Mero Zindagi Mero Bishwas


रामेश्वर खनाल

रामेश्वर खनाल


काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन


Read 844 times
एसएलसीपछि मलाई काठमाडौं आएर आईएस्सी पढ्ने चाहना थियो । तर घरको आर्थिक अवस्था कमजोर भएकाले म तानसेनमै कमर्स पढ्न थालेँ । क्याम्पस तह राम्रै अंक ल्याएर पास पनि गरेँ । ममा पढाइप्रति सानैदेखि निष्ठा थियो । त्यो निष्ठाको उद्देश्य म अरूभन्दा पढाइमा अगाडि हुनुपर्छ भन्नेमात्र थियो । तर कामप्रतिको निष्ठा प्रतिस्पर्धामा अरूभन्दा अगाडि हुनुमात्र रहेनछ । कामप्रतिको निष्ठाको महत्त्व मैले भारत सरकारको छात्रवृत्तिमा भारतमा पढ्न जाँदा त्यहाँका एक गुरुको कामबाट बुझ्न पाएँ । उनी विदाको समय पनि सेवाग्राहीका निम्ति काम गर्थे । कतिपय सेवाग्राही खुसी भएर उनलाई भोज खान बोलाउँथे । तर गुरु कामप्रति यति निष्ठावान थिए कि भोज खान बोलाइएको समय कामै गर्न रुचाउँथे र थप मानिसलाई सन्तुष्टि दिन्थे ।


तिनै गुरुको संगतले मेरो कामप्रतिको निष्ठा अझ प्रगाढ तुल्याइदियो । क्रमशः म काममा मात्रै विश्वास गर्ने हुँदै गएँ । म कर्ममा सिंगो जीवन सार्थक बनाउने शक्ति देख्छु । मान्छे खुसीका लागि डिस्को जान्छन्, मधुशाला जान्छन्, तर म त्यस्ता सम्पूर्ण खुसी र सन्तुष्टि आफ्नो जिम्मेवारी सम्पन्न गर्दा पाउँछु । अर्थ मन्त्रालयको सचिव जोकोही भए पनि दैनिक १०-१२ घन्टा काम गर्नुपर्छ । कामको चाप भएको बेला शनिबार पनि म अफिसमै हुन्छु । यसरी काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन । कामप्रतिको निष्ठाले मानिसलाई अम्मली नै बनाइदिन्छ । जसरी अम्मलीलाई अम्मल लिएपछि आनन्द आउँछ । मलाई पनि काम सकेपछि त्यस्तै आनन्द आउँछ ।

जुन काम गर्दा म आनन्दित हुन्छु, त्यही कामले अर्कोलाई काम गर्न सजिलो पारेको हुन्छ । म मार्फत सजिलै काम भएपछि काम गराउनेहरू पनि अवश्य खुसी हुन्छन् । कामप्रतिको निष्ठाकै कारण इमानदारी र परिश्रम मेरा लत बनेका छन् । यदाकदा इमानदारी र मिहेनतले के पाइस् भन्नेहरू पनि भेटिन्छन् । कति आफन्तले बोलाएको बेला जान सक्दिन । उनीहरू काममात्र आफ्नो देख्छस् भनेर गुनासो पनि गर्छन् । तर जति नै गुनासो आए पनि म आफ्नो जिम्मेवारीलाई भन्दा अरू कुरालाई पहिलो प्राथमिकतामा राख्न सक्दिन । मिहेनत र इमानदारी मेरा नजिकका आफन्त हुन् । यी कुरा मेरोलागि पहिले सास्ती थिए, अहिले आदत बनेका छन् । सुरुमा बोझझैं लाग्थे भने अहिले आनन्दको स्रोत अनि सुरुमा बन्धन ठानिन्थे भने अहिले प्रतिष्ठाको आधार बनेका छन् ।

म कार्यालय समयभन्दा बढी काम गर्छु, तर त्यसबापत कसैबाट आर्थिक सहयोगको आस गर्दिन । मलाई सरकारले दिएको तलब कामका लागिमात्र नभई जिम्मेवारी पूरा गर्नका लागि हो । निजी रूपमा मलाई पूरा विश्वास छ कि जिम्मेवारी पूरा गर्ने मेरो शैलीले पक्कै राम्रो प्रभाव पार्छ । निष्ठावान भएर काम गर्दा आफ्नो दक्षता पनि बढ्छ ।

मैले करिब तीस वर्ष सरकारी सेवामा काम गर्दा धेरै इमानदार, मिहेनती कर्मचारी भेटेको छु । मिहेनती कर्मचारीको संख्या वास्तवमै धेरै छ । उनीहरूको चर्चा हुँदैन, अनि उनीहरू चर्चा रुचाउँदैनन् पनि । किनकि उनीहरू मजस्तै काममै रमाउँछन् ।

म हरेकको समृद्धि र प्रगति सम्बद्ध व्यक्तिको कामप्रतिको निष्ठामा देख्छु । काम गर्दा अरूको जस्तै म पनि समस्या भेट्छु । अनि समाधानका लागि प्रयास गर्दा अवरोध पनि उत्तिकै आउँछन् । धमिला व्यवहारले मलाई पनि धमिल्याउन खोज्छन् । तर मलाई धमिलिन डर लाग्छ । डराएर बाँच्नुभन्दा रमाएर बाँच्नुमा मजा छ । मेरो कामले, मिहेनतले मलाई रमाइलो बनाउँछ । समस्या र अवरोधहरू क्रमशः आफैं पाखा लाग्छन् । मलाई लाग्छ, कामप्रतिको निष्ठा नै समग्र समृद्धि र प्रगतिको पर्याय हो । त्यसैले म सँधै कामप्रति झुकाव राख्छु । काम नै मेरो जिन्दगी हो, काम नै मेरो विश्वास हो ।


यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम "मेरो जिन्दगी मेरो विश्वास" बाट साभार गरिएको हो ।



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 10 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.40 75.00
European euro 1 95.38 96.15
UK pound sterling 1 114.78 115.70
Swiss franc 1 73.34 73.93
Australian dollar 1 67.58 68.13
Canadian dollar 1 70.60 71.17
Singapore dollar 1 55.20 55.64
Japanese yen 10 8.82 8.90
Chinese renminbi (Yuan) 1 10.94 11.03
Saudi Arabian riyal1 19.84 20.00
Qatari riyal1 20.44 20.60
Thai baht1 2.39 2.41
UAE Dirham1 20.25 20.42
Malaysian ringgit1 23.83 24.02
South Korean Won 1006.336.38
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.25
Danish Krone 1 12.81
Hong Kong dollar 1 9.57
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 3 Users online [ Visits including robots - 909415 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark