Mero Zindagi Mero Bishwas


रमेश पाण्डे

रमेश पाण्डे


विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म


Read 853 times
जिन्दगीका ३८ हिउँद-वर्षा मैले शिक्षण पेसामा बिताएँ । यो पेसामा कसैको चाकरी गर्नु पर्दैन, कसैसँग सम्झौता गर्नु पर्दैन, त्यसैले मैले यो पेसा रोजेँ । यो पेसाले मलाई सधैं स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरआत्माको आवाजलाई बेवास्ता गर्न र सत्यको साथ छाड्नुपरेन ।

त्रि-चन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शंकरदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाए हुँला । मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले निरीक्षक बनेँ । यी सबै भूमिकामा मैले सधैं अधिकतम र कमजोर विद्यार्थीका लागि लडेको छु, मैले तिनलाई गर्नसक्ने जति न्याय गर्ने प्रयास गरेको छु । मेरो कक्षा लिनआउने विद्यार्थीहरूलाई मैले कहिल्यै छुट्टै टयुुसन पढाइन । उनीहरूका लागि म चौबीसै घन्टा उपलब्ध हुन्थेँ, टेलिफोनमा, बाटोमा, चियापसलमा । मलाई जहाँ भेटेर भए पनि विद्यार्थीले आफ्ना प्रश्न र समस्या राख्थे ।

मेरो जीवनमा अभावहरू नभएका होइनन् । कठिनाइ अवश्य थियो । तर श्रीमतीको र मेरो इमानदार कमाइले हामीलाई व्यवहार धान्न पुगेकै थियो । आफ्नो विश्वास बेचेर मैले विद्यार्थीहरूमाथि अन्याय गर्न चाहिन । टयुुुुसन पढाउनतिर लाग्दा टाढा-टाढाबाट आएर क्याम्पसको कोठामा, बेन्चमा, डेस्कमा, भुइँमा, झयालमा बसेर र उभिएरै पनि मेरो कक्षा लिन चाहने विद्यार्थीमाथि मैले अन्याय गर्न सक्दिनथेँ । आश र त्रासले मान्छेलाई सम्झौता गर्न, झूट बोल्न र झुक्न बाध्य पार्छ । आश र त्रास राखेको भए म पनि रजिष्ट्रार, रेक्टरजस्ता पदमा पुर्‍याइन्थेँ होला । तर मलाई कहिल्यै त्यो चाह भएन । विद्यार्थीहरूको सफलतालाई नै मैले आफ्नो सफलता र उनीहरूको असफलता आफ्नो असफलता मान्दै झन्डै चार दशक बिताएँ । मेरो शैक्षिक जीवनको पचहत्तर प्रतिशतभन्दा बढी हिस्सा शंकरदेव क्याम्पसमा बित्यो । मेरो कक्षा धेरैजसो बिहानी सत्रको पहिलो पिरियड हुन्थ्यो । प्रायःजसो सवा ६ बजे सुरु हुने मेरो कक्षामा सवा ६ ठीक सवा ६ बजे नै बज्थ्यो, न एक मिनेट छिटो, न एक मिनेट ढिलो । मेरालागि सबैभन्दा ठूलो कुरा मेरो कक्षा नै हुन्थ्यो । मलाई कहिल्यै पनि हुरीपानीले कक्षामा पुग्न छेकेनन् । ४६ सालको आन्दोलनमा चैत २४ गतेदेखि कफर्यु लाग्यो । २३ गतेका दिन बाहिर गोली चलिरहँदा भित्र म कक्षा लिइरहेको थिएँ । ३८ वर्ष पढाउँदा पढाइ भएकाबखत मुस्किलले ३८ दिन कक्षामा अनुपस्थित भएहुँला, आँखाको अपरेसन या अरू कुनै आकस्मिकताका कारण । बैसठ्ठी सालमा आँखामा मोतियाविन्दुको अपरेसन गरेको बखत तीन दिन विदा बसेँ । खासमा अपरेसन पनि विदाकै बेला पारेको थिएँ । तर पनि तीन दिन कक्षा छोड्नु नै पर्‍यो । त्यति धेरै समय लगातार विदामा पहिले कहिल्यै बसेको थिइन, पछि पनि बसिन । कुनै दिन शरीर आलस्य र काम गर्न कठिन भयो होला, तर कक्षा लिने सवालमा ती कुरा कहिल्यै बाधक बनेनन् । सायद कक्षाप्रतिको आशक्ति र अनुशासन चेतनाले त्यस्तो भयो होला । अनुशासनको घेराले जिन्दगीलाई एउटा आकार दिन्छ, निश्चितता दिन्छ र गर्व गर्ने आधार दिन्छ । अनुशासनमा चुकियो भने जीवनका अन्य पक्षमा पनि चुकिन्छ । मैले आत्मसात गरेको अनुशासनको घेराले मेरो जिन्दगी सार्थक बनेको छ भन्ने ठान्छु ।

मेरो पेसागत र पारिवारिक मूल्य-मान्यता एकआपसमा बाझ्दा धेरै अप्ठेरा क्षणहरू पनि आएका छन् । २९/३० सालतिरको कुरा हो, मेरी आफ्नै दिदी गर्भवती हुनुहुन्थ्यो । उहाँले बिकमको जाँच दिनुपर्ने थियो । प्रश्नपत्र मैले नै सेट गरेको थिएँ । तर मैले 'दिदी, यी-यी प्रश्नहरू महत्त्वपूर्ण छन्, तयारी गर' भन्न सकिन । उहाँ फेल हुुनुभयो । यही घटना फेरि मेरी छोरीको केसमा पनि दोहोरियो । उनी पनि फेल भइन्, मैले नै सेट गरेको प्रश्नपत्रमा । जसरी मेरा विद्यार्थीहरू असफल हुँदा मेरो मन दुख्छ, त्यसरी नै मेरी दिदी र छोरी फेल हुँदा पनि मेरो मन दुख्यो । तर पनि पेसाको नैतिकतासँग सम्झौता गर्न मेरो विवेकले दिँदै-दिएन । राम्रो गर्ने विद्यार्थीको उचित मूल्यांकन होस् र यदि कसैले नराम्रो गरेको छ भने उसले कम्तीमा पनि आफ्नो मिहेनतअनुसारको फल पाओस् भन्ने मेरो सधैंको ध्येय रहयो । मेरो यही ध्येय सार्थक हुने वातावरण नभएकाले ०६४ सालको माघ महिनामा जागिर अवधि सकिन २ वर्ष बाँकी हुँदाहुँदै मैले शंकरदेव क्याम्पसबाट स्वैच्छिक अवकाश लिएँ । मेरालागि बुढेसकालको आर्थिक सहारा पेन्सनभन्दा ठूलो थियो मेरो जिन्दगीको विश्वास, मेरा विद्यार्थीप्रतिको न्याय ।

मेरा छोराछोरीहरूले पनि मबाट सहृदयता र इमानदार कर्तव्यबोधको गुण सिकेका छन् । मैले उनीहरूलाई दिनसकेको सबैभन्दा ठूलो पैतृक सम्पत्ति त्यही नै हो । एउटा शिक्षक भएपछि पूरा गर्नुपर्ने विद्यार्थीप्रतिको न्यायको दायित्व पूरा गरेर मैले मेरो जिन्दगी सार्थक बनाएको छु । त्यसमा मलाई गर्व छ । म सन्तुष्ट छु ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ँमेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।





Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 8 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 4 Users online [ Visits including robots - 865609 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark