CURRENT ARTICLE


भगवान पनि हाँस्छन् होला !

Rabindra Mishra, Help Nepal Network, HeNN, Johh F. Keneddy, God, Suddha Rouniyar, Nepal, Communism, Maoists, Kantipur Daily
काठमाडौ, २०६६ पुस ८ - हालसालै एकदिन अनपेक्षित रूपमा डा. शुद्ध रौनियारको फोन आयो । उनले झन्डै एक दशक अघिदेखि सञ्चालन गरेको सडक बालबालिकालाई खाना खुवाउने 'बाल भोजन' कार्यक्रमको म ठूलो प्रशंसक भए पनि हाम्रो कुराकानी र भेटघाट कहिले भएको थिएन । घर अगाडिको एउटा दृश्यले उनलाई भित्रभित्रै जलन भइरहेको रहेछ, त्यसैले फोन गर्न नपाई कुनै भलाकुसारीविना उनले भरर्र भन्नथाले, 'हेर्नोस्न रवीन्द्रजी, यो त अति भयो । म यहाँ एउटा पाँचतारे होटेलको छेउमा बस्छु, होटेलमा एउटा धनाढ्य परिवारको घरको विवाह छ । बाहिर बाटोदेखि यसरी द्वारहरू बनाएर सिँगारिएको छ कि कुरा गरेर साध्यै छैन । बाहिर त यस्तो छ भने भित्र कस्तो होला ? पहिले-पहिले राजारानीको स्वागत गर्न पनि यस्तो तडक-भडक गरिएको हुँदैनथ्यो । सयौं नेपाली बालबालिकाहरू तुइनमा झुन्डिएर नदी पार गर्दै स्कुल जान्छन्, सयौं बालबालिकाहरू खान नपाएर मरिराखेका छन्, यस्तो पनि गर्ने हो ? के गरेको यस्तो ? यो देखेर त भगवान पनि हाँस्छन् होला ।'

उनले मनको पीडा पोखिसकेपछि व्यस्तताका कारण संक्षिप्त कुराकानी गरेर हामीले संवाद टुंग्यायौं । मंसिरको महिना, विवाहको याम थियो । विवाह गर्न र विवाहको निम्तो मान्न जानेहरू अधिकांशले तडक-भडक गर्ने समय हो त्यो । अधिकारको कुरा गर्ने हो भने, आ-आफ्नो गक्ष्यअनुसार सकेको तडक-भडक गर्न छुट सबैलाई छ । तर त्यो छुटको प्रयोग कुन हदसम्म गर्न भन्ने आ-आफ्नो विवेकको विषय हो ।

मानिसहरू सबैलाई सन्न्यासी बन भनेर कोही बन्नेवाला छैन । सबैलाई मदर टेरेसाजस्तै त्यागी हुनु महान कुरा हो भनेर पनि कसैले सुन्नेवाला छैन । सबै धनाढ्यहरूलाई वारेन बफेटजस्तो उदार र परोपकारी हुनुपर्छ भन्यो भने तिनले त्यस्तो विचारलाई विदेशी हि्वस्कीको चुस्कीसँगै उडाइदिनेछन् । तर समाजलाई सहृदयी र न्यायसंगत बनाउने हो भने धनको सीमा र त्यसको उपभोगका सम्बन्धमा भने सार्वजनिक रूपमा बारम्बार बहस गर्नुपर्ने भएको छ । धन व्यक्तिगत अधिकारको वस्तुमात्र हुनै सक्दैन ।

अधिकांश स्थितिमा हिँड्नेहरूलाई साइकल, साइकल चढ्नेलाई मोटरसाइकल, मोटरसाइकल चढ्नेलाई मोटर, मोटर चढ्नेलाई अन्य आलिसान बाहनहरू चढ्ने रहर हुन्छ । आवास लगायत जीवनका अन्य आवश्यकताका बारेमा पनि त्यही नियम लागू हुन्छ । त्यो नियमलाई जसले चाँडै नै तोड्नसके, ती सबै महान हुन् । नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा राजनीतिक क्षेत्रमा डा. बाबुराम भट्टटराई र परोपकारी क्षेत्रमा गरिब-गुरुवालाई सस्तो शिक्षा उपलब्ध गराउने उत्तम सञ्जेल, चिन्तामणि योगी या गाउँमा बसेर गाउँकै सेवा गर्ने महावीर पुन त्यसको ज्वलन्त उदाहरण हुन् । नाम सुनिएका र नसुनिएका त्यस्ता अरू धेरै नेपालीहरू छन् । तर हामी अधिकांश त्यो बाटोमा हिँड्न सक्दैनौं । जो त्यो बाटोमा हिँड्न सक्दैनन्, तिनले केचाहिँ बुझ्न जरुरी छ भने एउटा निश्चित विन्दुपछिको आर्थिक उपलब्धिलाई समाजमा नै फिर्ता नगर्ने हो भने दीर्घकालमा त्यो समाजले आफैं या आफ्ना सन्ततिको रक्षा गर्नै सक्दैन । अर्थ आर्जन गर्ने स्वतन्त्रताका लागि यो सबभन्दा ठूलो चुनौती हो । त्यसैले सामान्यबाट आलिसान बाहन चडिसकेपछि र सामान्यबाट शानदार महलमा सरिसकेपछि त्योभन्दा पर कतिसम्मको सम्पत्तिलाई आफ्नै भनेर सम्झने मान्छेले सोच्नैपर्छ, हालै आफ्नो घरछेउको एउटा गरिब सरकारी विद्यालयलाई दुई लाख रुपैयाँ चन्दा दिन आयोजित एउटा सानो समारोहमा वरिष्ठ चिकित्सक एवं नागरिक समाजका एकजना अगुवा डा. सुन्दरमणि दीक्षितले भने, 'जसले जेजति पाएको छ, त्यो यही समाजबाट पाएको हो र आफूलाई चाहिनेभन्दा बढी जेजति छ, त्यसमा यही समाजको हक लाग्छ । गर्धन काटेर कसैले दिन पर्दैन । तर आफूलाई चाहिनेभन्दा बढीबाट दिनचाहिँ पर्‍यो ।' उनको टिप्पणीमा साम्यवादी सोचको झल्को आउँछ । तर त्यो धेरैका दृष्टिमा नकार्न गाह्रो हुने वास्तविकता पनि हो । म बुद्धिमान र मिहेनती हुनाले या मेरा पुर्खाहरू धनी हुनाले मैले बढी पाएको हुँ, त्यसमा कसैले ईस्र्या गर्न मिल्दैन भनेर अनावश्यक धन भण्डारणको औचित्य दर्शाउन कमसेकम मानवताको दृष्टिकोणबाट मिल्दै मिल्दैन ।

अहिले धेरै उद्योगी-व्यापारीहरू आफ्ना उद्योगधन्दा बन्द गर्नुपरेकोमा, माओवादीहरूले जबर्जस्ती चन्दा संकलन गरेकोमा ठूलो गुनासो गर्ने गर्छन् । त्यो सही हो । तर त्यत्तिकै सही के पनि हो भने यो संसारको पचासी प्रतिशत सम्पत्ति सिर्फ दस प्रतिशत धनाढ्यहरूको हातमा केन्द्रित छ र विश्वको पचास प्रतिशत गरिबहरूको हातमा सिर्फ एक प्रतिशत सम्पत्तिमात्र छ । नेपालको सम्पत्ति वितरणका बारे त्यसप्रकारको अध्ययन भएको मलाई थाहा छैन । तर नेपालको परिस्थिति पनि खासै फरक नहोला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

छिमेकी भारतमा 'उदाइरहेको भारत'का बारे खुब चर्चा गरिन्छ । त्यहाँ भारतका सबभन्दा धनाढ्य मुकेश अम्बानीको ७५ अर्ब रुपैयाँको लागतको विश्वमै सबभन्दा महँगो आवास निर्माण हुँदैछ । उनलाई त्यस्तो महल बनाउन राजनीतिक र आर्थिक स्वतन्त्रता छ र त्यो अधिकारबाट उनलाई कसैले वञ्चित गर्न सक्दैन । तर जुन देशमा करोडौं जनता तीव्र गरिबीमा जीवन बिताउँछन् र तथ्यांकका आधारमा भन्दा असी प्रतिशत जनता दिनको ७५ रुपैयाँभन्दा कममा जीवन निर्वाह गर्छन्, त्यो देशमा विश्वकै सबभन्दा महँगो आवासका लागि अर्बौं खर्च गर्नु शोभायमान कुरा हो कि होइन ? त्यस्तो परिस्थितिमा अर्थ उपार्जन र उपभोगको स्वतन्त्रताको सीमालाई मानवीय नैतिकताको डोरीले बाँध्ने कि नबाँध्ने ? सम्भवतः धनीहरूले स्वचेतनाबाट त्यसरी प्रश्न गरिदिने हो भने कुनै पनि समाजमा माओवादीहरू जन्मदै जन्मदैनन् ।

आजभन्दा अढाई सय, तीन सय वर्षअघि हातखुट्टमा हत्कडी र नेल लगाएर अफ्रिकाबाट लाखौं कालाहरूलाई दासका रूपमा काम गर्न बेलायत लैजाने प्रचलनलाई त्यतिबेलाका धनाढ्यहरूले सामान्य र पाच्य मान्थे । तर आज आएर कसैले पनि त्यसको औचित्य दर्शाउन सक्दैन । त्यसैगरी आजभन्दा वर्षौंवर्षपछि, यदि जलवायु परिवर्तनले संसारमा कुनै अनिष्ट ल्याएन अनि मानव समाजचाहिँ बढी चेतनशील बन्दै गयो भने हाम्रा सन्तानहरूले भन्नेछन्, हरेक दिन खान नपाएर मान्छे मरिरहेको देख्दादेख्दै, हाडछाला सुकेर मर्न लागेका बालबालिकाको अनुहारमा भुनभुन झिंगा भन्किरहेको हेर्दाहेर्दै, हाम्रा पुर्खाहरूले सम्पत्तिका भकारीमाथि भकारी थोपर्दै मानवीय संवेदनाहीन जिन्दगी कसरी जिउनसकेका होलान् ?

यो लोकतन्त्र र स्वतन्त्रतामाथिको प्रश्न हुँदै होइन । जसरी कालाहरूलाई हत्कडी र नेल लगाएर दास बनाइएको प्रचलनको कुनै दृष्टिकोणबाट पनि अहिले औचित्य दर्शाउन सकिँदैन, त्यसैगरी वर्तमान विश्वको सम्पत्ति वितरण प्रक्रियाको कुनै पनि हालतमा औचित्य दर्शाउन सकिँदैन । यसको परिणति अन्ततोगत्वा घातक हुने निश्चित छ । हामी विस्तारसँग आफ्नो र आफ्नै छोरानातिको चिहान आफैं खनिरहेका छौं ।

डा. शुद्ध रौनियारले एकजना धनाढ्य परिवारले पाँचतारे होटेलमा निसंकोच आयोजना गरेको आलिसानपूर्ण विवाह समारोहबारे व्यक्त गरेको जलन कुनै ईस्र्या या अप्राप्य समृद्धिप्रतिको आकांक्षाको परिणाम होइन । त्यो वास्तवमै मानवीय चेतनाको उपज हो । रौनियारले भनेझैं तुइनमा झुन्डिएर नदी काट्दै बालबालिकाहरू स्कुल जाने या झाडापखालाले भटाभट मान्छे मर्ने देशमा कुनै पनि धनाढ्यले आफूले कमाएको सम्पत्तिलाई कुन हदसम्म आफ्नैमात्र भनेर सोच्ने ? प्रदूषित, धुलाम्य र खाल्डै-खाल्डोले भरिएको सडकमा पाँचतारे होटेलमा बनाइएका द्वारहरू पार गर्दै विवाहमण्डपमा प्रवेश गर्न दुलहा-दुलहीले त्यहाँ पूरा गर्न सम्पूर्ण धार्मिक विधिहरूको के अर्थ सम्पूर्ण धर्म गुमाएर, धार्मिक अनुष्टानमा सहभागी हुनुको कुनै अर्थ रहँदैन । ती सबैले बुझे हुन्छ, अहिले निर्लज्जतापूर्व देखाएको शानको सराप तिनका छोरानातिकै पुस्तामा एक या अर्को ढंगबाट प्रकट हुनेछ ।

केही दिनअघि भूतपूर्व राजदूत दुर्गेशमान सिंहले एउटा भिन्नै प्रसंगमा टेलिफोन गर्दा, जोन एफ केनेडीको राष्ट्रपतीय उद्घाटन भाषणबाट एउटा मार्मिक र मननयोग्य अनुच्छेद कण्ठै सुनाएका थिए । सो अनुच्छेदको अन्तिम वाक्यलाई यहाँ निष्कर्षका रूपमा उद्धृत गर्न सान्दर्भिक सम्झिएको छुः 'यदि स्वतन्त्र समाजले बहुसंख्यक गरिबहरूको हित गर्न सकेन भने त्यसले अल्पसंख्यक धनीहरूको कहिल्यै बचाउ
गर्न सक्दैन ।'

Kantipur Daily
2066-Poush-8
23rd December 2009


Comments on this article

Post a Comment

Total comments - 2

Well said!!

Amit K Rauniyar, Chicago

Thank you Rabindra ji for writing such a thought provoking article. Thats a fact of life everybody should understand if mankind is to survive. Just because few of us got privildged and were able to earn fortunes doesnot mean others donot deserve it. We the priviledged ones should serve as the means to uplift the society by helping the poor, needy and the underpriviledged ones. The expenditures that we do on a lavish marriage can probably feed hundreds of poor for their lifetime. As you have mentioned, we dont have to help others by compromising our own life but after a certain limit most of us are definitely able to help the needy. Here, we easily spend 100-200 dollars once we go to a bar or restaurant. If we calculate that well, the amount can give education to a child for almost a year. Can't we just compromise one time restaurant visit to educate a child. That will probably quench our thirst more than the whiskeys and beers at the bar. Your writing has further boosted my morale to continue my social work project. Thank you a lot. Hope to read more of your writings.

Amit Rauniyar
Chicago, USA

Posted on - 2010-02-04 02:44:50

 

good thing

hetang

it's good i think it

Posted on - 2009-12-25 04:50:34

 

Make comment

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body


Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

अवसरको सही उपयोग »

this-i-believe-अवसरको सही उपयोग

म अवसरको सही उपयोगमा विश्वास गर्छु । तर अवसरको खोजी नै मेरो जीवनको पहिलो चुनौती थियो । मेरा बाजे/बराजुदेखि बुबासम्म मालिकको घरमा कमैया थिए । हाम्रो आफ्नो भन्ने केही थिएन । बस्ने, खाने सबै मालिककै घरमा हुन्थ्यो । मालिकका छोराछोरीहरू स्कुल जान्थे । मलाई पनि उनीहरूझैं विद्यालय जान मनलाग्थ्यो । तर म दैनिक गोठालो जानुपथ्र्यो । राति अबेरसम्म अनि बिहान चाँडै उठेर कामै गर्नुपर्थ्यो । राम्रो लगाउने, मीठो खाने र खेल्ने रहर पनि हुन्थ्यो नै, तर पाइँदैनथ्यो । हुर्किंदै जाँदा आफ्ना पितापुर्खाको आर्जनसँग दिक्दारी पैदा हुन थाल्यो । म मुक्तिको बाटो खोज्न थालेँ । कोरा परिश्रम...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 13 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 4 Users online [ Visits including robots - 865615 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark