Mero Zindagi Mero Bishwas
अम्बर गुरुङ
जीवनको ऊर्जा स्रोत
Read 1065 times
विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर 'हुन सक्दैन' अथवा 'गर्न सक्दिन' भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो ।
मेरो साङ्गीतिक जीवन यस्तै सकारात्मक विचारबाट प्रेरित भएको छ । त्यसबेला न सङ्गीतका गुरुहरू थिए, न सङ्गीत स्कुल, नत सङ्गीतका पाठयपुस्तक नै । त्यसमाथि धेरैका घरमा जस्तै मेरो घरमा पनि सङ्गीत प्रतिबन्धित थियो । त्यसताका सङ्गीत सिकेपछि मान्छे बरालिन्छ भन्ने धारणा प्रबल थियो । तर त्यस्तो परिस्थितिबाट पनि म विचलित भइन ।
स्वरलिपि अथवा नोटेसन हेरेर अरूले सङ्गीत बजाएको देख्दा म आश्चर्यचकित हुन्थेँ । लाग्थ्यो, 'म आफू पनि एकदिन त्यसरी नै बजाउन सक्ने हुनेछु ।' सङ्गीतप्रतिको यस्तो अखण्डित प्रेम र सङ्कल्पले गर्दा नै म पछि गएर धेरैलाई सङ्गीत शिक्षा दिन समर्थ भएँ । मैले अहम्को कुरा गरेको होइन । सङ्गीत विधा अपार र असीमित छ । अहिले पनि म सङ्गीत सिकिरहेको छु । त्यसो त सङ्गीतमात्र किन र ? कुनै पनि ज्ञानको विधा अपरिमित र सीमाहीन नै हुन्छ । मैले यतिमात्र भन्न खोजेको हुँ, सकारात्मकता नै इच्छाशक्तिको त्यस्तो बीज हो, जसले कालान्तरमा सफलताको सुगन्धित फूल र रसिलो फल फलाउन सक्छ । सिर्जनशीलता अथवा 'क्रिएटिभिटी'को लागि चाहिने ऊर्जा कल्पनाशीलता हो । नकारात्मक विचारबाट ग्रसित व्यक्तिले कल्पना गर्न सक्दैन अथवा गर्दैन ।
कुरा सन् २००५ को नोभेम्बरको हो, दार्जिलिङ गएको बेला हामीलाई धेरै वर्षअघि टर्नबुलमा पढाउने गुरु काशीनाथ शर्मासँग भेट भयो । गुरुसँग धेरै दुःख-सुखका कुराहरू भए । गुरुले भन्नुभो, "तिमीले हामीलाई धेरै गौरवान्वित बनाएका छौ अम्बर । आज तिम्रो कत्रो नाम छ हेर त, नेपाली समाजमा ।" मैलेचाहिँ त्यतिबेला आफ्नै कुरा गरेछु, "नाममात्रै छ सर, नाम अनुसारको दाम छैन ।"
मेरो ठाडो जवाफ गुरुलाई चित्त बुझेनछ । उहाँले तुरुन्तै भन्नुभयो, "नामभन्दा ठूलो दाम हो र अम्बर ? तिमीहरूलाई पढाउँदा मेरो हालत एकदमै नराम्रो थियो । लुगामा कोटसम्म थिएन । मनपरेको कुरा खान सकिँदैनथ्यो । अहिले महिनामा १४/१५ हजार पेन्सन आउँछ । सानो घर छ, छोराछोरी सबै कमाउँछन् । अहिले राम्रो खानेकुरा किन्न सक्छु, तर पचाउन सक्दिन । यो उमेरमा राम्रो लुगा लगाएर हिँडे नक्कल पारेको भनेर खिल्ली उडाउलान् भन्ने डर । तर तिमीले आफ्नो नाम आकाशजस्तै विशाल र अमर तुल्याएका छौ । के त्यो उपलब्धि ठूलै होइन र ?"
काशीनाथ गुरुका कुरा सुनेर मेरा आँखाबाट आँसु झरे, गुरुको पनि । धेरै वर्षपछि गुरुबाट सकारात्मक सोचको अर्को शिक्षा पाएँ ।
सङ्घर्षका दिनमा अथवा आफूले दुःख पाइरहेको बेलामा मलाई पनि यदाकदा नकारात्मक विचारहरू नआएका होइनन्, तर मैले त्यस्ता विचारलाई प्रश्रय दिँदै दिइन । किनभने 'केही गरेरमात्र मर्छु' भन्ने एउटा दृढसङ्कल्प मभित्र थियो । कुन संयोगले हो, भन्न सक्दिन, तर त्यस्तो बेला मलाई स्वेट मार्टेन, डेल कार्नेगी, भिनसेन्ट पिल आदिका उत्तम कृतिहरू पढ्ने सुयोग मिल्यो । ती सबै लेखकहरू सकारात्मकतामा विश्वासमात्र गर्दैनथे, सकारात्मक पक्षका 'एडभोकेट' र प्रचारकसमेत थिए । त्यसैबाट मलाई थाहा भयो, मैले गरेको सङ्घर्ष धेरै-धेरै लामो सिँढीको पहिलो खुट्किलोमात्र हो । र जीवनरूपी सिँढी जतिसुकै लामो र उकालो भए पनि सकारात्मक चिन्तन र विचार बोकेर हिँड्नेले सहजै उक्लिन, पार गर्न सक्छ, किनभने त्यसनिम्ति चाहिने ऊर्जा सकारात्मक विचारबाट निरन्तर निःसृत भइरहेको हुन्छ । यो मेरो भोगाइजन्य अनुभवमात्र नभई जीवन-विश्वास पनि हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।
Recent Tweets |
Exchange Rates
Last Updated - 14 minutes ago
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.40 | 75.00 |
| European euro | 1 | 95.38 | 96.15 |
| UK pound sterling | 1 | 114.78 | 115.70 |
| Swiss franc | 1 | 73.34 | 73.93 |
| Australian dollar | 1 | 67.58 | 68.13 |
| Canadian dollar | 1 | 70.60 | 71.17 |
| Singapore dollar | 1 | 55.20 | 55.64 |
| Japanese yen | 10 | 8.82 | 8.90 |
| Chinese renminbi (Yuan) | 1 | 10.94 | 11.03 |
| Saudi Arabian riyal | 1 | 19.84 | 20.00 |
| Qatari riyal | 1 | 20.44 | 20.60 |
| Thai baht | 1 | 2.39 | 2.41 |
| UAE Dirham | 1 | 20.25 | 20.42 |
| Malaysian ringgit | 1 | 23.83 | 24.02 |
| South Korean Won | 100 | 6.33 | 6.38 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.25 | |
| Danish Krone | 1 | 12.81 | |
| Hong Kong dollar | 1 | 9.57 | |

