फाल्गुन २३ - एमाले मात्र हैन, युद्धको अनुभव बोकेको माओवादी पनि बहुदलीय प्रतिस्पर्धाअन्तर्गतको आवधिक निर्वाचनमा सामेल हुने भइसकेको छ । अब हामी नयाँ किसिमको बाटोबाट अघि बढ्दै छौं । यदि विगतका राम्रा परम्पराहरूको आत्मसात् गर्दै जानसक्यौं भने आफ्ना कमजोरी हटाउन सकिन्छ, अरूका कमजोरीबाट शिक्षा लिएर नयाँ किसिमले अघि बढ्न सकिन्छ । वर्गसंघर्षको रूप क्षेत्र, समुदाय र कामअनुरूप...
Posted On -
March 06 2010 ,
Read more
म को हुँ ?
म संस्थागत व्यक्ति हुँ वा म व्यक्तिगत संस्था हुँ ? वा म व्यक्तिमा एक संस्था हुँ ?
कि म माथिका कुनै पनि नभएर मात्र एक व्यक्ति हुँ, वा मात्र एक संस्था हुँ ?
यदि म व्यक्ति मात्र हुँ भने, म र मसंग पछिलागिरहेका संस्थाहरुका अस्तित्व के हुन ? फेरि यदि ममा कुनै संस्था छन् भने ति संस्था के के हुन् ? के ति संस्था नै हुन् ?
आखिर म संस्थासंग यतिविधि आफूलाई किन आवद्ध गर्न खोजिरहेको छु?...
Posted On -
February 25 2010 ,
Read more
खोज ! काठमाडौं उपत्यकाभित्र जहीँतहीँ लेखिएको शब्द ! यो शब्द उपत्यकाको सडक, चोक, गल्ली, पुलपुलेसा, मन्दिर र कतिपय त घरका भित्तामा समेत पढ्न पाइन्छ । धेरैले कतै न कतै पढेको यो शब्द कसले लेख्यो होला ? लेख्नेले कतिवेला लेख्छ, धेरैलाई लागेको जिज्ञासा हो यो ।
को होलान् खोज लेख्दै हिँड्ने व्यक्ति ? लेख्दै हिँड्नुको अर्थ के रहेछ ? उपत्यकामा जताततै लेखिएको खोज पढेपछि धेरैलाई जिज्ञासा...
Posted On -
February 22 2010 ,
Read more
बाबाले हामीलाई संसारको सम्पूर्ण खुसी दिन चाहिसिन्थ्यो। सायद चाँडै छोडी जाने भएर हो कि जस्तो लाग्छ अहिले।
बाबाले हामीलाई माया गर्दा-गर्दा कहिलेकाहीँ गृहकार्य गर्न पनि दिइसिन्नथ्यो। सानोमा गरिने चकचक को मज्जा अनुभव गर्न हौस्याइसिन्थ्यो। मामुले आफ्नो सुरमा खाजा बनाइरहँदा बाबा झयालको तलबाट उठ्दै म्याउँ-म्याउँ गरिसिन्थ्यो। मामु लखेट्न आइसिन्थ्यो, हामी भाग्थ्यौँ। छुट्टी...
Posted On -
February 21 2010 ,
Read more
राजनीतिक दिनचर्याबाट लेखकीय दिनचर्यामा ढलिरहेका छन् कांग्रेस नेता रामहरि जोशी अचेल । पेप्सीकोलास्थित भतिजाको घरमा बसेर अधिकांश समय लेखनमा बिताइरहेका यिनी के लेख्दै छन् ?
'आत्मकथा', जोशीले भने, 'जीवनका सकारात्मक र नकारात्मक अनुभूतिलाई अक्षरमा उधिन्दै छु ।'
जोशीसित गैरराजनीतिक गफ गर्ने मनसायले पुगेको थिएँ । तथापि, सुरुवात राजनीतिबाटै भयो । आजकाल राजनीतिमा किन सक्रिय...
Posted On -
January 31 2010 ,
Read more
आखिर जे डर थियो, त्यही भयो । शिविरमा दुःखान्त नाटक मञ्चन भई नै छाड्यो । सरकारबाट बक्सेको दस हजार र पार्टीले दिएको १२ हजार बोक्दै, घाँटीसम्म आउने युएनका गिफ्ट पाइन्ट र एकजोर जुत्ता भएको झोला, भएभरको सम्पत्ति अटाएको बक्सा च्याप्दै, आँसु झार्दै, धारेहातले सराप्दै, अयोग्य लडाकु नामक जीवका आक्रोशित, अपमानित, अपहेलित मुद्रामा शिविरबाट निस्किए । हुन त ढिलो/चाँडो यी निक्लन्थे नै, तर...
Posted On -
January 25 2010 ,
Read more
उ को होला ? यति सजिलो प्रश्नको उत्तर खोज्न मलाई यति साह्रै "हम्मेहम्मे" पर्ला भन्ने सायदै म सोच्दथेँ । जुन हैसियतको प्रश्न सोध्न/खोज्न वा प्रश्नै गर्नुपरे पनि गर्न सक्ने क्षमता छ जस्तो लाग्दथ्यो आँफूलाई, त्यो हैसियतको लागि यो प्रश्न सहज हुनुपर्दथ्यो । तर त्यो भएन। तर पनि आखिर को होला उ ? प्रत्येक पटक यो प्रश्नको उत्तर यौटै मात्र पाउँदथें म - "मौन" ।
हैन यति साह्रो सोच्नु पर्ने के...
Posted On -
January 16 2010 ,
Read more
यो स्तम्भ लेख्दासम्म काठमाडौंको वीर अस्पतालका आवासीय डाक्टरहरूले प्रतक्ष्य रूपमा मान्छेको जीवन-मरणसँग गाँसिएको अस्पतालको आकस्मिक सेवा बन्द गरेको कैयौं दिन भइसकेको छ । त्यसअघि देशभरका डाक्टरहरूले आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्यसेवा बन्द गर्दा दसौं हजार बिरामीहरूले दुःख पाए । डाक्टरहरूले यसरी स्वास्थ्यसेवा ठप्प पारेका यी पहिला घटानहरू होइनन् । यो स्तम्भचाहिँ...
Posted On -
January 04 2010 ,
Read more
काठमाडौ, २०६६ पुस ८ - हालसालै एकदिन अनपेक्षित रूपमा डा. शुद्ध रौनियारको फोन आयो । उनले झन्डै एक दशक अघिदेखि सञ्चालन गरेको सडक बालबालिकालाई खाना खुवाउने 'बाल भोजन' कार्यक्रमको म ठूलो प्रशंसक भए पनि हाम्रो कुराकानी र भेटघाट कहिले भएको थिएन । घर अगाडिको एउटा दृश्यले उनलाई भित्रभित्रै जलन भइरहेको रहेछ, त्यसैले फोन गर्न नपाई कुनै भलाकुसारीविना उनले भरर्र भन्नथाले, 'हेर्नोस्न...
Posted On -
December 22 2009 ,
Read more
बाँकी छैनन् मेरा कुनै
स्वास, प्राणवायु,
अनि शिरा र धमनीमा बग्ने त्यो प्राणगंगा
तिम्रो अनमोल ॠणको भार
जसले नबोकेका हुन् ।
मांसपेशीका मेरा प्रत्येक तन्तुहरु
व्यङ्ग्य गर्दै काँधमा, तिम्रो भार बन्दा
तिम्रा काँधले कहिले गह्रौ भो भनेनन्
हरेक पल मेरै लागि चुहाएका पसिनाले
भिजेनौ कहिले तिमी,
बरु लिइरह्यौ सिञ्चनको आनन्द ।
निकै गर्यौ, निकै निकै ।
बुझ्दै गएँ जब जब,
तब तब नतमस्तक...
Posted On -
December 20 2009 ,
Read more