Mero Zindagi Mero Bishwas


पुष्पा बस्नेत

पुष्पा बस्नेत


ममताको शक्तिमा विश्वास गर्छु


Read 767 times
महाराजगन्जस्थित बालगृहमा एउटी चार वर्षकी फुच्चीले एकदिन भनी, 'म त ठूलो भएपछि ममी बन्ने ।' डाक्टर न पाइलट, ठूलो मान्छे न सफल मान्छे, त्यो सानी केटीमा 'ममी' बन्ने सपना कसरी टुसायो ? म एकछिन सोचमा डुबेँ ।

मनका पत्र केलाउँदै जाँदा मभित्र व्याप्त एउटा समवेदना भेटेँ, जसले म र २ देखि १२ वर्षका ती १९ जना केटाकेटीलाई बाँधिरहेको थियो । त्यो समवेदना थियो, ममताको समवेदना । सायद उनीहरूले मैलेजस्तै बुझ्न थालेका थिए, ममताको अर्थ !

डाक्टरको ज्ञानले एउटा घाउ या रोग निको पार्ला, पाइलटको सीपले केही माइल उडाउला, तर एउटी आमाको ममताले सन्तानको पूरै जिन्दगीलाई चाहेअनुसारको आकार दिन सक्छ । त्यसैले म स्नेह र ममताको शक्तिमा विश्वास गर्छु ।

यी बालबालिकाहरूसँग मेरो ममत्वको समवेदना जोडिनुमा मात्र एकपलको करामत छ । कलेजको फिल्डवर्कको सिलसिलामा कालीमाटीको प्रहरी महिला सेलमा जाँदा वर्षदिन पनि नपुगेकी सानी बच्ची सानुकान्छीले मेरो कुर्ताको फेर तानी । यस्सो फर्केर हेर्दा झट्ट, 'अब्बुई जेलमा पनि बच्चा !' भन्न पुगेछु । उसका आँखाले मलाई अमूर्त भाषामा भनिरहेजस्तै लाग्यो, 'मलाई यहाँबाट निकाल, जेलको बन्द हावामा म कसरी हुर्कने ?'

त्यही क्षणको आवेगपछि मैले जेलमा जन्मे-हुर्केका १९ जना केटाकेटीहरूलाई गाँस, बास, कपास, पढाइ, राम्रो हुर्कने वातावरण र आफूभित्र पलाउन सकेजति माया र ममता दिइराखेकी छु । सबैले मलाई 'पुष्पा मामु' भनेर बोलाउँछन् । यस्तो सुनेर कहिलेकाहीं मान्छेहरू पुलुक्क मेरो मुखमा हेर्छन् । त्यतिबेला मेरो नाक गर्वले गजक्क फुलेको हुन्छ !

म यिनीहरूकी प्रिय 'पुष्पा मामु' हुँ, तर आफ्नै आमा होइन । राम्रो पढ्न-लेख्न र स्वतन्त्र रूपमा बाँच्न पाएकै आधारमा विभिन्न परिस्थितिवश कैदी हुनपुगेका आफ्ना आमाबाबुहरूबाट केटाकेटी नटाढिउन् भन्ने मेरो ध्याउन्न हो । हरेक महिना म यिनीहरूलाई आफ्ना आमाबाबुहरूसम्म पुर्‍याइदिन्छु । अरू कोही बच्चा होस्टेलबाट घर पुग्दाका क्षणझैं यिनीहरूले पनि रमाइ-रमाइ आफ्ना आमाबाबुलाई अँगालेको देख्दा मेरा आँखा भिज्छन् । सामाजिक न्यायको कठघरामा उनीहरूले हारेका होलान्, तर ममताको कठघरामा उनीहरूले सधैं जितेका छन् । यदि म आइन्स्टाइन हुन्थेँ भने, प्रकाशमात्र होइन, 'आमाको ममता' पनि निरपेक्ष हुन्छ भन्ने प्रमाणित गर्न खोज्थेँ होला ।

यी केटाकेटीसँग मैले हरेक दिन १९ आमाको आत्मा बोकेर बसउठ गर्नुपर्छ । कोही औंलो चुस्छन्, कोही बाहुलाले सिँगान पुस्छन्, कोही ओछयानमा मुत्छन् । हरेक केटाकेटीलाई फरक-फरक तरिकाले सम्हाल्नुपर्ने, फरक-फरक कोणबाट ममता देखाउनुपर्ने, फेरि ममताको घडा पनि अचम्मैको हुनेरहेछ, जति चुहायो उति भरिँदै आउने । यो सबै कुरा लेख्दा मलाई आफ्नी आमाको सम्झना हुन्छ, जसका कारण म आज यहाँ छु । सुख-दुःख, सफलता- असफलताहरूमा सधैं मलाई आड दिइराख्ने मेरी आमाको ममताको दृष्टान्तले वास्तवमा मलाई यी सबैकी 'पुष्पा मामु' बनाएको हो । व्यक्तिगत दानहरूबाट कसोकसो चलिरहेको यो बालगृहको मूल खाँबो त मेरै आमाले धानिरहनुभएको छ । हरक्षण बालगृहमा केटाकेटीहरूसँग रत्तिए पनि हरेक बिहान आमाले पकाएको खाना खान म आफ्नै घर पुगेकी हुन्छु ।

लाउन-खान समस्या नभएकी घरकी प्यारी छोरी भएर पनि धेरै समय म यी केटाकेटीहरूको पालनपोषणका लागि दीर्घकालीन स्रोत कसरी जुटाउने भन्ने सोच्नमै जाने गरेको छ । तर पनि कसोकसो आजसम्म चाहिँ जुटेकै छ । कसैले मलाई भन्थे, 'तिमी आफ्नोलागि माग्दा केही नजुट्ला, तर अरूको लागि माग्दा भगवानले अवश्य जुटाइदिन्छन् ।' सायद ममा ममताको शक्ति भएर होला, यो कुरा साँच्चै हो जस्तो लाग्छ । त्यसैले म ममताको शक्तिमा विश्वास गर्छु ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास' बाट साभार गरिएको हो ।



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 14 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 4 Users online [ Visits including robots - 865616 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark