Mero Zindagi Mero Bishwas (मेरो जिन्दगी मेरो विश्वास) - Meronepalma.com
अम्बर गुरुङ - जीवनको ऊर्जा स्रोत
				<![CDATA[ विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर 'हुन सक्दैन' अथवा 'गर्न सक्दिन' भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो ।
मेरो साङ्गीतिक जीवन यस्तै सकारात्मक विचारबाट प्रेरित भएको छ । त्यसबेला न सङ्गीतका गुरुहरू थिए, न सङ्गीत स्कुल, नत सङ्गीतका पाठयपुस्तक नै । त्यसमाथि धेरैका घरमा जस्तै मेरो घरमा पनि सङ्गीत प्रतिबन्धित...  ]]>
ललितादेवी बिन - सीपले सहज बनाउँछ जिन्दगी
				<![CDATA[ म सीपमा विश्वास गर्छु । किनकि सीपले सपना देख्ने आधार दिन्छ, नयाँ रहरहरू दिन्छ । सीपले आत्मनिर्भरतासागै स्वतन्त्रता पनि दिन्छ । सीप सिक्नु अगाडि मेरा कुनै सपनाहरू थिएनन् । न केही गर्न सक्ने अवस्था थियो, नत आँट । थियो त केवल गरिबीमात्रै, त्यो पनि विरासतको रूपमा । गरिब परिवारबाट गरिब परिवारमै विवाह गरेर आउँदा सम्पत्तिको नाउँमा थोरै जग्गा र त्यसमा बाँसका केही झाङ थिए । त्यो बेला मलाई अरूकोमा काम गर्नर् जान लाज लाग्थ्यो । तर भोको पेटले धेरै दिन घरभित्र लजाएर बसिरहन दिएन । म काम गर्न जान थालेँ । श्रीमान इँटा फयाक्ट्रीमा काम गर्नुहुन्थ्यो । म तीन किलो धानको
लागि दिनभरि...  ]]>
विजयकुमार श्रीवास्तव - सहभागितामूलक उद्यमशीलता चाहिन्छ
				<![CDATA[ म सहभागितामूलक उद्यमशीलतामा विश्वास गर्छु । यो उद्यम गर्न धेरै रकम चाहिँदैन । ठूलो योजना पनि बनाउनु पर्दैन । चाहिन्छ त केही गर्न खोज्ने चाहना र सहभागिता । यो काम मैले ०५९ सालमा चारजना साथीहरूसँग मिलेर सुरु गरेँ । पन्ध्र हजारका दरले उठाएको साठी हजार, दुई हजार र पच्चीस सय रुपैयाका दरले चियापसल, दूध र तरकारी व्यवसाय गर्न चाहनेलाई कर्जा दियौं । ऋण लिए पनि उनीहरू आसामी थिएनन् । हाम्रो उद्यमका सहकर्मीहरू थिए । त्यसैले ऋणसागै उनीहरूलाई परामर्श र सल्लाह दिइराख्यौं । यसले हाम्रो सामूहिक प्रयासलाई सफल बनाउँदै लग्यो ।
हाम्रो सामूहिक काम देखेपछि चन्द्रकान्त अधिकारी र...  ]]>
उत्तम सञ्जेल - हिरो त असल कामले बनाउँछ
				<![CDATA[ महिरो हुनुमा विश्वास गर्छु, किनकि हिरोलाई सबैले सम्मान र माया गर्छन् । समाजमा फरक पहिचान पनि मिल्छ । यही सपना बोकेर ०५३ सालमा मुम्बई पुगेँ र आठ वर्ष बिताएँ । त्यहाँका गल्ली र सडकमा धेरै कष्ट भोगेँ । अरूका कष्टकर दृश्य पनि देखेँ । तीन पुस्तादेखि सडकमा बिताएका मान्छे । वेश्यालयबाट निकालिएकी रोगी महिलाको पीडा अनि २०/२५ तले बिल्डिङको ड्रेनबाट झरेको फोहोर कपडामा थापेर भातको सिता छान्दै खाने सडक बालकहरू देखेँ । यस्ता दृश्यले चसक्क मन दुख्थ्यो । तर के गर्ने म आफैं हिरो बन्नलाई संघर्ष गरिरहेको मान्छे ! उनीहरूको भलो सोच्थेँ, तर  राम्रो गरिदिने ल्याकत थिएन ।
तर...  ]]>
शरद पराजुली - यात्राले पुर्‍याउँछ जीवनको नजिक
				<![CDATA[ यात्राले पुर्‍याउँछ जीवनको नजिक
म यात्रामा विश्वास गर्छु, किनकि यसले अरू धेरैको जीवनसँग साक्षात्कार गराउँछ । यात्राले व्यक्तिलाई सही जीवनदर्शन दिन्छ । यात्रामा कहिल्यै नदेखेका र नभेटेका मान्छेसँग भेट हुन्छ । उनीहरूसँग सुखदुःख र अनुभव साट्ने मौका मिल्छ । यात्राको भोगाइ र सिकाइले आफू र परिवारभन्दा पर, समाजका लागि सोच्न सिकाउँछ ।
२०४६ सालमा भारतको आम्र्ड फोर्सेस मेडिकल कलेजबाट एमबीबीएसको अन्तिम वर्षमा पुगेर अचानक निकालिँदा म अत्ति नै विचलित भएँ । कलेजमा र्फकन धेरै प्रयास गरेँ, तर केही सीप चलेन । म नेपाल र्फकेँ । मेरो जीवनको लक्ष्य नै धुजाधुजा भएको लाग्थ्यो ।...  ]]>
बालकृष्ण जोशी - पुरानो काममा नयाँ प्रयोग
				<![CDATA[ पुरानो काममा नयाँ प्रयोग
मैले त्यस्तो नयाँ केही गरेको छैन । सबैले गरेकै काम र चिज प्रयोग गरेको हुँ । अरूले भन्दा फरक तरिका अपनाएको मात्र हुँ । नेपालमा इन्टरनेटको प्रवेशसँगै च्याट गरेर रमाइलो गर्ने संस्कृति मौलाउँदै थियो । तर मैलेचाहिँ च्याटको सट्टा इन्टरनेटबाट व्यवसाय गर्ने सोच बनाएँ । आज पनि म नयाँ-नयाँ तरिकाको खोजीमा हुन्छु । हिजोको प्रविधि वा तरिका आज पुरानो भइसकेको हुन्छ ।
अमेरिकाबाट साढे चार वर्षको अध्ययन पूरा गरेर र्फकेपछि चौधरी ग्रुपमा सेल्समेनको रूपमा काम गरेँ । यहींका कति साथीभाइ भने नेपालमा केही हुँदैन भनेर निराशा पोख्थे । मलाई भने नयाँ तरिकाले...  ]]>
प्रशान्त झा - म आश्वस्त छु, समावेशी हुने दिन अवश्य आउनेछ
				<![CDATA[ मसँग जीवन संघर्षको ठूलो वृत्तान्त छैन । नेपालका औसत युवा र महिलाहरूले जस्तो संघर्ष मैले गर्नुपरेन । द्वन्द्वले पनि मलाई खासै असर पारेन । मैले सँगालेका थोरै उपलब्धिहरू पनि मेरो कुलिन पारिवारिक पृष्ठभूमिका देन हुन् । म काठमाडौंको उच्चवर्गीय परिवारमा जन्मिएँ । म यहाका राम्रा स्कूलमा गएँ, उच्च शिक्षाको लागि भारत गएँ, दिल्लीमा केही समय पत्रकारिता गरेँ र तीन वर्ष पहिले घर अर्थात् काठमाडौं फर्कें ।
तर मेरो जीवन ज्यादै सरल पनि छैन । मेरा पुर्खा र आफन्तजनहरू नेपाल-भारत सीमाको वारिपारि छन् । अझै पनि उनीहरूसँग हाम्रो गहिरो पारिवारिक सम्बन्ध छ । ठूलो फड्को मारेर मेरो...  ]]>
खेमराज सापकोटा - एक थुकी सुकी, सय थुकी नदी
				<![CDATA[ २०४५ सालतिर म शाही औषधी लिमिटेडमा काम गर्थें । डेरा वीर अस्पताल नजिकै थियो । कार्यालय जाँदा-आउँदा बाटोमा सधैं माग्नेहरू बसेका देख्थेँ । एकदिन जाडोले कठयांग्रिदै सुतिरहेको एउटा माग्ने 'बिरामी छु, केही पैसा दिनुस्' भन्दै याचना गरिरहेको देखेँ । मैले एक रुपैयाँ दिएँ । उसको कटौरामा मुस्किलले दुई-तीन रुपैयाँ थियो होला । बाटोमा सयौं मानिस ओहोर-दोहोर गरिरहने भए पनि प्रायः सबैले नदेखेजस्तो गर्थे । चार दिनपछि त्यो माग्ने मरेछ । पुलिसहरू लास उठाउँदै थिए । सायद जाडोले कठयांग्रिएरै मर्‍यो होला ।
धेरैपटक देखेको मान्छेको लास देख्दा मन खिन्न भयो । प्रहरीले लासलाई कात्रोले...  ]]>
रोशनी घले - जुटे सम्भव छ
				<![CDATA[ सानैदेखि लाहुरेसँग विवाह गरेर घाँसदाउरा गर्ने सास्तीबाट मुक्ति हुन चाहन्थे । उमेर बढ्दै जाँदा त्यो इच्छा पूरा नभएकोमा दुःखी हुन्थे । जब वीरबहादुर घलेले बिजुली ल्याएर गाउँलेको स्यावासी पाए, तब मेरो मनमा पनि त्यस्तै केही गर्ने उत्साह पैदा भयो । तर मसँग उसको जस्तो शिक्षा र देश-विदेश घुमेको अनुभव केही पनि थिएन ।
केही गरेजस्तो गर्न म आमा समूहमा संलग्न भएँ । त्यतिबेला देशमा माओवादीको युद्ध चलिरहेको थियो । हाम्रो गाउँ वारपार्क पनि यसबाट अछुतो रहेन । असुरक्षा बढ्दै गएपछि हाम्रो आमा समूहकी अध्यक्ष सदरमुकाम बस्न थालिन् । साथीहरूले मलाई समूहको अध्यक्ष बन्न अनुरोध गरे...  ]]>
दिनबन्धु पोख्रेल - करुणा भाव हरेकभित्र छ
				<![CDATA[ हाम्रो पाँच पुस्ताले पण्डित्याइँको काम गर्दै आएको हो । बुबाले सीमित व्यक्तिको घरमा हुने यज्ञ, सप्ताहलाई आमसमुदायमा पुर्‍याउनुभयो । ६२ सालमा बुटवलको महायज्ञमा प्रवचन दिने क्रममै अचानक बुबाको हत्या भयो । त्यतिबेला म हतास भएँ ।
पण्डित्याइँ हाम्रो परिवारको रीति भएकोले आमा र हजुरबुबाले मलाई बुबाकै बाटोमा लाग्ने सल्लाह दिनुभयो । कतिले चाहिँ बुबाकै हालत हुन्छ भनेर नलाग्ने सल्लाह पनि दिए । महायज्ञबाट विद्यालय, क्याम्पस, अस्पताल निर्माणका लागि पैसा उठाइदिने जस्तो असल काम गर्दागर्दै बुबा बित्नुभएको थियो । यो कुरा सम्झेपछि मभित्र सुषुप्त अवस्थामा रहेको करूणाभाव...  ]]>
डा शंकरमान राई - बोल्नेले नै जित्छ
डा अरुण बुढा - प्रेम बाँडे बढ्छ
दशीराम चौधरी - अवसरको सही उपयोग
				<![CDATA[ म अवसरको सही उपयोगमा विश्वास गर्छु । तर अवसरको खोजी नै मेरो जीवनको पहिलो चुनौती थियो । मेरा बाजे/बराजुदेखि बुबासम्म मालिकको घरमा कमैया थिए । हाम्रो आफ्नो भन्ने केही थिएन । बस्ने, खाने सबै मालिककै घरमा हुन्थ्यो । मालिकका छोराछोरीहरू स्कुल जान्थे । मलाई पनि उनीहरूझैं विद्यालय जान मनलाग्थ्यो । तर म दैनिक गोठालो जानुपथ्र्यो ।
राति अबेरसम्म अनि बिहान चाँडै उठेर कामै गर्नुपर्थ्यो । राम्रो लगाउने, मीठो खाने र खेल्ने रहर पनि हुन्थ्यो नै, तर पाइँदैनथ्यो ।
हुर्किंदै जाँदा आफ्ना पितापुर्खाको आर्जनसँग दिक्दारी पैदा हुन थाल्यो । म मुक्तिको बाटो खोज्न थालेँ । कोरा परिश्रम...  ]]>
रामेश्वर खनाल - काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन
भगवान कोइराला - प्रतिबद्धता, निरन्तरता र सफलता - मेरो जिन्दगी, मेरो विश्वास
				<![CDATA[ म ०५८ सालमा गंगालाल हृदयरोग केन्द्रमा निर्देशकको रूपमा प्रवेश गरेँ । यो ठाउँमा पहिले छालाजुत्ता कारखाना थियो । म आउँदासम्म पनि यहाँ छाला कारखानाको अवशेष र गन्ध बिलाइसकेको थिएन । अस्पताललाई राम्रो बनाउन धेरै कुरा गर्नु आवश्यक थियो ।
त्यही बेला मैले अठोट गरेँ: "यो अस्पताल अरूभन्दा भिन्न बनाउँछु । त्यसनिम्ति म आफ्नो काममा रमाउँछु र सधैं कटिबद्ध भएर लागिरहन्छु ।" आफ्नो पेसासँग रमाउनसके पेसाप्रतिको रुचि, लगाव, मिहेनत बढ्छ । पेसाप्रति उत्कट चाहना पलाउँछ । उत्कट चाहनासहित गरेको कामको परिणाम अतुलनीय पनि हुन्छ । म यो पेसामा साँच्चै रमाएको छु ।
ममा यस्तो विचार र...  ]]>
निर्मला ज्ञवाली - म असाधारण रूपमा सबल छु र त्यसैमा मलाई विश्वास छ 
तृप्ता मगर - हरेक व्यक्तिमा सम्भावना हुन्छ भन्ने मलाई विश्वास छ
				<![CDATA[ म पनि आम मानिसजस्तै एक प्राणी हुँ । उनीहरूजस्तै दुईवटा हात, दुईवटा खुट्टा छन् । फरक यति कि उनीहरू उभिन्छन्, म सक्दिन । उनीहरू दौडिन्छन्, तर म हिँड्न पनि हातको सहारा लिन्छु । अरू मान्छे र ममा यही फरक छ ।
तर म यही भिन्न धरातलमा उभिएर संघर्ष गर्नमा विश्वास गर्छु । संघर्षले मलाई अगाडि बढ्न मद्दत गर्छ भने आफ्नो धरातलले त्यसनिम्ति आड दिन्छ । म जे र जस्तो छु, त्यो मेरो वास्तविकता हो । म यसमै रमाएर बाँच्छु । सामथ्र्यका हिसाबले म अरूभन्दा अवश्य फरक छु, तर कमजोर होइन । म पनि अरूजस्तै सपना देख्छु ।
मैले जानेदेखि म घस्रेर हिँड्ने गर्थें । आमाबुबा लगायत सबैले भगवानको श्राप लागेको...  ]]>
कर्ण शाक्य - म सकारात्मक सोचमा विश्वास गर्छु
				<![CDATA[ म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।
म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।
मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा...  ]]>
पुष्पा बस्नेत - ममताको शक्तिमा विश्वास गर्छु
				<![CDATA[ महाराजगन्जस्थित बालगृहमा एउटी चार वर्षकी फुच्चीले एकदिन भनी, 'म त ठूलो भएपछि ममी बन्ने ।' डाक्टर न पाइलट, ठूलो मान्छे न सफल मान्छे, त्यो सानी केटीमा 'ममी' बन्ने सपना कसरी टुसायो ? म एकछिन सोचमा डुबेँ ।
मनका पत्र केलाउँदै जाँदा मभित्र व्याप्त एउटा समवेदना भेटेँ, जसले म र २ देखि १२ वर्षका ती १९ जना केटाकेटीलाई बाँधिरहेको थियो । त्यो समवेदना थियो, ममताको समवेदना । सायद उनीहरूले मैलेजस्तै बुझ्न थालेका थिए, ममताको अर्थ !
डाक्टरको ज्ञानले एउटा घाउ या रोग निको पार्ला, पाइलटको सीपले केही माइल उडाउला, तर एउटी आमाको ममताले सन्तानको पूरै जिन्दगीलाई चाहेअनुसारको आकार दिन सक्छ ।...  ]]>
रामरती राम - म बोलीको शक्तिमा विश्वास गर्छु
				<![CDATA[ म ४३ वर्ष पहिले पूर्वी तराईको चमार समुदायमा मजदुरी गरेर खाने परिवारमा जन्मेकी हुँ । चमार समुदायमा जन्मने-हुर्कनेहरूले गाउँमा हलिया बस्ने, सिनो उठाएर फाल्ने, जमिनदारका सुत्केरी स्याहार्ने जस्ता काम गरेर आफ्नो जीविका चलाउनुपथ्र्याे । अरूका लागि मरीमरी काम गर्दा पनि हाम्रो समुदायका मानिसहरू भोक, जाडो, गर्मी, गरिबी र अशिक्षाबाट सधैं ग्रस्त रहँदैआएका छन् । मेरो परिवारमात्रै होइन, चमार परिवारमा जन्मे-हुर्केका सबैको कथा-व्यथा उस्तै हो ।
तराईमा त्यो पनि स्वास्नीमान्छे स्कुल जान पाइने कुरै भएन । मेरा लागि मेरो जिन्दगी नै मेरो विद्यालय हो । घुँघटभित्र मेरो अनुहार...  ]]>
महाविर पुन - प्रविधिमा मेरो विश्वास
				<![CDATA[ म त्यस्तो प्रविधिमा विश्वास गर्छु, जसले हाम्रा दैनिक क्रियाकलापलाई सहज र जिन्दगीलाई सजिलो बाटोतर्फ डोर्‍याउँछ  । प्रविधि जीवनका लागि हुनुपर्छ । म्याग्दीको नाङ्गी गाउँमा परीक्षण गरिएको बेतारे प्रविधिबाट दुर्गम गाउँहरूमा  इन्टरनेट पुर्‍याउने प्रयासको सफलताले मेरो विश्वासलाई, सार्थक जिन्दगीलाई सफल बनाएको छ ।
सुखी र सुशिक्षित जिन्दगीको खोजीमा किशोर बेलाको कुनै एकदिन चटक्क छाडेर हिँडेको गाउँमा वर्षौंपछि शिक्षा, सीप र आत्मविश्वास बोकेर फर्कदा म एकैछिन झस्किएको थिएँ । त्यत्रो समय अन्तरालमा पनि संसारमा आएको परिवर्तनको ज्यादै मिहिन अंशमात्र मेरो गाउँसम्म...  ]]>
मदन राई - म माटोको महानतामा विश्वास गर्छु
भगवानदास मानन्धर - वागमतीको स्वच्छतामा विश्वास
				<![CDATA[ वागमती र मेरो सान्निध्यता बयासी वर्ष पुरानो हो । वागमतीलाई मैले त्यतिबेलादेखि चिनेको हुँ, जतिबेला मैले मेरो घरलाई घर भनेर चिनेँ, आमालाई आमा भनेर चिनेँ । हाम्रा बाले मलाई ताती गर्दै लगेर वागमतीसँग मित लगाइदिए । त्यसबेलादेखि नै मैले वागमतीलाई सफा गर्न र माया गर्न सिकेँ ।
सानैदेखि नुहाउन, पूजा गर्न, खेल्न र डुल्न जाने गरेको वागमतीलाई मैले ००६ सालदेखि नियमित रूपमा सफा गर्न थालेको हुँ । त्यतिबेला वागमती फोहोर त थिएन, तैपनि त्यहाँ पूजा गर्न, श्राद्ध गर्न आउनेहरूले  छाडेका फूलपात, टपरीजस्ता चिजबिज म पानीमा बगाइदिन्थेँ । म धेरैजसो  ओमबहाल चोकको हाम्रो घरबाट सातै...  ]]>
रमेश पाण्डे - विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म
				<![CDATA[ जिन्दगीका ३८ हिउँद-वर्षा मैले शिक्षण पेसामा बिताएँ । यो पेसामा कसैको चाकरी गर्नु पर्दैन, कसैसँग सम्झौता गर्नु पर्दैन, त्यसैले मैले यो पेसा रोजेँ । यो पेसाले मलाई सधैं स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरआत्माको आवाजलाई बेवास्ता गर्न र सत्यको साथ छाड्नुपरेन ।
त्रि-चन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शंकरदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाए हुँला । मेरा विद्यार्थीका लागि म कहिले  अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले...  ]]>
चमेली वाइबा - अक्षरको जादूमा विश्वास गर्छु
				<![CDATA[ म अक्षरमा विश्वास गर्छु । किनभने अक्षरमा जीवन बदल्ने शक्ति हुन्छ । अक्षरमा लुकेको त्यो शक्तिलाई मैले प्रौढ कक्षामा भर्ना भएको पहिलो दिन नै चिनेँ । त्यहाँ मैले पहिलोपटक मेरो नामका अक्षरहरूलाई नजिकबाट देखेँ । मैले पहिलोपटक त्यहीं थाहा पाएँ, म सबैले भन्ने गरिएकी 'चमिली' होइन, 'चमेली' रहिछु । त्यतिबेला मलाई अक्षर जादूजस्तै लाग्यो । एउटा अक्षरको सानो घुमाइले मेरो नामै फेरियो !
मलाई त्यतिबेलै के पनि लाग्यो भने तीनवटा अक्षर चिन्दा सही नाम भेटिन्छ भने सबै अक्षर चिन्नसके सही जिन्दगी पनि अवश्य भेटिनेछ । त्यो साँझ घर फर्केर आफ्नो नाम लेखेको-लेख्यै गरेँ । लेखेको-लेख्यै गरेँ...  ]]>
जगदिश घिमिरे - पञ्चतत्त्वको शुद्धतामा विश्वास गर्छु
				<![CDATA[ म विश्वास गर्छर्ुुपञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशको शुद्धता नै जीवन र जगतको शुद्धताको आधार हो । मानव जीवनको  स्वस्थताका लागि यी पञ्चतत्त्वहरू रासायनिक, जैविक र आणविक आदि सबै प्रकारका विषादीहरूबाट मुक्त हुनर्ुपर्छ । यो कुरा सबै सरोकारवालाको सकारात्मक "सिनर्जी"बाट सम्भव हुन्छ ।
अंग्रेजीको "सिनर्जी" शब्दको ठयाक्कै मिल्ने नेपाली शब्द छैन, त्यसको भावचाहि“ अंगहरूको शक्ति तिनको जोडभन्दा बढी हुन्छ भन्ने हो । सामान्यतया एकमा एक जोड्दा दर्ुइ हुन्छ, तर व्यक्ति, संस्था वा कुनै पनि इकाइहरूको "सिनर्जी" भयो भने एकमा एक जोड्दा एघार हुन्छ, दर्ुइ होइन । यस आधारमा...  ]]>