Mero Zindagi Mero Bishwas
उत्तम सञ्जेल
हिरो त असल कामले बनाउँछ
Read 908 times
महिरो हुनुमा विश्वास गर्छु, किनकि हिरोलाई सबैले सम्मान र माया गर्छन् । समाजमा फरक पहिचान पनि मिल्छ । यही सपना बोकेर ०५३ सालमा मुम्बई पुगेँ र आठ वर्ष बिताएँ । त्यहाँका गल्ली र सडकमा धेरै कष्ट भोगेँ । अरूका कष्टकर दृश्य पनि देखेँ । तीन पुस्तादेखि सडकमा बिताएका मान्छे । वेश्यालयबाट निकालिएकी रोगी महिलाको पीडा अनि २०/२५ तले बिल्डिङको ड्रेनबाट झरेको फोहोर कपडामा थापेर भातको सिता छान्दै खाने सडक बालकहरू देखेँ । यस्ता दृश्यले चसक्क मन दुख्थ्यो । तर के गर्ने म आफैं हिरो बन्नलाई संघर्ष गरिरहेको मान्छे ! उनीहरूको भलो सोच्थेँ, तर राम्रो गरिदिने ल्याकत थिएन ।
तर मुम्बईमात्र होइन, यता मेरो घर नजिक पनि यस्तै दृश्य थियो । घरसँगैका गलैंचा फयाक्ट्रीमा झन्डै ७५ वटै जिल्लाका मानिस मजदुरका रूपमा काम गर्थे । तिनका छोराछोरी उचित हेरचाहको अभावमा सडकमा पुगेका थिए । ती नशालु पदार्थमा रम्थे, बटुवासँग पैसा माग्थे र नपाए लुट्ने, चोर्ने पनि गर्थे । केटीहरू सानो उमेरमै वेश्यावृत्तिमा लाग्थे । मानिसहरू भने यिनीहरूले समाजलाई विकृत पारे भन्थे । प्रहरी बोलाएर पक्राउँथे । तर म भने प्रहरी बोलाएर पक्राउनुमा समाधान देख्दैनथेँ । समाधान त यिनीहरूलाई सडकमा जान रोकेर विद्यालय पठाउनु पो हो !
सडक बालबालिकाको यस्ता दृश्य देखेर मन खिन्न भएको झोँकमा एकपटक काठमाडौं आएको बेला यहाँका १२ जना मजदुरका छोराछोरीलाई विद्यालय भर्ना गरिदिएँ । यो काम खास उद्देश्यका साथ भने गरेको थिइन । सामान्य लहड थियो । खास रहर त फिलिमको हिरो बन्ने नै थियो । म फेरि मुम्बई नै हान्निएँ । तर मान्छेलाई समय र परिस्थितिले पनि बाँध्दै ल्याउँदोरहेछ । पछि ती बालबालिकालाई विद्यालयले सित्तैमा पढाउन मन गरेनन् । उनीहरूलाई विद्यालय पठाउन मैले सुरु गरेकोले समस्या पैदा भएपछि त्यसको समाधान गर्नु पनि मेरो जिम्मेवारी थियो । त्यही जिम्मेवारी पूरा गर्न स्कुल खोल्ने सोच बनाएँ । जुन कामका लागि पहिलोपल्ट दोर्जे नाम्गेलले ५० हजार दिएर सहयोग गरे ।
सोचेको थिएँ, मैले खोलेको विद्यालयमा तीन सयजति विद्यार्थी आउँछन् । तर आए ८५० । सँगसँगै उनीहरूलाई राम्रो शिक्षा र पर्याप्त भवन निर्माणजस्ता कुरा मेरा जिम्मेवारी भएर आए । त्यसकै निम्ति सहयोग जुटाउन र उनीहरूको भविष्य सोच्ने कामले मलाई व्यस्त पार्न थाल्यो । मुम्बई जाने क्रम रोकियो । तबमात्र सोच्न थाले, हिरो कसरी बन्नेभन्दा पनि हिरो के हो भनेर !
हिरो त त्यो रहेछ, जसले समस्यालाई चिर्न सक्छ, अरूको भलो चिताएर त्यसलाई पूरा गर्न सक्छ । उमेरसँगै दर्शकको मनबाट ओझेल पर्ने हिरो त कृत्रिम हिरो पो रहेछ , असली हिरो त मदर टेरेसाजस्ता हुँदारहेछन् । यस्तै आदर्शका कारण मेरो विचार फेरिँदै गयो । आज म आफ्नो कामको क्षेत्र बढाउनमा लागिरहन्छु । मजदुर र गरिब किसानका छोराछोरी पढ्ने समता शिक्षा निकेतन काठमाडौंमा मात्र नभई, भक्तपुर, ललितपुर, चितवन, सिन्धुपाल्चोक, मकवानपुर र नवलपरासीमा पनि खोलिसकिएका छन् । विद्यार्थीको संख्या पनि ८५० बाट करिब १६ हजार पुगेको छ ।
आज 'तैंले राम्रो काम गरिस्' भनेर धेरैले माया गर्छन् । कामलाई सघाउन सहयोगको हात बढाउछन् । म आफ्नो कामको आयतन बढाउन अझ उद्वेलित हुन्छु । विद्यालयलाई आठ जिल्लाबाट विस्तार गरेर ४० जिल्लामा पुर्याउने लक्ष्य छ । अझ धेरै बालबालिकालाई शिक्षाको ज्योति देखाउने चाहना छ । यो चाहनासँगै आज मेरो हिरोप्रतिको दृष्टिकोण पनि पूरै बदलिएको छ । हिरो त त्यो हो, जसले राम्रो र असल काम गर्छ । पर्दाको हिरोले समाजको कुनै काल्पनिक असल पात्रलाई माथि उठाउला । तर वास्तविक हिरो त पर्दाको जस्तो राम्रो काम वास्तविक समाजमै गर्ने मान्छे हो । यस्तो हिरो र उसले आँटेको काममा सबैले साथ दिन्छन् । यो नै मेरो जिन्दगीको अनुभव र विश्वास हो ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।
Recent Tweets |
Exchange Rates
Last Updated - 10 minutes ago
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.40 | 75.00 |
| European euro | 1 | 95.38 | 96.15 |
| UK pound sterling | 1 | 114.78 | 115.70 |
| Swiss franc | 1 | 73.34 | 73.93 |
| Australian dollar | 1 | 67.58 | 68.13 |
| Canadian dollar | 1 | 70.60 | 71.17 |
| Singapore dollar | 1 | 55.20 | 55.64 |
| Japanese yen | 10 | 8.82 | 8.90 |
| Chinese renminbi (Yuan) | 1 | 10.94 | 11.03 |
| Saudi Arabian riyal | 1 | 19.84 | 20.00 |
| Qatari riyal | 1 | 20.44 | 20.60 |
| Thai baht | 1 | 2.39 | 2.41 |
| UAE Dirham | 1 | 20.25 | 20.42 |
| Malaysian ringgit | 1 | 23.83 | 24.02 |
| South Korean Won | 100 | 6.33 | 6.38 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.25 | |
| Danish Krone | 1 | 12.81 | |
| Hong Kong dollar | 1 | 9.57 | |

