करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो । लाखौँका लागि ऊ क्राइस्ट नै हो । उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन् । नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन् । तर, मेरा लागि चे केवल एक साथी हो, जसको तस्बिर नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्,...
Posted On -
October 08 2009 ,
Read more
हिन्दुहरूका थुप्रै चाडपर्वहरूमध्ये विजया दशमीलाई प्रमुख मानिन्छ। यसलाई सांस्कृतिक विजयोत्सवका रूपमा पनि लिन सकिन्छ। सामान्यतया विजया दशमी अथवा दुर्गापूजा भन्नासाथ हामी महिषासुरलाई बध गर्ने दुर्गाको पूजाआजा उपासनागर्ने चाडको रूपमा सम्झन्छौं। तर देवीले 'दुर्गा' नाम धारण गरेका बारेमा एक पौराणिक आख्यान यस्तो पनि छ :
दुर्गम नामक दैत्य ब्रम्हाजीको वरदानले महाबली भएको...
Posted On -
September 22 2009 ,
Read more
उनीबाट अहिलेसम्म कुनै पनि त्यस्तो आधिकारिक जवाफ/प्रतिक्रिया आइसकेको छैन। तर पनि भेटेका जति जो छन्, सबैले यौटै कुरो मात्र भनिरहेका छन् - "त्यसको सबथोक गयो", "काम गर्ने ठाउँबाट पनि निकालिई", ... के के हो के के!
सायद समाचार आएपछिको म यो पहिलो प्रतिक्रिया लेख्दैछु। अथवा त्यो नहुन पनि सक्छ। तर, प्रथम हुनुको बहस त्यति प्राथमिक पनि भएन। आखिर के हो त यो घटना ? मलाई पनि थाहा छैन। कुनै पनि...
Posted On -
September 20 2009 ,
Read more
माओवादीले चन्द्र-सूर्यअंकित राष्ट्रिय झन्डा फेर्ने विवादास्पद प्रस्ताव अघि सारेर नयाँ बहस सिर्जना गरेको छ । उसको प्रस्तावमा राष्ट्रिय जनमोर्चा र दलित जनजाति पार्टीले समर्थन गर्दै झन्डा फेर्ने पक्षमा उभिएका छन् । बुधबार संवैधानिक समितिअन्तर्गतको उपसमितिमा भएको छलफलमा कांग्रेस, एमाले, नेमकिपालगायतका दलले भने झन्डा फेर्ने प्रस्तावको कडा आलोचना गर्दै कुनै पनि सर्तमा...
Posted On -
September 17 2009 ,
Read more
माओवादीलगायतका दलले राष्ट्रिय झन्डा फेर्ने प्रस्ताव ल्याएलगत्तै यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ । अध्येताहरूले नेपालको त्रिकोणात्मक झन्डाको विश्वमा छुट्टै महत्त्व रहेकाले फेर्नु आवश्यक नरहेको बताएका छन् । उनीहरूले नयाँ सन्दर्भमा झन्डालाई फरक ढंगबाट व्याख्या गर्न सकिए पनि यसलाई परिवर्तन गर्नु ठीक नहुने धारणा राखेका छन् ।
'नेपालको झन्डा अन्य मुलुकको जस्तो कुनै...
Posted On -
September 17 2009 ,
Read more
काठमाडौंको केन्द्रमा रहेको कमलपोखरी नजिक अहिले एउटा भव्य सपिङ कम्प्लेक्स, सिटी सेन्टर बनेको छ । त्यहाँ प्रवेश गरेपछि भित्र देखिने नेपाली अनुहारहरूबाट मात्र आफू अझै नेपालभित्र रहेको महसुस हुन्छ । नत्र त्यो सेन्टर कुनै पनि पश्चिमी मुलुकको व्यापारिक केन्द्रभन्दा कम छैन । हरेक दिन म कमलपोखरी र त्यहाँबाट एक मिनेटभन्दा पनि कम दूरीमा रहेको सो सिटी सेन्टर भएर कार्यालय जाने गर्छु...
Posted On -
September 15 2009 ,
Read more
के तपाईं दिनहुँ कम्प्युटरमा तीन घन्टाभन्दा बढी काम गर्नुहुन्छ ? आँखा नझिम्काई कम्प्युटरमा काम गर्ने बानी छ ? यसो हो भने सतर्कता अपनाउनुस्, नत्र 'कम्प्युटर भिजन सिन्ड्रोम' को चपेटामा फस्नु होला ।
'कम्प्युटर भिजन सिन्ड्रोम' लाई बोलिचालीको भाषामा आँखाको आँसु सुक्ने रोग भनिन्छ, असावधानी गरे दृष्टिसमेत प्रभावित हुनसक्छ । अमेरिकन अप्टोमेट्रिक एसोसिएसनका अनुसार यस रोगको सामान्य...
Posted On -
August 29 2009 ,
Read more
प्रधानमन्त्रीको भारत भ्रमणलाई समेत फिका बनाएको परराष्ट्रमन्त्रीको 'स्वास्थ्य' प्रकरणको अन्तिम शृङखला बडो नाटकीय रह्यो, नाचगान, बाजागाजा र नाराजुलुस सहितको । निषेधित क्षेत्रमा तामझामसहित इन्दिरा गान्धीको जस्तो हाउभाउ तर राहुल गान्धीको छनक दिने बन्दोबस्तका साथ -अघि बढ युवा नेतृ हामी तिम्रो साथ छौं जस्ता नाराहरूसहित) आफ्नो दलमा स्पष्टीकरण दिन आउनुभएको मन्त्रीजी विजयी...
Posted On -
August 27 2009 ,
Read more
परराष्ट्रमन्त्री सुजाता कोइरालाले अन्तिम समयमा भ्रमण रद्द गरेर प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणलाई नराम्रो धक्का दिएकी छिन् । छिमेकी हुन् वा टाढाका मित्र मुलुक तिनको औपचारिक भ्रमणलाई ज्यादै महत्वका साथ हेरिन्छ । प्रधानमन्त्री भ्रमणका निम्ति प्रस्थान गर्नुभन्दा केही घन्टाअघि मात्र त्यही भ्रमण दलको महत्वपूर्ण सदस्य परराष्ट्र मन्त्रीको यो गैरजिम्मेवार...
Posted On -
August 19 2009 ,
Read more
नेपाल टेलिभिजन तथा देशका दर्जनौं रेडियो स्टेसनहरूबाट हालैसम्म एउटा कार्यक्रम प्रसारण भइरहेको थियो : मेरो जिन्दगी, मेरो विश्वास । जनकल्याण प्रसारणको विकासप्रति प्रतिबद्ध एन्टेना फाउन्डेसनद्वारा उत्पादित सो कार्यक्रममा आफ्नो पेसा, कर्म वा अन्य कुनै माध्यमबाट समाजमा उल्लेख्य योगदान पुर्याइरहेका व्यक्तिहरूको दृढ विश्वासमा आधारित अनुभव र भोगाइ समेटिएको हुन्थ्यो ।...
Posted On -
August 12 2009 ,
Read more