Mero Zindagi Mero Bishwas
विजयकुमार श्रीवास्तव
सहभागितामूलक उद्यमशीलता चाहिन्छ
Read 759 times
म सहभागितामूलक उद्यमशीलतामा विश्वास गर्छु । यो उद्यम गर्न धेरै रकम चाहिँदैन । ठूलो योजना पनि बनाउनु पर्दैन । चाहिन्छ त केही गर्न खोज्ने चाहना र सहभागिता । यो काम मैले ०५९ सालमा चारजना साथीहरूसँग मिलेर सुरु गरेँ । पन्ध्र हजारका दरले उठाएको साठी हजार, दुई हजार र पच्चीस सय रुपैयाका दरले चियापसल, दूध र तरकारी व्यवसाय गर्न चाहनेलाई कर्जा दियौं । ऋण लिए पनि उनीहरू आसामी थिएनन् । हाम्रो उद्यमका सहकर्मीहरू थिए । त्यसैले ऋणसागै उनीहरूलाई परामर्श र सल्लाह दिइराख्यौं । यसले हाम्रो सामूहिक प्रयासलाई सफल बनाउँदै लग्यो ।
हाम्रो सामूहिक काम देखेपछि चन्द्रकान्त अधिकारी र श्रीकृष्णलाल कर्णले हेल्भेटास नेपालबाट साना व्यवसाय सञ्चालनको प्रशिक्षण लिन सल्लाह दिए । प्रशिक्षणले सहभागितामूलक उद्यमशीलताको लागि अझ नयाँ सोच र योजना बनाउन सिकायो । सुरुमा छिमेकीलाई 'म तपाईंलाई व्यवसाय गर्न सहयोग गर्छु' भन्दा पत्याउँदैनथे । तर आज हामी काम गर्नेहरूबीच दोहोरो विश्वास छ । उनीहरूको व्यवसायमा प्रत्यक्ष संलग्न भएर सरसल्लाह दिइरहादा उनीहरूको काम सफल भयो । यसले उनीहरूलाई फाइदा त भयो नै । त्यही साठी हजारले तीन वर्षभित्र १०३ जनालाई कर्जा दिन हामी सफल भयौं । यसले हाम्रो सहभागितामूलक उद्यमप्रतिको विश्वासलाई अझ उच्च बनायो ।
यो काम सुरु गर्दाका अन्य तीनजना साथीहरू अन्तै काम गर्छन् । म भने 'साना व्यवसाय परामर्शदाता केन्द्र' खोलेर उही काममा संलग्न छु । पहिलेको भन्दा उद्यमको स्वरूप फेरिए पनि यसको आकार बढ्दो छ । यसकै एउटा स्वरूप बिलौरियामा छ । त्यहाँका महिलाहरू समाज र परिवार दुवैबाट शोषित छन् । उनीहरूलाई ५०, ६० वर्ष नपुगी घरबाहिर स्वतन्त्रपूर्वक हिँड्नसमेत दिइँदैन । त्यसैले मैले उनीहरूलाई घरमै बसाएर उद्यममा सहभागी गराउने बाटो खोजेँ । त्यसनिम्ति अगरबत्ती बनाउने प्रशिक्षण दिएँ । आज उनीहरू घरमै अगरबत्ती बनाएर महिनामा पच्चीस सय, तीन हजार कमाउँछन् ।
सहभागितामूलक उद्यमशीलताले थोरै भए पनि सबैलाई फलिफाप गर्छ । यसकै अर्को उदाहरण हो, वीरगन्जका केही रिक्सा चालकहरूको उन्नति । उनीहरू वर्षौदेखि दैनिक भाडा तिरेर साहूको रिक्सा चलाउँथे । हामीले त्यही भाडा बराबरको दैनिक किस्ता तिरेर एक वर्षमा रिक्सा उनीहरूको हुने योजना ल्याऔं । उनीहरूमध्ये १० जनाले इमानदारीपूर्वक किस्ता तिरेर रिक्सा आफ्नो बनाई नै सके । साहूलाई तिर्नुपर्ने भाडा बचत गरेर त्यो रकम छोराछोरीको शिक्षा र स्वास्थ्यमा खर्च गर्छन् ।
यसले व्यक्तिको उल्लेखनीय विकास नहोला, तर हाम्रोजस्तो गरिब,अशिक्षित समाजमा सबभन्दा पहिले सहभागितामूलक उद्यमशीलताकै खाँचो छ । सहभागिता बनाउन सबै एकैठाउँमा आउनुपर्छ भन्ने छैन । सबै आ-आफैं ठाउँमा बसेर पनि काम गर्न सकिन्छ ।
आज यो उद्यमभित्र धेरै दलित, महिला र जनजाति आफैंले थोरै भए पनि केही गरेर स्वावलम्बी भएका छन् । उनीहरूलाई परामर्श दिन जाँदा पटक-पटक मुक्तिको खुसी सुनाउँछन् । छोराछोरीलाई स्कुल पठाउन सकेको खुसी पोख्छन् । त्यो बेला लाग्छ, मैले बुबा र दाइजस्तै सरकारी जागिर खाएको भए मेरो पाँचजना परिवारमात्र पाल्थेँ । तर आज एकाअर्कासाग मिलेर गरेको उद्यममार्फत परिवारसागै अरू २७ सयजनालाई पनि परिवार पाल्ने अवसर सिर्जना गर्नसकेको छु । यो सम्झेर म अझ धेरै ठाउँमा हातेमालो गरेर उद्यम गर्ने सोचमा छु । किनकि आयस्रोत नभएर अभावमा बाँच्नेहरू बिलौरिया र वीरगन्ज बजारमा मात्र छैनन् ।
अधिकांश मान्छे आफू एक्लै केही हुने सपना देख्छन् । विभिन्न योजना बनाएर ठूलो उपलब्धि हासिल गर्न खोज्छन् । तर हाम्रो गरिब र अशिक्षित समाजलाई व्यक्तिगत र ठूलो उपलब्धिको आवश्यकता छैन । सानो र सामूहिक उपलब्धिको खाँचो छ । यसको लागि एकमात्र उपाय हो, सहभागितामूलक उद्यमशीलता । यो नै मेरो जिन्दगीको प्रयास हो र विश्वास पनि ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।
Recent Tweets |
Exchange Rates
Last Updated - 4 minutes ago
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

