Articles

भगवान पनि हाँस्छन् होला !

काठमाडौ, २०६६ पुस ८ - हालसालै एकदिन अनपेक्षित रूपमा डा. शुद्ध रौनियारको फोन आयो । उनले झन्डै एक दशक अघिदेखि सञ्चालन गरेको सडक बालबालिकालाई खाना खुवाउने 'बाल भोजन' कार्यक्रमको म ठूलो प्रशंसक भए पनि हाम्रो कुराकानी र भेटघाट कहिले भएको थिएन । घर अगाडिको एउटा दृश्यले उनलाई भित्रभित्रै जलन भइरहेको रहेछ, त्यसैले फोन गर्न नपाई कुनै भलाकुसारीविना उनले भरर्र भन्नथाले, 'हेर्नोस्न...
Posted On - December 22 2009 , Read more

बुवा [Poem]

बाँकी छैनन् मेरा कुनै स्वास, प्राणवायु, अनि शिरा र धमनीमा बग्ने त्यो प्राणगंगा तिम्रो अनमोल ॠणको भार जसले नबोकेका हुन् । मांसपेशीका मेरा प्रत्येक तन्तुहरु व्यङ्ग्य गर्दै काँधमा, तिम्रो भार बन्दा तिम्रा काँधले कहिले गह्रौ भो भनेनन् हरेक पल मेरै लागि चुहाएका पसिनाले भिजेनौ कहिले तिमी, बरु लिइरह्यौ सिञ्चनको आनन्द । निकै गर्यौ, निकै निकै । बुझ्दै गएँ जब जब, तब तब नतमस्तक...
Posted On - December 20 2009 , Read more

माओवादीले भडकाए रे, गृहमन्त्रीले पड्काए रे

माओवादीले भडकाए रे, गृहमन्त्रीले पड्काए रे, प्रहरीले आदेशानुसार राइफलको घोडा छडकाए रे, गोलीले पनि कैयौँको जिन्दगी सड्काए रे ! कैयौँ घाइते छन्, बाँच्ने, अपांग हुने या नबाँच्ने दोधारमा मृृत्युसँग जुध्दै । हजारौँ बच्चा, आमा, महिला र वृद्ध आतंकित छन्, कुनाकाप्चामा लुक्दै, ढ्वाङ र अइया, आगो र आत्थु सम्झिँदै । उता जे भए नि, यता गृहमन्त्री स्यावासी दिनमा व्यस्त छन्, ठोक्यो केटाले...
Posted On - December 13 2009 , Read more

सिउँडी: मितव्ययी सुजाता

२०६६ मंसिर १२ - उपप्रधानमन्त्री सुजाता कोइरालाले वयोवृद्ध पिता गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य उपचारको सिलसिलामा सिंगापुरमा रहँदा होटलमा अत्यधिक खर्च गरिन् भन्ने आरोप लगाइएको छ । तर यसमा त्यस्तोविधि कुनै वास्तविकता अन्तरनिहित छैन । हामीले अनावश्यक होहल्लामा ध्यान दिनुहुन्न । यसको परिपुष्ट प्रमाणका रूपमा तल केही प्रख्यात होटलका सत्यतथ्य विवरण प्रस्तुत गरिएको छ ।...
Posted On - November 29 2009 , Read more

अंगप्रदर्शन मेरो ब्रान्ड बनेछ

'लभ इन नेपालको अभिनयपछि बलिउडका धेरै फिल्मका लागि मलाई बोलाइयो । तर, सबै अंगप्रदर्शनकै भूमिकामा । अंगप्रदर्शन मेरो ब्रान्ड नै बनेछ । त्यसपछि मलाई बलिउडका फिल्म खेल्न मन लागेन ।' नेपाली फिल्मकी सबैभन्दा 'ग्ल्यामरस' हिरोइन हुन् झरना बज्राचार्य । फिल्ममा उदार भएर अंगप्रदर्शन गरेरै उनी निकै चर्चामा आइन् । हामीसँग संवादका लागि तयार हुँदा भने म्युजिक भिडियो र पर्दामा देखिने...
Posted On - November 25 2009 , Read more

सुपुर्दगी सन्धि कसका हितमा ?

कात्तिक २०-२१ गते काठमाडौंमा भएको नेपाल-भारत गृहसचिवस्तरीय बैठकले खासै महत्त्वपूर्ण निर्णय गर्न सकेन । सुपुर्दगी सन्धि, सीमा नक्सांकन, भारतीय नक्कली नोटको अबैध कारोबार नियन्त्रण, सीमा क्षेत्रका आपराधिक क्रियाकलापजस्ता विषयमा छलफल भए पनि सुपुर्दगी सन्धि र त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी तैनाथ गर्ने विषयमा सम्झौता हुन नसकेकाले वार्ता असफल भएको...
Posted On - November 12 2009 , Read more

सम्पत्तिमा हदबन्दी कि व्यवस्थित कर ?

२०६६ आश्विन २९ - व्यक्ति वा निजी क्षेत्रको सम्पत्तिमा 'हदबन्दी -सिलिङ) लगाउने कि प्रगतिशील कर' यो विवादित सवाल बनेको छ । मौलिक हक तथा राज्यका निर्देशक सिद्घान्त समिति राजनीतिक दलहरूका बीच सहमति गराएर एउटै अवधारणा बनाउने अन्तिम प्रयासमा छन् । प्रमुख राजनीतिक शक्ति माओवादीले सार्वजनिक हितका लागि व्यक्ति वा निजी स्वामित्वको सम्पत्ति राज्यले प्रयोग गर्न सक्ने र सम्पत्तिको...
Posted On - October 28 2009 , Read more

आजका कोइराला

फुलेजस्तो फल्ने र देखेजस्तो पाउने सँधै कसैका लागि पनि हुन्न । अझ राजनीतिमा त सोचेजस्तो पुग्ने हुन निकै कठिन छ, पहिलेका तानाशाहका जीवनमा पनि, अहिलेका लोकतान्त्रिक भनिने विधिमा पनि । नेपालको अहिलेको पुस्ता मात्र होइन, पछि इतिहास पढ्नेले पनि देख्ने नेपाली राजनीतिका हर्ताकर्ता अनि जनआन्दोलन ०६२/६३ का अगुवा गिरिजाप्रसाद कोइरालाको वर्तमान बिस्तारै किनारामा धकेलिँदै छ र...
Posted On - October 16 2009 , Read more

चे ग्वेभारा र म

करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो । लाखौँका लागि ऊ क्राइस्ट नै हो । उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन् । नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन् । तर, मेरा लागि चे केवल एक साथी हो, जसको तस्बिर नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्,...
Posted On - October 08 2009 , Read more

विजया दशमीः शक्ति उपासना

हिन्दुहरूका थुप्रै चाडपर्वहरूमध्ये विजया दशमीलाई प्रमुख मानिन्छ। यसलाई सांस्कृतिक विजयोत्सवका रूपमा पनि लिन सकिन्छ। सामान्यतया विजया दशमी अथवा दुर्गापूजा भन्नासाथ हामी महिषासुरलाई बध गर्ने दुर्गाको पूजाआजा उपासनागर्ने चाडको रूपमा सम्झन्छौं। तर देवीले 'दुर्गा' नाम धारण गरेका बारेमा एक पौराणिक आख्यान यस्तो पनि छ : दुर्गम नामक दैत्य ब्रम्हाजीको वरदानले महाबली भएको...
Posted On - September 22 2009 , Read more

Navigation

1

2

3

4

5

6

7

8

9

10

11

12

13

Truly Nepali Videos


 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

अक्षरको जादूमा विश्वास गर्छु »

this-i-believe-अक्षरको जादूमा विश्वास गर्छु

म अक्षरमा विश्वास गर्छु । किनभने अक्षरमा जीवन बदल्ने शक्ति हुन्छ । अक्षरमा लुकेको त्यो शक्तिलाई मैले प्रौढ कक्षामा भर्ना भएको पहिलो दिन नै चिनेँ । त्यहाँ मैले पहिलोपटक मेरो नामका अक्षरहरूलाई नजिकबाट देखेँ । मैले पहिलोपटक त्यहीं थाहा पाएँ, म सबैले भन्ने गरिएकी 'चमिली' होइन, 'चमेली' रहिछु । त्यतिबेला मलाई अक्षर जादूजस्तै लाग्यो । एउटा अक्षरको सानो घुमाइले मेरो नामै फेरियो ! मलाई त्यतिबेलै के पनि लाग्यो भने तीनवटा अक्षर चिन्दा सही नाम भेटिन्छ भने सबै अक्षर चिन्नसके सही जिन्दगी पनि अवश्य भेटिनेछ । त्यो साँझ घर फर्केर आफ्नो नाम लेखेको-लेख्यै गरेँ । लेखेको-लेख्यै गरेँ...

Cartoon Corner

Corruption »

Corruption

घुस खाँदाखाँदै पक्राउ पर्‍या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ?

Today's Forecast

Exchange Rates

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 72.35 72.95
European euro 1 98.09 98.91
UK pound sterling 1 107.77 108.67
Swiss franc 1 67.07 67.62
Australian dollar 1 66.17 66.72
Canadian dollar 1 70.33 70.91
Singapore dollar 1 51.70 52.13
Japanese yen 10 8.04 8.11
Chinese renminbi (Yuan) 1 10.60 10.69
Saudi Arabian riyal1 19.29 19.45
Qatari riyal1 19.88 20.04
Thai baht1 2.21 2.23
UAE Dirham1 19.70 19.86
Malaysian ringgit1 21.79 21.97
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.10
Danish Krone 1 13.18
Hong Kong dollar 1 9.32
Loadshedding Schedule
14th Magh 2066

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement
Your Ad Here

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 2 Users online [ Visits including robots - 473357 ]


Google Analytics Alternative
Powered by Olark