Mero Zindagi Mero Bishwas


खेमराज सापकोटा

खेमराज सापकोटा


एक थुकी सुकी, सय थुकी नदी


Read 826 times
२०४५ सालतिर म शाही औषधी लिमिटेडमा काम गर्थें । डेरा वीर अस्पताल नजिकै थियो । कार्यालय जाँदा-आउँदा बाटोमा सधैं माग्नेहरू बसेका देख्थेँ । एकदिन जाडोले कठयांग्रिदै सुतिरहेको एउटा माग्ने 'बिरामी छु, केही पैसा दिनुस्' भन्दै याचना गरिरहेको देखेँ । मैले एक रुपैयाँ दिएँ । उसको कटौरामा मुस्किलले दुई-तीन रुपैयाँ थियो होला । बाटोमा सयौं मानिस ओहोर-दोहोर गरिरहने भए पनि प्रायः सबैले नदेखेजस्तो गर्थे । चार दिनपछि त्यो माग्ने मरेछ । पुलिसहरू लास उठाउँदै थिए । सायद जाडोले कठयांग्रिएरै मर्‍यो होला ।

धेरैपटक देखेको मान्छेको लास देख्दा मन खिन्न भयो । प्रहरीले लासलाई कात्रोले ढाके । त्यसको केही समयमै लासमाथि एकदेखि पचाससम्मका नोट फयाँकिएको देखेँ । लासमाथिको रु ५० भन्दा बिरामी छँदै सबैले एक-एक रुपैयाँ दिएको भए सायद त्यो भिखारी बाँच्थ्यो । मैले गैंडाकोट सम्झेँ । त्यहाँ खेती गरेर खानमात्र पुग्ने मेरा गाउँले पनि यस्तै निरीह थिए । उनीहरू पनि पैसाको अभावमा यसैगरी मर्न सक्छन् भन्ने पीरले सतायो । मैले चियामा, रमाइलोमा खर्च गर्ने सुकीको महत्त्व पनि धेरै हुँदोरहेछ भन्ने आभाष मलाई भित्रैदेखि भयो ।

गैंडाकोट, सुखको निम्ति २९ सालमा छोडी आएको बागलुङ-दमेकको भौगोलिक विकटता बाहेक अरू कुनै हिसाबले फरक थिएन । गैंडाकोटवासी पुरातन शैलीमा खेती गर्ने गर्थे । रोग, महामारी र बाढी आउँदा वैकल्पिक उपाय केही थिएन । म गाउँलेलाई यस्तै विपत्तिबाट जोगाउन तत्कालीन विजय युवा क्लबमा काम गर्न थालेँ । बिस्तारै ०४८ सालमा २६ जना साथी मिलेर मोहर-मोहर जम्मा गरेर बचत गरी गाउँको विकास गर्ने एउटा सोच बनायौं । महिनाको १५ रुपैयाँ, वर्षको रु १८० बचत हुने योजना । दस वर्ष कुर्दा एउटा व्यक्तिबाट रु १८०० रुपैयाँ जम्मा हुन्थ्यो । दिनको पचास पैसा जम्मा गरेर भविष्य सुरक्षित बनाउने हाम्रो यो अभियानलाई सुरुमा कसैले विश्वास गरेन । तर मलाई विश्वास थियो । किनकि मैले समयमा त्यही मोहर नजुटेर मरेको भिखारी देखेको थिएँ ।

पहिलो वर्षमै बचतकर्ता सदस्य संख्या ९० पुग्यो । उठेको पैसाबाट पहिलोपल्ट खगराज सापकोटालाई बाख्रा पाल्न दुई हजार ऋण दियौं । बैंकको प्रक्रियाबाट तर्सने गाउँलेहरूले सजिलै ऋण लिन मिल्ने एउटा विकल्प भेटे । आज तिनै खगराज गैंडाकोटमा दूध व्यवसाय गरेर अरूलाई ऋण दिनसक्ने भएका छन् । यो सफलताको पछाडि दुई दिनमा एक कप चिया घटाएर बचत गरिएको एक मोहरकै हात छ ।

हामी ठूलठूला कुरा गर्छौं । तर काम भने सानो चिजको खाँचोले गर्दा अड्किएको हुन्छ । सहकारीको कामले डडेलधुरा जाँदा यस्तै अनुभव गरेँ । उकालो चढ्दै गर्दा एउटी महिलाले सिटामोल मागिन् । उनीहरू बाहिरबाट आउने मान्छेले सिटामोल ल्याउँछन् भनेर सोच्दा रैछन् । सिटामोल मेरो लागि सानो औषधी थियो । तर उनीहरूले देखेको औषधी भनेको त्यहीमात्र रहेछ ।

आज गैंडाकोटवासी ५० पैसाबाट दैनिक रु ५० रुपैयाँसम्म जम्मा गर्न सक्षम भएका छन् । सक्नेले त्योभन्दा धेरै पनि बचत गरेका छन् । बचतकर्तासँग महिनैपिच्छे सात हजार निकाल्ने क्षमता नहोला । तर आज उनीहरूलाई आवश्यकता परेको बेलामा ७ लाखसम्म सजिलै ऋण पाउन सक्ने भएका छन् । यो सानो चिजप्रतिको विश्वासले सम्भव भएको हो, त्यही सानो एक मोहरले ।

आज हाम्रो यो बचत अभियानमा चार हजारभन्दा बढी सदस्य छन् । नवलपरासीको विकु सहकारीको सिको गरेर देशका अरू जिल्लामा पनि बचत कार्यक्रम चलाइएका छन् । सायद १७ वर्ष अगाडि ठूलो बचतको गफ गरेको भए गरिब गैंडाकोटवासीले कहिल्यै त्यो पैसा जुटाउन सक्दैनथे । एक मोहरबाट सुरु गरेको सहकारीमा आज रु १४ करोड बचत छ । 'एक थुकी सुकी, सय थुकी नदी' भनेको यही हो । सानो प्रयास, सानो परिवर्तनले लामो समयमा ठूलो परिणाम दिन्छ । यो नै मेरो जिन्दगी हो । यो नै मेरो विश्वास हो ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 14 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.40 75.00
European euro 1 95.38 96.15
UK pound sterling 1 114.78 115.70
Swiss franc 1 73.34 73.93
Australian dollar 1 67.58 68.13
Canadian dollar 1 70.60 71.17
Singapore dollar 1 55.20 55.64
Japanese yen 10 8.82 8.90
Chinese renminbi (Yuan) 1 10.94 11.03
Saudi Arabian riyal1 19.84 20.00
Qatari riyal1 20.44 20.60
Thai baht1 2.39 2.41
UAE Dirham1 20.25 20.42
Malaysian ringgit1 23.83 24.02
South Korean Won 1006.336.38
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.25
Danish Krone 1 12.81
Hong Kong dollar 1 9.57
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 4 Users online [ Visits including robots - 909421 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark