CURRENT ARTICLE


खुशी छु म आज

who was he and what could be his identity. why he looks so? i have a question.I haven't found any answer yet. But i am very happy today.
उ को होला ? यति सजिलो प्रश्नको उत्तर खोज्न मलाई यति साह्रै "हम्मेहम्मे" पर्ला भन्ने सायदै म सोच्दथेँ । जुन हैसियतको प्रश्न सोध्न/खोज्न वा प्रश्नै गर्नुपरे पनि गर्न सक्ने क्षमता छ जस्तो लाग्दथ्यो आँफूलाई, त्यो हैसियतको लागि यो प्रश्न सहज हुनुपर्दथ्यो । तर त्यो भएन। तर पनि आखिर को होला उ ? प्रत्येक पटक यो प्रश्नको उत्तर यौटै मात्र पाउँदथें म - "मौन" ।

हैन यति साह्रो सोच्नु पर्ने के थियो र त्यसमा ? होला कुनै फिरङ्गी, वा कुनै पागल, वा निस्फिक्री जिउन चाहने फरक जीवनशैलीको कुनै मानिस, वा ... वा ... वा ... । तर, पनि "वा" गन्दै जाँदा तीन भन्दा वढी सम्भावनाहरु त यहिँ गनिसकियो । यो कसरी चानचुन प्रश्न हुनसक्दथ्यो र । वस्, मलाई पनि सामान्य प्रश्न लागेन। र प्रत्येक पटक म आँफूलाई र ती प्रत्येक प्रश्नलाई प्रतिप्रश्न गरिरहेँ । आखिर उ को हो त ?

...... आकलझुकल, सायद एक/दुई दिन विराएर यौटा २४/२५ वर्षको युवक देखापर्दथ्यो । चिटिक्क परेको र धारिलो हुने गरि इस्त्री लगाएको वस्त्र धारण गर्ने, हलुका टल्कने गरि कपाल रंगाएको, सफा र चिल्लो गाला, टल्कने जुत्ता, हातमा ल्यापटप बोकेको र हेर्दै पठ्ठो, लक्का जवान ... उमेरमा र राजधानीको यो हावापानीमा त सायद आजकाल सबै नै हुन्छन् । तर, उ "थिएन" । उ विलकुल टिपटप थिएन । न उसमा म्याजिस्टिक लुक थियो, न त उसमा सम्भ्रान्त पर्शनालिटी । .... झ्याम्म परेको, फोहोर, लट्टा परेको, जिङ्ग्रिङ्ग कपाल; एकसरो र यौटापनि बटन नभएको, कालो-कालो रंगको सर्ट जुन फाटेर पनि फालेर पनि फाटेर पनि फालेर पनि फालेको जस्तो देखिन्थ्यो ; र त्यस्तै हुलियाको पाइन्ट । ... ... ... ... ... ... ... ... ... सर्टमा वटन थिएन; पाइन्टमा न त इजार थियो, न त फसनर नै थियो । ... ... ... ? ... ... ?

सिक्स-प्याक एब्स सो गर्नु, या कुनै नाङ्गाबाबाको "लाइभ" तान्डव देखाउनु जस्तो कुनै मोह उसमा पक्कै थिएन। उसको हुलियाबाट उसको कुनै पनि हालत उसले जानाजान र कुनै योजना मुताविक गरेको भनेर कसैले भन्दथ्यो भने सायद म केहि त पक्कै गर्दथेँ त्यस व्यक्तिलाई ... ।

आखिर को थियो त उ ?

यो प्रश्न त्यसै जन्मेको पनि थिएन । यौटा सामान्य मानिस बाटोमा नांगै त विनाकारण हिँड्दै हिँड्दैन । प्रत्येक पटक उसलाई बाटोमा देखेपछि पैतालादेखि शिरसम्म पुरै शरीर सिरिङ्ग भएर आउँदथ्यो, मेरो । प्रत्येक पटकको झट्काले यौटा किस्ताको रुप लिँदै गयो, र अन्त्यमा त्यो प्रश्न यति सशक्त बनेर मेरो मनमस्तिस्कमा गथासिन पुग्यो, म त्यसको अत्यन्तै व्यग्रताका साथ उत्तर खोज्न चाहिरहेँ । "आखिर उ को थियो त ?" ।

मानसिक रोगी ? नशाको उन्मादमा आफ्नो होसै गुमाएर अविवेकी भई सडकमा नग्न विचरण गर्ने कोही दुर्व्यसनी ? असफल प्रेमका कारण आफ्ना गुप्ताङ्ग प्रदर्शन गर्दै सभ्यतालाई ठाडो चुनौती दिँदै हिँड्ने अतिक्रान्तिकारी प्रेमी ? ... तर, यी कुनै सम्भावनाले त्यति ठूलो "हो कि?" पारेका थिएनन् मलाई । सबैभन्दा ठूलो उथलपुथल त त्यसले गराउँदथ्यो जतिबेला म सोच्न पुग्दथें कि, के उ यति विपन्न छ कि एकसरो लुगा पनि उ राम्रोसंग लगाउन सक्दैन ?

तर प्रत्यक्ष रुपमा म उसलाई कसरी प्रश्न गर्न सक्थेँ कि "तपाई को हुनुहुन्छ ?" भनेर ? सायद, सक्ने भएको भए त्यो यति ठूलो प्रश्न नै बन्ने थिएन होला । मसंग थियो यौटा "भय", जसका कारण म झन् झन् प्रश्नसंग प्रतिप्रश्न र प्रतिप्रश्नसंग अर्को प्रश्न गर्दै कायल माथि कायल बन्दै गइरहेको थिएँ । अन्तिम सम्भावना जुन विपन्नताको डरलाग्दो घोषणा थियो, त्यो नै मैले खोजेको उत्तर भइदिएको खण्डमा सायद म सभ्यताको खोललाई सबैभन्दा बढी सराप्ने सभ्य हुन्थें होला र आँफूले आँफैलाई सराप्ने पहिलो सभ्य सभ्यता ।

उत्तर खोज्न म आफ्ना हितैषी पत्रकार मित्र, "सुविन" को मा पुगें । यौटा पत्रकारले नै त्यो गथासो र व्यग्रतलाई निकास दिन सक्छ भन्ने ठूलो विश्वास थियो म संग । ... प्रश्न यथास्थानमा नै रह्यो, तर सायद जति जकडिएको थियो प्रश्न त्यसले केहि हलुका महशुष गरेकोमा अत्यन्तै आभारी भएँ, मित्रसंग पनि आभार व्यक्त गर्नै पर्छ, नरोक्नु मलाई कसैले यो मामिलामा ।

यो जिम्मा कस्को हो ? फेरी प्रशासनलाई दोष । खै, कसरी दिउँ । मनोरोगी होला, परिवारले छोडिदियो । सार्वजनिक रुपमा नै सबैलाई जम्मा गरेर उपचार गराउने कुनै माध्यम पनि छैन। कुनै तेस्रो व्यक्तिले गर्ने त खै कसरी भनुँ, आफैले आफैलाई झाप्पड हान्नु सिवाय अरु केहि हुनेछैन त्यो पक्षमा । नशामा चुर होला, यसमा पनि त्यही दोहोरिन्छ । तर, विपन्न होला । अत्यावश्यक पुर्वाधारको कुरामा त सरोकारवाला नै आउँछ नि हैन र ?

म फर्किएँ । म देख्दै गएँ । म प्रश्नमा प्रश्न थप्दै गएँ । अनुत्तरित माथि अनुत्तरित हुँदै गएँ । म जिउँदै गएँ । उ पनि जिउँदै गइरहेको थियो । उ झन् झन् प्रश्न वन्दै गइरहेको थियो, म झन् झन् निरिह बन्दै गइरहेको थिएँ । "आखिर, को हो त उ ?" ।

...
आज म धेरै खुशी छु । अनुत्तरित हुनुको पराकाष्ठाले चरम सिमा नाघिसक्दा पनि आजसम्म मैले त्यसको उत्तर त पाएको छैन, तर म एकदमै खुशी छु । साविकको झैं रहेन आजको एकाविहान। भित्रैवाट विभोर भएर आयो मन। कताकता "दुई थोपा" तुरुक्क चुहाउन चाहिरहेको थियो मन । ... उत्तर विना नै पनि म निकै खुशी भएँ ।

वटन लगाएको सर्ट । त्यसमाथि राम्रै ज्याकेट । फसनर र इजार दुवै राम्रोसंग बाँधिएको पाइन्ट । हो उ हिँड्दै थियो । साविककै चालमा हिँड्दै थियो । प्रश्नले जिस्काइरहेको त थियो, तर त्यो क्षण प्रश्नहिन वन्न पुग्यो । उत्तरको कुनै इच्छा नै रहेको थिएन त्यो क्षण । मोटरसाईकल पछाडी थिएँ । हुँइकिइरहेको मोटरसाइकल पछाडीवाटै थापाथली नजिकबाट फोन लगाएँ - "हेलो सुविन जी, आज म निकै खुशी छु ।" , ....

त्यसपछि, प्रश्न त झनै थपिए । तर, खुशी भने रहिरह्यो । ...

२०६६/१०/०२


Comments on this article

Post a Comment

Total comments - 1

date kahileko?

kapoor dhami



Posted on - 2010-01-17 01:13:34

 

Make comment

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body


Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

अक्षरको जादूमा विश्वास गर्छु »

this-i-believe-अक्षरको जादूमा विश्वास गर्छु

म अक्षरमा विश्वास गर्छु । किनभने अक्षरमा जीवन बदल्ने शक्ति हुन्छ । अक्षरमा लुकेको त्यो शक्तिलाई मैले प्रौढ कक्षामा भर्ना भएको पहिलो दिन नै चिनेँ । त्यहाँ मैले पहिलोपटक मेरो नामका अक्षरहरूलाई नजिकबाट देखेँ । मैले पहिलोपटक त्यहीं थाहा पाएँ, म सबैले भन्ने गरिएकी 'चमिली' होइन, 'चमेली' रहिछु । त्यतिबेला मलाई अक्षर जादूजस्तै लाग्यो । एउटा अक्षरको सानो घुमाइले मेरो नामै फेरियो ! मलाई त्यतिबेलै के पनि लाग्यो भने तीनवटा अक्षर चिन्दा सही नाम भेटिन्छ भने सबै अक्षर चिन्नसके सही जिन्दगी पनि अवश्य भेटिनेछ । त्यो साँझ घर फर्केर आफ्नो नाम लेखेको-लेख्यै गरेँ । लेखेको-लेख्यै गरेँ...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 1 minute ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.40 75.00
European euro 1 95.38 96.15
UK pound sterling 1 114.78 115.70
Swiss franc 1 73.34 73.93
Australian dollar 1 67.58 68.13
Canadian dollar 1 70.60 71.17
Singapore dollar 1 55.20 55.64
Japanese yen 10 8.82 8.90
Chinese renminbi (Yuan) 1 10.94 11.03
Saudi Arabian riyal1 19.84 20.00
Qatari riyal1 20.44 20.60
Thai baht1 2.39 2.41
UAE Dirham1 20.25 20.42
Malaysian ringgit1 23.83 24.02
South Korean Won 1006.336.38
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.25
Danish Krone 1 12.81
Hong Kong dollar 1 9.57
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 3 Users online [ Visits including robots - 909402 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark