CURRENT ARTICLE


यस्तो डाक्टर पो डाक्टर

Doctors on Strike. Residential Doctors from Bir hospital, RAbindra Mishra writes about it.
यो स्तम्भ लेख्दासम्म काठमाडौंको वीर अस्पतालका आवासीय डाक्टरहरूले प्रतक्ष्य रूपमा मान्छेको जीवन-मरणसँग गाँसिएको अस्पतालको आकस्मिक सेवा बन्द गरेको कैयौं दिन भइसकेको छ । त्यसअघि देशभरका डाक्टरहरूले आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्यसेवा बन्द गर्दा दसौं हजार बिरामीहरूले दुःख पाए । डाक्टरहरूले यसरी स्वास्थ्यसेवा ठप्प पारेका यी पहिला घटानहरू होइनन् । यो स्तम्भचाहिँ मूलरूपमा डाक्टरहरूको देशव्यापी हडतालको प्रसंगसँग जोडिएको छ । नेपाल चिकित्सक संघका अनुसार, गत एक वर्षमा मात्रै झन्डै ५० पटक स्वास्थ्यकर्मी र संस्थामा आक्रमण भइसकेको छ । डाक्टरहरूको पछिल्लो देशव्यापी हडताल खासगरी स्वास्थ्यकर्मीहरूको सुरक्षासँग सम्बन्धित छ । त्यसको साथमा उनीहरूलाई सरकारले पर्याप्त सरसुविधाको व्यवस्था नगरिदिँदा डाक्टरहरूको विदेश पलायनबाट देशको स्वास्थ्यसेवामा पर्नसक्ने नकारात्मक असरबारे पनि गम्भीर चिन्ता लागेको छ । सोही चिन्ताका कारण उनीहरूले स्वास्थ्यकर्मीहरूको सुरक्षाका अलावा उनीहरूको नियुक्तिमा पदीयस्तर वृद्धि, पाँच प्रतिशत स्वास्थ्यसेवा शुल्क खारेजी अनि निश्चित सेवा अवधि पूरा गरेका डाक्टरलाई एउटा सवारी साधन खरिद गर्दा लाग्ने शुल्कमा छुट दिनुपर्ने माग पनि गरेका छन् । मानेलिउँ, त्यति गरेपछि डाक्टरहरू विदेश पलायन हुँदैनन् या कम हुन्छन् ।

डाक्टरहरूको सुरक्षाको माग अत्यन्त जायज छ भन्नेमा कुनै शंका छैन । उनीहरूको सुरक्षाका लागि सरकार र समुदायले सकेको गर्नैपर्छ । तर डाक्टरहरूको अन्य मागहरूबारे पर्याप्त बहस गर्ने ठाउँ छ । मागै-मागको भारीले थिचिएर घसि्ररहेको सरकारसमक्ष पढेलेखेका र तुलनात्मक रूपमा चेतनशील ठानिने डाक्टरहरूले अत्यावश्यकीय सेवामा बन्द-हडताल गर्न नपाउने कानुन तोड्दै बन्द गर्न हुन्थ्यो कि हुन्थेन, त्यो उनीहरूले बुझ्ने कुरा थियो । तर अफसोच, तिनले बुझेनन् । त्यस्ता डाक्टरहरूलाई तुलनात्मक रूपमा कम शिक्षित र कम चेतनशील यातायात व्यवसायी या राजनीतिक दलका कार्यकर्ताहरूले बन्द-हडताल गर्दा गुनासो गर्न कत्ति पनि नैतिक अधिकार छैन । हडतालकारी डाक्टरहरूले डाक्टर हुनुको नैतिक धरातल पूर्णरूपमा गुमाउँदै गइरहेका छन् । तिनले आफूलाई देशका विवेकहीन अन्य हडतालकारीको तहमा झारेका छन् । त्यस्ता डाक्टरहरूलाई डाक्टर भनेर श्रद्धा गर्न पनि नसकिने अवस्था आइसकेको छ ।

डाक्टरहरूले हडताल गरेको साँझ लागिरहेको थियो, यो देशमा हडतालको प्रचलन यति व्यापक भइसक्दा पनि हडताल गर्नेहरूकै समूहभित्रबाट कहिले कसैले 'ए हडताल त गरियो, हाम्रो पनि त यस्ता-यस्ता नैतिक दायित्व हुन्छ नि' भनेर बोलेको या लेखेको थाहा भएन । त्यसरी बोल्दा या लेख्दा सबै सहधर्मीहरू चिढिन्छन् अनि भोलि आफैंलाई पर्दा सहयोग गर्न कोही पनि नहुन सक्छ भन्ने भयका कारण पनि सबै तैं चुप, मै चुप भएका हुनुपर्छ । त्यसैले लाग्यो, कैयौं डाक्टरहरूलाई गरिब बिरामीका आँसुले पोले पनि उनीहरू मौन बसेका हुनुपर्छ । तर भोलिपल्ट बिहान नागरिक दैनिकमा पत्रकार मित्र गुणराज लुइँटेलद्वारा लिखित 'डा. पाण्डेको प्रेसक्रिप्सन' शीर्षकको एउटा संक्षिप्त समाचारले भने मन नै फुरुंग बनाइदियो । लाग्यो, वास्तविक र सार्वजनिक हित हुने पत्रकारिता भनेको त यो पो हो त । आफू कार्यरत बीबीसी नेपाली सेवा लगायत अधिकांश सञ्चारमाध्यमहरूले हडतालकारीको भनाइ के छ र बिरामीहरूले कति दुःख पाए भनेरमात्र समाचार सम्प्रेषण गरेकोमा लुइँटेलले चाहिँ बिरामी र डाक्टरहरूबीचको तिक्ततालाई कम गर्न के गर्न सकिन्छ होला भनेर एकजना वरिष्ठ र साथै इमानदार र आदर्श डा. चक्रराज पाण्डेका विचारहरू सम्प्रेषण गरेका रहेछन् । सबभन्दा पहिले पाण्डेका केही विचारहरूलाई उद्धृत गरौं ः

-विरामीको मृत्यु भएपछि परिवारका सदस्य रोइरहेको देख्दा समवेदनशील अवस्थालाई ध्यानमा राखेर शुल्क फिर्ता गरिदिन्छु । ...हाम्रा दाजुभाइले घरबाट १० हजार ल्याएर मृत्यु भइसकेका सदस्यका लागि शुल्क तिर्दा मनमा थप चोट पर्न स्वाभाविक हो ।

- विरामीको उपचारको क्रममा पहिलो शल्यक्रिया सफल नभएर दोस्रो गर्नुपर्‍यो भने म पुनः शुल्क लिन्न । -यो अभियानलाई मैले आफ्नै लोभ विरुद्धको लडाइँको संज्ञा दिएको छु ।

-म राति १२ बजे पनि खबर पाउनासाथ अस्पताल पुग्छु ।

-उपचार मानवताका लागि गर्ने हो, मैले उपचार गरेका दस जनामध्ये पाँच जनाले शुल्क तिरेनन् भने पनि म भोकै पर्दिन ।

आफ्ना मागहरू पूरा गराउन सम्पूर्ण पेसाकर्मीहरू आन्दोलनमा उत्रिरहेका बेला एकजना प्रतिष्ठित डाक्टरले सार्वजनिक रूपमा त्यस्ता विचारहरू व्यक्त गरेपछि उनका धेरै सहधर्मीहरूले 'खुब आदर्शवादी भएको' भनेर उनीप्रति व्यंग्य गरे होलान् । तर यो समाजमा डा. पाण्डेजस्ता आदर्श व्यक्तिहरू नभई भएको छैन र यस्ता व्यक्तिहरूलाई हामीजस्ता सञ्चारकर्मीहरूले प्रकाशमा नल्याई भएको छैन । निसन्देह रूपमा डा. पाण्डेका विचारहरूले धेरै अरू डाक्टरहरूलाई, डाक्टर हुनुको आदर्श र जिम्मेवारीबोध गराउन मद्दत पुर्‍याउँछ ।

विभिन्न माग राखेर हडताल गर्न कतिपय डाक्टरहरूले एसएलसी प्रथम श्रेणीमा पास गरेपछि अब के पढ्ने भनेर आफन्तहरूले सोद्धा, 'डाक्टर बनेर गरिब र दुःखीहरूको सेवा गर्ने' भनेका हुनुपर्छ र टेलिभिजनका अन्तर्वार्ताहरूमा पनि हामी धेरैले डाक्टर बन्ने आकांक्षा भएका किशोर-किशोरीहरूले त्यसो भनेका सुनेकै छौं । हरेक पेसाको आ-आफ्नो पेसागत आदर्श हुन्छन् । स्वाभिमानका साथ बाँच्ने र काम गर्ने हो भने पेसागत आदर्शहरूको पालना गर्नैपर्छ । नेपालजस्तो गरिबै-गरिबीले भरिएको देशमा डा. चक्रराज पाण्डेले प्रेस्क्राइब गरेजति न्यूनतम आदर्श पनि अनुशरण गर्ने आँट छैन भने त्यस्ता डाक्टरहरू डाक्टर नै नबनेको वेश । तिनको गरिब नेपालीहरूलाई कुनै काम छैन । ती जहाँ-जहाँ जानपर्छ, गए हुन्छ । हो, खासगरी नयाँ डाक्टरहरूलाई गाह्रो छ, त्यसमा कुनै शंका छैन । तर यो देशमा अधिकांश पेसाकर्मीलाई डाक्टरहरूलाई भन्दा धेरै गाह्रो छ । देश नै दुःखी भएपछि देशभित्रका जनता सबैले दुःख त पाउने नै भए, जसमा हामी सबै पछौर्ं । पत्रकारकै कुरा गर्ने हो भने कैयौं पत्रकारहरू कुटिएका मात्र छैनन्, मारिएकै छन् । उनीहरूको स्थिति डाक्टरहरूको भन्दा धेरै नाजुक छ । के अब उनीहरूले पनि देशभरिका प्रकाशन र प्रसारणहरू बन्द गरिदिने ? हामीजति पढेलेखेका र जानेबुझेकाहरूले पनि बन्दबाहेक माग पूरा गराउने अर्को विकल्पै छैन । बन्द गर्न हाम्रो रहर होइन, बाध्यता हो भन्न थाल्यौं भने स्पष्ट छ, यो देशमा बन्द, हडताल, हिंसा र द्वन्द्वको शृङखला कहिल्यै अन्त्य हुने छैन । बीबीसी नेपाल सेवाका अन्तर्वार्ताकार जितेन्द्र राउतलाई नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह केसीले हडतालको औचित्य दर्शाउने प्रयास गर्दै 'हामी उपचारको सिलसिलामा गइरहेको चिकित्सकको गाडी तोडिन्छ, फोरिन्छ, चिकित्सकलाई कुटपिट गरिन्छ, त्योचाहिँ समवेदशील होइन ?' भनेर प्रतिप्रश्न गरे । उनले औंल्याएका बुँदाहरू समवेदशील होइन भनेर कहाँ कसले भन्यो ? तर त्यस्ता परिस्थितिलाई आधार मान्ने हो भने यो देशमा सबै भनेजसो पेसाका मानिसहरूले वर्षको ३६५ दिन नै देशभर बन्द र हडताल गरिदिए हुन्छ । किनभने यहाँ उनीहरूले डाक्टरहरूको जस्तै या त्योभन्दा नराम्रो नियति भोगेका छन् । के त्यसो गर्न ठीक होला ? चिकित्साजस्तो प्रत्यक्ष रूपमा मानवता र नैतिकतासँग गाँसिएको पेसा अँगालेको एकजना डाक्टरलाई त्यसप्रकारको तर्क गर्न अप्ठेरो लाग्नुपर्ने हो ।

जहाँसम्म डाक्टरहरूको विदेश पलायनको कुरा छ, पाएसम्म सबैले विदेश जानुपर्छ, पढ्नुपर्छ, सिक्नुपर्छ, सकेदेखि अलिकति कमाउनपर्छ । तर नेपालजस्तो देशबाट डाक्टर बनेर डाक्टर हुनाको आदर्शको पालना गर्ने हो भने सकभर नेपाल नै फर्किनुपर्छ । होइन भने बाहिरै बसेर पनि थोरै तर अत्यन्त श्रद्धेय कतिपय नेपाली डाक्टरहरूले जस्तै नेपाललाई विभिन्न ढंगबाट सहयोग पुर्‍याइरहनुपर्छ । चिकित्साजस्तो प्रत्यक्ष रूपमा गरिबको पीडा र आँसुसँग जोडिएको पेसामा प्रवेश गरेर पैसैमात्र कमाउने, सुविधैमात्र खोज्ने आकांक्षा राख्ने हो भने त्यस्ता डाक्टरहरू धनी देशतिरै पलायन भएको वेश । गरिब बिरामीको पीडाले नदुख्ने र आँसुले द्रवित नहुने मुटु छ भने तिनीहरूको नेपाल बसाइ, अस्पतालको चिसो छिँडीमा रात बिताउन बाध्य विपन्न नेपालीहरूप्रतिको व्यंग्यमात्र हुनेछ ।

आफ्ना सारा सहधर्मीहरू हडतालमा उत्रिएका बेला डा. पाण्डेले जे भने त्यसले अरू हडतालकारी समूहरूभित्र रहेका आदर्श र आत्ममूल्यांकनमा विश्वास गर्ने इमानदार नागरिकहरूलाई पनि सरकारसँग केही माग्दा आफ्नो दायित्वचाहिँ पूरा गरिएको छ कि छैन भनेर सार्वजनिक रूपमा प्रश्न गर्न आँट र साहस प्रदान गर्नेछ भन्ने आशा गर्न सकिन्छ । शिक्षकहरूले हडताल गर्दा शिक्षकहरू भित्रैबाट, पत्रकारहरूले विरोध गर्दा पत्रकारहरू भित्रैबाट, कर्मचारीले बन्द गर्दा कर्मचारीहरू भित्रैबाट र त्यसैगरी माओवादी या अन्य जातिगत, क्षेत्रगत समूहहरूबाट हिंसात्मक प्रदर्शनहरू हुँदा, उनीहरू भित्रैबाट आ-आफ्ना दायित्वहरू पनि पूरा गरिएका छन् कि छैनन् भन्ने प्रश्न गरिन थाल्यो भने सम्भवतः मनपरी हुने बन्द-हडतालमा पनि स्वतः कमी आउनेछ । आउने दिनहरूमा हेरौं, डा. पाण्डेको जस्तो आँट भएका पेसाकर्मीहरू कति निस्किँदा रहेछन् ।

अन्त्यमा, यो स्तम्भकारले धेरै राम्रा र आदर्श डाक्टरहरू भेटेको छ या त्यस्ता डाक्टरहरूको बारेमा सुनेको छ । ती सबैको यहाँ चर्चा गर्न सम्भव हुँदैन । तर हामीजस्ता सञ्चारकर्मीहरूको आँखा नपुगेका अझ कति धेरै डाक्टरहरू होलान्, जसले डा. पाण्डेले जस्तै आफ्नै 'लोभ विरुद्धको लडाइँ' लडिरेहका होलान् । ती अनगिन्ती अज्ञात डाक्टरहरूप्रति सबै नेपालीहरू नतमस्तक हुनुपर्छ । आशा गरौं, लोभ विरुद्धको लडाइँ लड्ने त्यस्ता डाक्टरहरूको चेतनाले डाक्टरहरूलाई मात्र होइन, अन्य पेसाकर्मीहरूलाई पनि कठिन घडीहरूमा सार्वजनिक रूपमै आत्ममूल्यांकन गर्न प्रेरित गर्नेछ ।

काठमाडौ, २०६६ पुस २१ कान्तिपुर दैनिक


Comments on this article

Post a Comment

Total comments - 1

Absolutely well depicted sir

Kailash Budhathoki

"नेपालजस्तो गरिबै-गरिबीले भरिएको देशमा डा. चक्रराज पाण्डेले प्रेस्क्राइब गरेजति न्यूनतम आदर्श पनि अनुशरण गर्ने आँट छैन भने त्यस्ता डाक्टरहरू डाक्टर नै नबनेको वेश"


Posted on - 2010-01-05 11:45:07

 

Make comment

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body


Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

पुरानो काममा नयाँ प्रयोग »

this-i-believe-पुरानो काममा नयाँ प्रयोग

पुरानो काममा नयाँ प्रयोग मैले त्यस्तो नयाँ केही गरेको छैन । सबैले गरेकै काम र चिज प्रयोग गरेको हुँ । अरूले भन्दा फरक तरिका अपनाएको मात्र हुँ । नेपालमा इन्टरनेटको प्रवेशसँगै च्याट गरेर रमाइलो गर्ने संस्कृति मौलाउँदै थियो । तर मैलेचाहिँ च्याटको सट्टा इन्टरनेटबाट व्यवसाय गर्ने सोच बनाएँ । आज पनि म नयाँ-नयाँ तरिकाको खोजीमा हुन्छु । हिजोको प्रविधि वा तरिका आज पुरानो भइसकेको हुन्छ । अमेरिकाबाट साढे चार वर्षको अध्ययन पूरा गरेर र्फकेपछि चौधरी ग्रुपमा सेल्समेनको रूपमा काम गरेँ । यहींका कति साथीभाइ भने नेपालमा केही हुँदैन भनेर निराशा पोख्थे । मलाई भने नयाँ तरिकाले...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 2 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.40 75.00
European euro 1 95.38 96.15
UK pound sterling 1 114.78 115.70
Swiss franc 1 73.34 73.93
Australian dollar 1 67.58 68.13
Canadian dollar 1 70.60 71.17
Singapore dollar 1 55.20 55.64
Japanese yen 10 8.82 8.90
Chinese renminbi (Yuan) 1 10.94 11.03
Saudi Arabian riyal1 19.84 20.00
Qatari riyal1 20.44 20.60
Thai baht1 2.39 2.41
UAE Dirham1 20.25 20.42
Malaysian ringgit1 23.83 24.02
South Korean Won 1006.336.38
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.25
Danish Krone 1 12.81
Hong Kong dollar 1 9.57
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 3 Users online [ Visits including robots - 909404 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark