खोज पत्रकारिताको दुनियाँमा खबर पत्रिकाको रूपमा मानवीय अभिरूचीलाई केन्द्रीय महत्व दिँदै आएको हिमाल खबरपत्रिकाको यस अंकलाई कुन शब्दावली वा उपमाले विश्लेषण गर्दा उचित होला? विकल्पमा अनगिन्ती शब्दावली तथा उपमाहरू आउन सक्छन्। जस्तैः माओवादी विरोधी, जनपक्षीय, सामाजिक, व्यक्तिवादी विरोधी, पूरातनसोंच विरोधी, समसामयिक, सत्यतथ्य पूर्ण, वर्तमान प्रतिनिधिमूलक आदि आदि।...
Posted On -
December 31 2008 ,
Read more
नेपाल सरकारका आदरणिय अर्थमन्त्री, फेसबुकमा हुनुहन्छ। यहि प्रविधिको सदुपयोग गर्न मैले उहाँको फेसबुक "वाल" मार्फत यौटा खुल्ला आह्वान पत्रलाई प्रस्तुत गरेको थिएँ। जुन यस प्रकार छ।
सबैलाई नमस्कार
म ध्रुब अधिकारी, आज यौटा खुला अाह्वान पत्र लेख्दैछु। र त्यसभन्दा पनि पहिला डा. बाबुराम भट्टराईको फेसबुक एकाउन्ट पुन: सञ्चालनमा आएकोमा समस्त नेपालीसंग बधाइका शब्दहरु साट्न...
Posted On -
December 23 2008 ,
Read more
परमात्मा
सबै आत्माहरुको पनि आत्मा रे
परमात्मा
परम् आत्मा,
परमात्मा परमेश्वर
तर खै?
खै त यी आत्माहरुलाई राखेको वशमा
अनी खै त संयमता अनि बुद्धिमता जगाएको मानवमा
नहुने नै थियो यो युद्धको महाजाल
नआउने थियो मानव मानवमा वितृष्णा
न जाग्ने थियो मै खाउँ मै लाउँ को
मानवमा यो अतृप्त तृष्णा
हाय! परमात्मा?
जगतको रखवाला
नारी हौ नारी, पुरुषको अधिनकी
देउता हौ देउता ढुंगा मात्रकी
हात मा छ...
Posted On -
December 23 2008 ,
Read more
"ला,
ध्रुब त पागल भएछ।"
"हो, र?"
"हो त नि।"
मेरै कुरा काट्दै रैछन्,
उनीहरु नै
जसलाई लाग्दथ्यो
उनीहरु मलाई राम्ररी चिन्दछन्।
तर
के म बाटोमा नाङ्गै हिँडिरहेको छु?
कि म एक्लै फतफताउँदै
कसैलाई गाली गलौजका शब्दहरु
प्रगोग गरिरहेको छु?
कि म अनाहकमा
बीच सडकमा बसेर
रुने कराउने गरिराखेको छु?
या म थाङ्गनाको पोका पुन्तरा बोकेर
सडक, गल्लीको बीच-बीचमा
कसैको बाटो रोकिरहेको छु?
धत्,...
Posted On -
December 19 2008 ,
Read more
मैले लेखें
र लेख्ने बेला सँधै उही सोचेर लेखें
मेरो देशको माटो लेखें
मेरो आमाले दिएको आँटो लेखें
मेरी दिदीले मलाई भनि सिएको भोटो लेखें
बाबुबाजेले नासो दिएको आनो/रोपनी फोहटो लेखें
दाइले सिकाएको मलाई
प्रेमी, मायालु, सद्भावी, सुशिल, भद्रभलाद्मी
अनि असलमा सफल हुन
बस्
त्यही मेरो परिवेश लेखें
मैले,
जे देखें
त्यही लेखें
जे लेखें
त्यही देखें
मेरो माटो मलाई अति प्यारो
मेरो देशको...
Posted On -
December 17 2008 ,
Read more
हावा चल्यो, दीप बालेँ
यौटा नयाँ क्रान्ति थालेँ
आगोसँगै दन्किएर
थोत्रा नियम्-नीति गालेँ
राती बितेकै थिएन
झुक्याउने जून फालेँ
रोक्छन् कसोरी विद्रोह
भाका नयाँ फेरि हालेँ
संस्कारले छेक्न खोज्यो
त्यस्कै खिलाफ् पाउ चालेँ
(बहरे मुज्तस)
Posted On -
December 16 2008 ,
Read more
"कति?"
"पैतीस"
"दिने कतिमा?"
"तीस"
"बीसमा दिने भए पाँचवटा लान्छु"
"हुन्छ", साहुनी उसको मोलमा दिन राजी भई । उसले मोलमलाई गर्न जान्ने भइछ । मैले पुलबाट नै उसलाई देखेको थिएँ । म जमल हुँदै ठमेल जाने ताकमा थिएँ तर उसलाई देखेर पुलबाट असन जाने बाटोतिर झरेँ । असनको बाटो दशैंको चहलपहलले निकै भीड भएको थियो । ऊ बाटोको मुखैमा त्रिपाल ओछ्याएर थापेको पसलमा सानो बच्चाको लागि हुने सुरुवालमा...
Posted On -
December 12 2008 ,
Read more
सरकारले इन्धनको मूल्य अनुसार सवारी साधनको वैज्ञानिक भाडा दर निर्धारण गर्ने बताएको छ। यसै अनुरुप यातायात व्यवस्था विभागले इन्जिनियरिङ अध्ययन संस्थान, कन्सल्टेन्सीलाई यसको जिम्मा दिएको छ। भाडादरलाई सर्वसम्मत बनाउन हामी विद्यार्थीलाई सर्भेको लागि नेपालका विभिन्न जिल्लामा खटाइएको थियो। मलाई पूर्वको जिम्मा दिइएको थियो। कहाँ इञ्जिनियरिङको अध्ययन, कहाँ सर्भेक्षण ! आफ्नो...
Posted On -
December 10 2008 ,
Read more
साँच्ची केटीहरू के कुराले खुसी हुन्छन् ? 'प्रशंसा,' एउटाले भन्यो, 'माया नै होला,' अर्को बोल्यो । 'माया' र 'प्रशंसा' दुवै भनौंँ न, तेस्रो व्यक्तिको मुखबाट निस्कियो । केटीहरूको सबैभन्दा खराब कुराचाहिँ के हो भने नि... नजिक भयो कि पे्रम गरेकै ठान्ने के, माया गर्न सुरु गरिहाल्ने । मसँग त त्यस्ता कति घटनाहरू छन् कति ! प्रश्नकर्ताले थप्यो, 'ए बिस्तारो बोल भाउजूले सुन्नुहोला,' त्यसबीचबाटै आवाज...
Posted On -
December 10 2008 ,
Read more
आध्यात्म, विज्ञान वा प्रकृति आदि जुन रूप वा जसको अवधारणामा यो संंसार/जगत/पृथ्वीको सृष्टिको सन्दर्भमा वर्णन वा व्याख्या गरेपनि प्रारम्भतः यो प्राकृतिक रूपले सु-सज्जित अथवा सिंगारिएको थियो। यो सम्पूर्ण चराचर जगत, वाद, सिद्धान्त वा मान्यताहरूले स्वीकारेको सत्य हो। मानवजातिको विकास र बढ्दो जनसंख्याको प्रत्यक्ष प्रभाव प्रकृतिमाथि विनाशरूपी भएर परेको यो सिद्ध तथ्य हो।...
Posted On -
December 08 2008 ,
Read more