CURRENT ARTICLE
सरकारले छरेका सलाईका काँटी
अयोग्य बाहिरिँदा सबै खुसी छन् । सरकार दंग छ, सरकार अर्थात् मनोनीत मन्त्रीहरू । युएन मख्ख छ, युएन अर्थात् डलर खाने कर्मचारीहरू । दल खुसी छ, दल अर्थात् कांग्रेस र एमालेका माओवादीलाई दैनिक गाली गर्ने गालीविज्ञ नेताहरू । माओवादी पनि खुसी छ, माओवादी अर्थात् सशस्त्र क्रान्ति जारी भन्ने विस्फोटक नेताहरू । तर यी अयोग्य बाहिरिँदा उत्पन्न हुनसक्ने जटिलताबारे कसैले वास्ता गरेनन् । व्यवसाय गरी आत्मनिर्भर बनाउन हरेकलाईर् १० लाख मागिएकोमा त्यो बढी भनियो । कति आवश्यक हुन्थ्यो, त्यो अध्ययन भएन । कुन्नी, कुन देशमा रकम दिएको कार्यक्रम असफल भयो रे भन्ने तर्क जान्ने अबुझले सदाझैं फुस्स छाडे । तर विखण्डन तथा अपराधीकरणसहित सशस्त्रद्वन्द्वका लागि तयार गाउँघरमा यसरी अलपत्र पारी लात ठोक्दै विक्षिप्त मनस्थितिमा खाली हात लडाकु पठाएको चाहिँ कहाँ सफल भएको छ ? त्योचाहिँ कसैले भनेनन् । हातमा पैसा त हालिन्न, तर पैसा उनका लागि होइन, दीर्घकालीन व्यवसायका लागि हो । फन्डलाई बैंक या संस्थामार्फत या सामुदायिक व्यवसाय इत्यादि परिचालन गरी हरेकलाई सफल व्यवसायी बनाई गलत बाटो नजाने कुनै योजना बनाउनेतर्फ कोसिस भयो त ? प्रगतिअनुसार दिइने किस्ताबन्दी रिन र पछि प्रगति हेरेर छुट दिने जस्ता विविध उपाय सोचियो त ? धारापानी, बिजुलीवाला तालिम दिने एकोहोरो नारासँग, भविष्यमा आत्मनिर्भर हुने व्यवसाय गर्न आर्थिक स्रोत या रिन दिने कुरा भए त ?
तालिम नै गराउनु थियो भने २/३ वर्ष किन सुत्यो अपांग बनेर मन्त्रालय ? किन गायब भए युएन तथा अन्य सरकारी, गैरसरकारी संस्था र जान्ने-सुन्नेहरू ? तालिम दिई विदेश पठाउने जस्ता विविध विकल्पबारे पनि किन सोचिएन ? एमालेलाई सत्ताको लहरेखोकी खोक्नबाट फुर्सद भए पो । कांगे्रसलाई एमालेलाई पुच्छर हल्लाउन लाउने कसरतबाट फुर्सद भए पो । माओवादीलाई सरकारको दरकार भन्नबाट फुुर्सद भए पो । युएन त युएनै भो, उसै त बुहारी भटमास खाएकी ।
अयोग्य लडाकुका निराशापूर्ण आँखा र धमिलो अनुहारमा सारा देशले दुःख देखेको थियो, अखबारका फोटाहरूमार्फत, तर मेरा सुरक्षामुखी आँखाले त्यहाँ देश बाल्ने सलाईका काँटी देखेँ । विखण्डनवादी, जातीय तथा क्षेत्रीय सशस्त्र समूहका लागि रेडिमेड आत्मघाती मानवबम तयार देखेँ । अपराधी समूहका लागि तयार, बदलाको आगोले जलेको स्वचालित बन्दुकका आवाज सुनेँ । छापा खोजेर फेरि तस्वीर हेर्नुस्, त्यहाँ हीनताबोध छैन । हामी योग्य छौं, हामी ऊर्जाशील छौं, हामी अग्निशिखा हौं, हामी ज्वालामुखी हौं, पख्लास् देखाइदिन्छौं भन्ने घमन्ड, आक्रोश र बदलाका फिलिंगाहरू स्पष्टै देखिन्छ ।
निकालिएका ओखलढुंगाका प्लाटुन सहकमाण्डर शिवराम खडका भन्दै थिए, क्याम्प छाडेको हो, क्रान्ति होइन । भैंसी, कुखुरा, बंगुर पाल्ने काम हामलाई सिकाउँछु भन्ने सरकार सचेत हुनु । सरिता विशंखेले उद्घोष गरेकी थिइन्, देशका लागि लडेर रगतका कणकणमा रहेका बमका छर्राको अपमान गरी सरकारले चकलेट दिएर भुलाउन खोज्न्ो । गोठालो बन्न शिविर छाडेका होइनौं, हामीलाई शरणार्थी या विस्थापितको प्याकेज दिनुको अर्थ के ? खोटाङकी गर्भवती चन्द्रकला राईले धरधरी रूँदै भन्दैथिन्, कम्तीमा बच्चा नपाउन्जेल त यस्तो सास्ती दिनु नहुने, कसले स्याहार्ने ? कसले
हेर्ने ? निकालेर ठूलो पाप गरे ।
सम्बन्धित जिम्मेवारहरूका यी भनाइले कस्तो शान्तिको आसा गर्ने डेढ दशक रक्तकुण्डमा डुबेका आम भुइँमान्छेहरूले ? माओवादी नेता बलदेवले माला लाइदिँदै विदाइमा स्पष्ट तरिकाले बममा फ्युज हाले, हामीले तपाईंहरूलाई बालसैन्य र अयोग्य मानेका छैनौं । रोम जल्दा बाँसुरी बजाउने निरोको अभिनय गर्दै शान्ति मन्त्रालयका सचिव पुण्यप्रसाद न्यौपानेले भने, शान्ति प्रक्रियालाई सबैले इमानदारीपूर्वक अघि बढाएकाले आगामी दिन सुखद र अवसरयुक्त हुनेछ । देश बुझ्न नसकेका, युएनका आवासीय प्रतिनिधि रोवर्ट पाइपरले, नेपाललाई मिस्त्री, प्लम्बर, विद्युत प्राविधिकको जरुरत भएकोले यी युवालाई अन्यत्र नलगी यस्तै काममा लगाउनु आवश्यक छ भनेकाले अब योजना आयोगले सबै योजना त्याग गरी पाइपरले बजाएका पाइपको धुनमा देशभरि मिस्त्री, प्लम्बर र बिजुलीवाला मात्र बनाउने योजना बनाउनुपर्छ ।
पुनःसंरचना भन्दै निकालिने नेपाली सेनाका सिपाही तथा शिविरबाट निकालिने माओवादी जनसैनिक लडाकुलाई स्वागत गर्न माला लिएर विखण्डनवादी सशस्त्र समूह या अपराधी जत्थाहरू तयार छन् । राष्ट्रिय खतराका विविध तथ्यलाई मध्येनजर राखेरमात्र सेनाको पुनःसंरचना तथा माओवादी अयोग्य लडाकुको पुनःस्थापनाका सन्तुलित, व्यावहारिक, शान्तिसुरक्षामुखी उपायहरू अवलम्बन हुनुपर्छ भनेर सुरुमै सचेत नगराइएको होइन । तर सत्ता हाडको ङ्यारङुरमा व्यस्त तथा राज्यलक्ष्मीमा कसले धेरै र कतिचोटी ठेस्न पाउने लुछाचुँडीमा मस्त नेताजनका हातबाट आखिर यो देशमा फेरि आगो दन्किने भयो । देशभरि गाउँ-गाउँमा दाउरा, खोटा, दियाला, घिउतेल, मइन-मह लगायत ज्वलनशील हर सर्जाम तयार भइसकेको छ । आगो सल्काउन सरकारले अयोग्य लडाकुहरूलाई सलाईका काँटीका रूपमा पठाउन थालेको छ ।
काठमाडौ, २०६६ माघ १२ - kantipur daily
Comments on this article
Recent Tweets |
Author Information
Rajendra Thapa
Article Stats
| Article Reads | 885 |
| Article Rating |
4
|
| Total Votes | 4 |
| Voting feature will be available soon | |
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
हरेक व्यक्तिमा सम्भावना हुन्छ भन्ने मलाई विश्वास छ »
म पनि आम मानिसजस्तै एक प्राणी हुँ । उनीहरूजस्तै दुईवटा हात, दुईवटा खुट्टा छन् । फरक यति कि उनीहरू उभिन्छन्, म सक्दिन । उनीहरू दौडिन्छन्, तर म हिँड्न पनि हातको सहारा लिन्छु । अरू मान्छे र ममा यही फरक छ । तर म यही भिन्न धरातलमा उभिएर संघर्ष गर्नमा विश्वास गर्छु । संघर्षले मलाई अगाडि बढ्न मद्दत गर्छ भने आफ्नो धरातलले त्यसनिम्ति आड दिन्छ । म जे र जस्तो छु, त्यो मेरो वास्तविकता हो । म यसमै रमाएर बाँच्छु । सामथ्र्यका हिसाबले म अरूभन्दा अवश्य फरक छु, तर कमजोर होइन । म पनि अरूजस्तै सपना देख्छु । मैले जानेदेखि म घस्रेर हिँड्ने गर्थें । आमाबुबा लगायत सबैले भगवानको श्राप लागेको...
Mar 04 2009 / 443 reads / Read Full Story »Cartoon Corner
Corruption »
घुस खाँदाखाँदै पक्राउ पर्या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ? 21 Poush 2066 / Abin (Kantipur)
Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 72.40 | 73.00 |
| European euro | 1 | 99.17 | 100.00 |
| UK pound sterling | 1 | 108.99 | 109.89 |
| Swiss franc | 1 | 67.86 | 68.42 |
| Australian dollar | 1 | 66.37 | 66.92 |
| Canadian dollar | 1 | 70.78 | 71.36 |
| Singapore dollar | 1 | 51.85 | 52.28 |
| Japanese yen | 10 | 7.99 | 8.05 |
| Chinese renminbi (Yuan) | 1 | 10.61 | 10.69 |
| Saudi Arabian riyal | 1 | 19.30 | 19.46 |
| Qatari riyal | 1 | 19.90 | 20.06 |
| Thai baht | 1 | 2.22 | 2.24 |
| UAE Dirham | 1 | 19.71 | 19.88 |
| Malaysian ringgit | 1 | 21.87 | 22.05 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 13.33 | |
| Hong Kong dollar | 1 | 9.33 | |

28th Falgun 2066
