Mero Zindagi Mero Bishwas
भगवान कोइराला
प्रतिबद्धता, निरन्तरता र सफलता - मेरो जिन्दगी, मेरो विश्वास
Read 881 times
म ०५८ सालमा गंगालाल हृदयरोग केन्द्रमा निर्देशकको रूपमा प्रवेश गरेँ । यो ठाउँमा पहिले छालाजुत्ता कारखाना थियो । म आउँदासम्म पनि यहाँ छाला कारखानाको अवशेष र गन्ध बिलाइसकेको थिएन । अस्पताललाई राम्रो बनाउन धेरै कुरा गर्नु आवश्यक थियो ।
त्यही बेला मैले अठोट गरेँ: "यो अस्पताल अरूभन्दा भिन्न बनाउँछु । त्यसनिम्ति म आफ्नो काममा रमाउँछु र सधैं कटिबद्ध भएर लागिरहन्छु ।" आफ्नो पेसासँग रमाउनसके पेसाप्रतिको रुचि, लगाव, मिहेनत बढ्छ । पेसाप्रति उत्कट चाहना पलाउँछ । उत्कट चाहनासहित गरेको कामको परिणाम अतुलनीय पनि हुन्छ । म यो पेसामा साँच्चै रमाएको छु ।
ममा यस्तो विचार र विश्वास धेरैपछि पलाएको हो । अमेरिकाको एउटा प्रशिक्षणबाट र्फकने क्षणमा त्यहाँका शिक्षकहरूले "नेपालमा गएर के गर्छस्" भनेर सोधे । मैले भनेँ, "थाहा छैन, तर म जान्छु ।" हुन पनि नेपाल फर्किएर के गर्ने भन्नेबारे मेरो दिमागले केही सोचेकै थिएन । तैपनि आफ्नै देशमा केही गर्छु भनेर आएँ । त्यो बेला मसँग "जहाँ जे छ, त्यहाँ त्यसैलाई आधार बनाएर काम गनुपर्छ" भन्ने विचारमात्र थियो ।
म गंगालालमा प्रवेश गरेकै साल 'ओपन हर्ट सर्जरी'को सुरुवात भयो । अवस्था कठिन थियो । आज सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । पर्याप्त उपकरण थिएनन् । किन्नका लागि आवश्यक रकम थिएन । तर मैले हार मानिन । सहकर्मीहरूलाई समेटेर दिन-दिनको कार्यक्रम बनाएँ । आवश्यक नियम बनाएर आफूले पालन गरेँ र गराएँ । अस्पतालको उन्नतिलाई सम्पूर्ण कर्मचारीको गन्तव्यको रूपमा स्थापित गराएँ । एकपछि अर्को गर्दै आउने समस्याले अवरोध पुर्याउने हुन् कि भन्ने डर पनि यदाकदा लाग्थ्यो । तर काम गर्दै जाँदा थाहा भयो, समस्या त कामप्रति इमानदार नहुनेलाई पो ठूलो बाधा बन्दोरहेछ ! आफूले तनमन दिएर काम गरे, साथ दिनेहरू कैयौं निस्कँदा रहेछन् ! एकजना उद्योगपतिले अस्पतालको विकासका लागि १ करोडभन्दा माथिसम्म चन्दा दिए । कति गृहिणीले आफ्नो घरखर्चबाट रकम बचाएर पनि चन्दा दिएका छन् । भन्दा यो कुरा सामान्य लाग्छ । तर यसको महत्त्वलाई म भित्री तहमा अनुभव गर्छु । त्यस्तो चन्दाकै कारण कैयौं गरिब र कुनाकाप्चाका मानिसले मुटुरोगको उपचार पाउनसकेका छन् । यसलाई म आफ्नो पेसाप्रतिको इमानदारी र कटिबद्धताको परिणाम ठान्छु ।
मुटुको शल्यक्रिया ! जीवन र मृत्युबीच खेलिरहनुपर्ने काम हो यो । यस्तो सम्झँदा पहिले डर लाग्थ्यो । तर आजकल शल्यक्रिया एउटा आवश्यता बनेको छ । आफ्नो पेसाप्रति म यति अभ्यस्त भइसकेको छु कि कुनै दिन अस्पतालमा महत्त्वपूर्ण काम नगरी घर र्फकंदा खल्लो लाग्छ । यही अस्पतालमा मैले अहिलेसम्म मुटु र रक्तनलीको समेत गरेर सात हजारजनाको शल्यक्रिया गरिसकेको छु । ९६ प्रतिशत शल्यक्रिया सफल भएका छन् ।
कसै-कसैले यत्रो मिहेनत गरेर के पाइस् भनेर सोध्ने र घोच्ने पनि गर्छन् । यसमा यही पाएँ भनेर भन्न मलाई गाह्रो हुन्छ । एउटा मुटुरोगी आउँछ र "मेरो जीवन तपाईंको हातमा छ" भन्छ । आफ्नो जीवन अरू कसैको हातमा सुम्पने कुरा आफैंमा सानो होइन । अत्यन्त प्रगाढ आस्था र विश्वास पैदा भएपछि नै कसैले आफ्नो जीवन अरू कसैका हातमा सुम्पिन सक्छ । हजारौंको यस्तै विश्वास र भरोसा पाएको सम्झँदा मेरो छाती चौडा हुन्छ । बिरामीको विश्वास र माया नै मेरो मिहेनतको उपलब्धि हो ।
यो नै हो, मेरो जिन्दगी र मेरो विश्वास ।
यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम "मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।
Recent Tweets |
Exchange Rates
Last Updated - 9 minutes ago
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

