| Currency | Unit | Buying | Selling |
| U.S. dollar |
1 |
68.90 |
69.50 |
| European euro |
1 |
108.19 |
109.14 |
| UK pound sterling |
1 |
136.51 |
137.70 |
| Swiss franc |
1 |
67.18 |
67.77 |
| Australian dollar |
1 |
66.28 |
66.86 |
| Canadian dollar |
1 |
67.69 |
68.27 |
| Singapore dollar |
1 |
50.59 |
51.04 |
| Japanese yen |
10 |
6.45 |
6.51 |
| Chinese renminbi (Yuan) |
1 |
10.04 |
10.13 |
| Source: Nepal Rastra Bank | |||

Written By Rajan Kharel
कमल नेपाली र सम्रिद्द समाज
देशको राजनीतिक घटनाक्रम कम कौतुहलता पूर्ण छैनन। म पनि राजनीति प्रती अली अली चसो राख्ने भएकोले अनी नेकपा(एमाले)को समर्थक भएको ले समाचार हेर्नु, पत्रीका पढ्नु,अनी राजनीतिक घटनाक्रम हरुलाई बिस्लेशण गर्नु दिनचर्या नै भाईसकेको थियो। रातीको खान खैसके पस्चात राती ८ बजेको कान्तिपुर समाचार हामी हेर्ने गर्दथ्यौ। समाचारमा राजनीतिक घटना ले महत्व पाउथे। महत्वपूर्ण समाचार हेरेपछी उठ्ने क्रममा थियौ। एक्कासी दु:खद समाचार सुन्नु पर्यो । समाचार मा भनिएको थियो पोखरामा एक अडाइबर्सिय बालिका खोचमा खसिन। खोच भन्ने बितिकै म एक ताका पोखरा जादा देखेको सेती नदीको खोच अनी त्यस्को गल्छी। मन नै शिरिङ्ग भयो। बालिका खोच भित्र रुदै छिन भन्ने कुराले त मनै मर्माहत बनायो। फेरी मेरो छेवैमा बसेको पोखरा को साथीले यस्तो खोचमा छिरेकी बालिकालाई बाचाउन त धेरैनै गार्हो पर्छ भन्ने कुरा गर्यो। मलाई भन्दा त्यो साथीलाई पोखरा को भौगोलिक बस्तुइस्थतीको बारेमा धेरै ज्ञान भएको ले यस् बारेमा बिबाद गर्नु र बिमती जनौनु उचित ठानिन। मलाई लाग्छ जब मनिष जिवन र मरन को दोसाध मा हुन्छ । त्यो भन्दा दु:खद क्ष्यण अरु हुन सक्दैन । उनका बुवा आमालाई कस्तो भाईरहेको होला । देशमा दुई बाम दलहरु नेकपा (एमाले) र नेकपा(माओबादी)सत्ता सझेदारी गर्दै अगाडि बढ्ने, भन्ने कुरले खुशी भएको मन एकै छिनमा खिन्न भयो। अर्को दिन त्यही समयमा यसै बारेमा सुखद समाचार सुनियो। ति बालिका लाई उद्दार गरियो रे । कुरा सुन्दा सुन्दै मेरो थपडीहरु स्वचलित बजे। हर्स को सिमा रहेन । हामी समाचार हेर्नेहरु मा खुशी को सिमा रहेन।
समाचार को सम्पूर्ण घटनाको सनसनी पूर्ण घटना को कान्तिपुर टि.भी ले देखएको थियो। बिभिन्न प्रयासहरु बिफल भये पनि अन्तमा १२ बर्से कमल नेपाली ले 60 फिट तल गएर बालिकाको उद्दार गरेको कुरा सुने। बालक लाई पनि देखैएको थियो। भिडमा खुशीले बालिका हेर्ने तछाड र मछाड नै चलेको थियो । सबै को मुहार मा खुशी ल्याउने नायक भये कमल। थामी नसक्नु को भिड मा कोही ले काध्मा बोकेर डुलाये । पैसा पनि दिएक थिए। कमल बडो मन्त्र मुघ्दमा थिए आफुले बदो शाहसी पारामा बालिकालाई झिकेको भनिरहेका थिए। उनी स्थानीय सरकारी इस्कुल मा कक्ष्या १ मा पढ्दा रहेछन । छ जना दाजु भाईमध्ये सबभन्दा कान्छा कमल यस्तो शाहअसिक काम गर्न भिर चडन मनपराउदा रहेछन। जेहोस् नेपाली सेना, नेपाल प्रहरी,स्थानिय बासी र काठमाडौं बाट गएको प्रभिदीक टोली ले पनि गर्न नसकेको काम ति बालक ले गर्दिएका छन। त्यो उनको शाहअसिकता को हामीले मुक्तकण्ठले प्रसम्सा गर्नै पर्छ। मलाई लाग्छ,यस घटना मा कमल ले शाहसिकमात्र प्रदर्शन गरेका छैनन। आफ्नो ज्यन को बजी थपेर भये पनि ति बालिका लाई बाचाएका छन । बिडम्बना भनौ कि के भनौ, उनी पढाई मा पछाडि छन, उनी भर्खर भर्खर अक्ष्यर चिन्ने प्रयासमा छन ,तर उनको समाजप्रती को योग्दान अतुलनिय छ ।
उनी अनपढ छन,तर उनेले समाजको लागि दिएको योग्दान, उनले निभएको कर्तब्य कुनै विद्वान भन्दा काम छैन। यो कुरालाई हामी सबैले सम्मान गर्नै पर्दछ। बालकको सम्मान स्वरुप बिभिन्न इस्थानबाट सहयोगहरु प्राप्त भाईरहेका छन। एउटा गैर सरकारी संस्था ले त बर्ष बालक को रुपमा घोषणा नै गरेको छ । सगरमाथा टि.भी ले उनको सम्मानको लागि पोखरा बाट काठमाडौं लयी टि.भी मा लाईभ नै प्रसारन नै गर्यो। निस्चित रुपमा यस्कुरामा ब्यवसायिक स्वार्थ छैन भन्ने मलाई लाग्दैन । ।यस्को उदाहरण कार्यक्रम प्रस्तुती को क्रममा धेरै नै झल्किन्थ्यो। यस्को उदाहरण कार्यक्रम प्रस्तुती को क्रममा धेरै नै झल्किन्थ्यो। उदाहरणको रुपमा यती एअरलाईनस र डिउलाई नै लिन सकिन्छ । जे होस् यस्ता घटना लाई नेपाली संचार मध्यम ले आम जनता सामु ल्यएर महत्व पूर्ण काम गरेका छन। समाजमा बिभिन्न राम्रा नराम्रा घटना क्रमहरु चलिनै रहन्छन । हामी समाजमा बश्छौ । सामाजिक प्रणी हौ । जे सिक्छौ यही समाज बाट सिक्छौ । समाजमा घटेका नराम्रा घटना लाई निरुत्साहित गर्नु र राम्रा घटना को अनुसरण गर्नु हाम्रो कर्तब्य हुन आउँदाछ । प्रस्तुत घटना समाजका लागि अनुशरणइय बन्न सक्छ । कमल ले जसरी आफ्नो ज्यान को बजी थपेर भये पनि समाज को लागि गर्नु पर्ने कर्तब्य पुरा गरेका छन। उनले समाजको लागि आफ्नो कर्तब्य जसरी निभएका छन,त्यसैगरी हामीले पनि आफ्नो योग्यता र क्षमता ले भ्यये सम्म हामीले आफ्नो क्षेत्रमा यस्तै कर्तब्य निभाउन सक्याउ भने मलाई लाग्छ , सम्रिद्द समाज अवस्य बन्दछ। यही नै नयाँ नेपाल को माग हो ।
