमाले अद्भुत पार्टी हो । यो त नांगै खुट्टा सगरमाथाको चुचुरोमा पुगेर एक दिनमै यहाँ [...]
निकै ठूलो चर्चा पायो अक्टोपस पलले । नपाओस् पनि कसरी ? त्यो अबोध प्राणीले दिएका सबै कथित भविष्यवसंकेतहरु एकाएक मिल्दै गएपछी । तर सायद उसको खाँचो अब वर्ल्डकपमा मात्र सिमित गर्नुनहुने राय म अगाडि सार्न चाहन्छु । सहमतिको भजन गाउने यिनै तीन दलका आजसम्म आइपुग्दा आआफ्नै पार्टीका टाउकाहरुले उम्मेदवारी दिएका छन् । हुन त यसमा [...]
बुद्ध थाहा पाएर बुद्ध बने क्राइष्ट थाहा पाएर क्राइष्ट बने संसारका सब मानिस थाहाका उपज हुन् सप्रेका देश थाहा पाएर सप्रे बिग्रेका देश भ्रम परेर बिग्रे भ्रमैभ्रममा बाँचेर बिग्रको यो देशको एउटा नागरिक तपाईं थाहा पाउनूस् देश सप्रिन थालिहाल्छ विसं ०२९/३० तिर जनमुखी नेता रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरु गरे । रूपचन्द्र र उनका सहकर्मीका [...]
सहिद शब्दको वास्तविक अर्थ के हो ? सहिद कसलाई भनिन्छ र को हो सच्चा सहिद ? यस्ता अनेकौँ तीखा प्रश्नले अचेल बारम्बार घोचिरहन्छन् मलाई । नेपाली बृहत् शब्दकोशले दिने ‘सहिद’ शब्दको अर्थ पनि अहिले मिल्न छाडिसक्यो । किनकि, अचेल सहिद शब्दको अर्थ, महत्त्व र गरिमा फेरिएको छ । हामीले विद्यार्थी जीवनमा ‘देश र देशवासीको हक-अधिकारका [...]
०४६ सालदेखि रूपचन्द्र विष्टको अन्तिम समयसम्म सँगै रहेका उनका सहयोगी र चेस पार्टनर समय बज्राचार्यका केही स्मृति : राजालाई गोली ठोक्नुपर्छ ०३६ सालमा जनमत संग्रह घोषणापछि एक दिन काठमाडौंको ओमबहालमा एउटा सभा थियो । म ओमबहालकै हिमालय प्रेसमा काम गर्थें । त्यसदिन म पनि सभामा गएको थिएँ । गणेशमान, बिपीलगायत ठूला नेता आएका थिए । [...]
प्रसिद्ध वामपन्थी नेता रुपचन्द्र विष्टसँग लामो संगत गरेका अधिवक्ता रामनारायण विडारीका केही सम्झनाः रुपचन्द्र विष्टको प्रयासले दामनमा हाइस्कुल खुल्यो । तर, अब पढाउने के ? त्यसवेला पाठ्यक्रम सबै सरकारले नै तोक्ने गरेको थियो । कक्षा सुरु हुनुअघि बिहान राष्ट्रिय गान -श्रीमान् गम्भीर नेपाली) को नाममा राजाको स्तुति गान गाउने चलन कसरी तोड्ने भनेर रुपचन्द्रले एउटा [...]
काठमाडौँको थापाथलीमा सडकभन्दा करिब ३० फिट माथिको खाली होर्डिङबोर्डमा कसले पोख्यो होला मनको बह? कसले कोर्यो होला सम्पूर्ण नेपाली नागरिकको साझा भावना? कसको संवेदनशील मनमा उब्जेको होला त्यस्तो सिर्जनशील नारा? बिना कुनै सिँगारपटार सामान्य अक्षरमा कसले लेखेको होला― गरी खान देऊ! सरकारले यस्तो काम गर्दैन। कुनै राष्ट्रिय-बहुराष्ट्रिय गैर-सरकारी संस्था (गैसस) को हो जस्तो पनि लाग्दैन। [...]