Mero Zindagi Mero Bishwas


चमेली वाइबा

चमेली वाइबा


अक्षरको जादूमा विश्वास गर्छु


Read 782 times
म अक्षरमा विश्वास गर्छु । किनभने अक्षरमा जीवन बदल्ने शक्ति हुन्छ । अक्षरमा लुकेको त्यो शक्तिलाई मैले प्रौढ कक्षामा भर्ना भएको पहिलो दिन नै चिनेँ । त्यहाँ मैले पहिलोपटक मेरो नामका अक्षरहरूलाई नजिकबाट देखेँ । मैले पहिलोपटक त्यहीं थाहा पाएँ, म सबैले भन्ने गरिएकी 'चमिली' होइन, 'चमेली' रहिछु । त्यतिबेला मलाई अक्षर जादूजस्तै लाग्यो । एउटा अक्षरको सानो घुमाइले मेरो नामै फेरियो !

मलाई त्यतिबेलै के पनि लाग्यो भने तीनवटा अक्षर चिन्दा सही नाम भेटिन्छ भने सबै अक्षर चिन्नसके सही जिन्दगी पनि अवश्य भेटिनेछ । त्यो साँझ घर फर्केर आफ्नो नाम लेखेको-लेख्यै गरेँ । लेखेको-लेख्यै गरेँ । आफ्नो नाम लेख्नसक्नु कति ठूलो कुरो रहेछ, जिन्दगीमा ! त्यसपछि त अक्षरको मोह यति बढयो कि घाँस काट्न, मकै गोड्न जाँदा पनि किताबै लिएर जानथालेँ ।

अक्षर चिन्नुभन्दा पहिले मेरो जिन्दगी गाउँ नजिकको इन्द्रसरोवर तालजस्तै थियो, जमेको-जम्यै । बालविवाहको पीडा थियो, श्रीमानको साथ थिएन, गरिबीको व्यथा थियो, न कुनै सीप थियो, न आँट । आजभन्दा भोलि, भोलिभन्दा पर्सि जिन्दगी झन्-झन् अप्ठेरो हुँदै थियो । गाउँमा पढ्ने-लेख्नेहरू बढ्दै थिए, उनीहरूको जिन्दगीचाहिँ आजभन्दा भोलि सजिलो भएको देखिन्थ्यो । अनि मलाई लाग्न थाल्यो कि धनले न रूपले, जिन्दगीमा धोका दिएको त अक्षरले पो रहेछ !

०५१ साल माघ ९ गतेको साँझ मैले पहिला तीन अक्षर चिनेँ । जब अक्षरको जादूले मभित्र आत्मविश्वास र आँट भर्दै गयो, मलाई थप खुल्दुलीले सताउन थाल्यो- "प्रौढ कक्षामा 'नयाँ गोरेटो' भन्ने एउटा किताबका सानातिना अक्षर र अंक सिक्दामात्रै जिन्दगी यति सजिलो हुन्छ भने स्कुल, क्याम्पसका मोटा-मोटा किताबका सबै अक्षरका सही अर्थ जान्नेहरूको जिन्दगी कति आनन्दी हुँदो हो ?" र मैले अठोट गरेँ, मेरो जिन्दगी त यस्तै भयो, तर मेरा भाइबहिनीहरू ती सबै अक्षरहरूसम्म पुग्न पाउनुपर्छ, जहाँसम्म उनीहरू पुग्न चाहन्छन् । त्यसका लागि एउटा समस्या थियो, घर मुन्तिरको तसर खोला । बाँकी संसार खोलापारि थियो, वषर्ामा खोला तर्न नसक्दा हाम्रो गाउँका केटाकेटीहरू स्कुल नै जान पाउँदैनथे । मैले त्यहाँ एउटा पुलको सपना देखेँ । अक्षरको जादूले दिएको आँट सम्हालेर तसर खोलामाथि पुल हाल्न सबैलाई गुहारेँ । सुरुमा मेरो आँटलाई गाउँलेले पत्याएनन् । सहयोग पनि आएन । कतिले त चमेलीलाई मात्र चाहिने 'चमेली पुल' भन्दै खिसी गरे । धेरै हारगुहार र दौडधुपपछि सामान पाइयो, श्रमदान जुटयो र पुल बनेरै छोडयो । अहिले स्कुल-क्याम्पस जाने केटाकेटीहरू पुलमा खुरुरु दौडेको देख्दा कम्ती सन्तोष लाग्दैन !

सुरुमा पुल बनाउने सपनाको वीउ उमार्ने काम अक्षरको चेतले गर्‍यो । तर पुल ठडिन सपनामात्र पर्याप्त थिएन । त्यहाँ दुई-तीन सय गाउँलेको काँध थियो र त्यो सम्भव भयो । खोलाको लागि फलामको पुल, मान्छेका लागि अक्षरको पुल अनि समुदायको उन्नतिका लागि समूहकै पुल चाहिने रहेछ । सबै नमिली केही नहुने रहेछ ।

म आज पाँचवटा स-साना महिला बचत समूहहरूको अगुवाइ गरिरहेकी छु । चुरा-टीकामा जाने मासिक दस-बीस रुपैयाँ जोगाउँदा आज ती बचत समूहहरूमा दुई-अढाई लाखजति जम्मा भइसकेको छ । यो धेरै खुसीको कुरा हो । अक्षरप्रतिको विश्वास र यिनै समूहहरूको आडले आज मेरोमात्र होइन, गाउँका धेरै महिला, केटाकेटीहरूको जीवन फेरिएको छ । छिटै गाउँमै एउटा सहकारी पनि खोल्दैछौं । महिलाहरूका लागि स्थायी साक्षरता कक्षा र पुस्तकालय खोल्नका लागि पनि पहल गर्दैछौं । बाल समूह र युवा समूह बनाएर सबैलाई समूहमा बाँध्ने उपाय पनि सोचिरहेका छौं ।

यो सबै मैले ढिलो गरी चिनेका तिनै अक्षरहरूको देन हो । अक्षरभित्र अनन्त शक्ति र धेरै-धेरै जादूहरू लुकेका हुन्छन् । अक्षरको त्यो शक्ति पहिल्याउन र त्यसबाट प्राप्त हुने अवसरहरू सबैले समात्न सकुन् भन्ने मेरो इच्छा र प्रार्थना दुवै हो ।

आखिर संसारमा सबैभन्दा ठूलो अक्षरै रहेछ । यो मेरो विश्वास हो ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ँमेरो जिन्दगी मेरो विश्वास’ बाट साभार गरिएको हो ।



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 1 minute ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 3 Users online [ Visits including robots - 865602 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark