CURRENT ARTICLE


माओवादीले भडकाए रे, गृहमन्त्रीले पड्काए रे

Article about the Firing and vandalisng by Police over the Landless citizens of the country, as said to be followers of MAoists.
माओवादीले भडकाए रे, गृहमन्त्रीले पड्काए रे, प्रहरीले आदेशानुसार राइफलको घोडा छडकाए रे, गोलीले पनि कैयौँको जिन्दगी सड्काए रे ! कैयौँ घाइते छन्, बाँच्ने, अपांग हुने या नबाँच्ने दोधारमा मृृत्युसँग जुध्दै । हजारौँ बच्चा, आमा, महिला र वृद्ध आतंकित छन्, कुनाकाप्चामा लुक्दै, ढ्वाङ र अइया, आगो र आत्थु सम्झिँदै । उता जे भए नि, यता गृहमन्त्री स्यावासी दिनमा व्यस्त छन्, ठोक्यो केटाले ठोक्यो ! भड्काएको दोष खेपेको माओवादी हत्याविरुद्ध बन्दमा व्यस्त छ, छेक्यो केटाले बाटो छेक्यो ! हुँदा हुँदा पूर्वप्रधानमन्त्रीले समेत सरकारलाई स्यावास भने रे ?

सरकार माओवादीमाथि चोरऔँला तेस्र्याउँदै छ, तर बुढीऔँला दबाएर । नदबेको बुढीऔँला आपै“mतिर फर्किन्छ भनेर सरकारलाई थाहा छ, किनभने शान्ति-सुरक्षा ऐनअनुसार पनि त्यहाँ यस्तो हुनुहुन्न्थ्यो । त्यहाँ दंगा भएको थिएन, न त अचानक शान्ति बिथोलिएकै थियो । आक्रमणको सामना गर्न डिफेन्सको पोजिसनमा बसेका सुकुम्बासीकै थलोमा बलप्रयोग गरेर हटाउन शान्ति-सुरक्षाको मूल आधार ः न्यूनतम शक्ति -मिनिमम् युज अफ फोर्स)को सिद्धान्त भए पुग्थ्यो । तर, अधिकतम शक्तिको उपयोगको सिद्धान्त अपनाउन आदेश दिँदा जिल्ला सुरक्षा समितिका विज्ञहरूले किन रोकेनन् ?

मन्त्री या माथिको ठाडो आदेशले अरू जे पनि चल्छ, तर वन कब्जामा बलबाट मात्र हटाउने तरिका चल्दैन, यो प्रशासनका बच्चालाई पनि थाहा छ । यसका लागि वन, भूमिहीन, सुकुम्बासीसम्बन्धी ऐन, कानुन, व्यवस्था प्रचलन, नजिर, उपाय, संयम, वार्ता, छलफल, तथ्यांक संकलन, सम्झौता, प्रमाणीकरणजस्ता धेरै लामा प्रक्रिया लागू गरिन्छ । वन, भूमिसुधार, आयोग, सुकुम्बासी समिति, स्थानीय सर्वदलीय समन्वयबाट प्रशासनले वार्ताबाटै भूमिहीनका लागि वैकल्पिक बाटो खोजेर समाधान गर्ने प्रचलन छँदै छ । यो ठाडै गृह प्रशासनको शान्ति-सुरक्षाभित्र पर्दैन । हुन त अहिले गल्ती भएको था'पाएरै होला, कैलाली सिडिओले 'यो वन ऐनअन्तर्गतको कारबाही भएकाले पीडितलाई क्षतिपूर्तिसमेत नदिने' घोषणा गरे । त्यसकै आधारमा हेर्दा पनि वन ऐनले ठोक्नु र बलपूर्वक हटाउनुअघिका विभिन्न प्रक्रिया तोकेको छ । नियम-कानुन जेको तर्क दिइए पनि गर्नै नहुने तरिका अपनाइएकाले नोक्सानी भई नै सकेको छ । अझै पनि 'ठीक गरेँ र स्यावास' भन्ने मनोवृत्ति देखाउँदा थप विनासकारी दुर्घटना हुन सक्छ, कसैले पीडितपक्षमा उत्तेजना बढाइदियो भने, पीडितका आँसुले रगत तातेर स्वस्फूर्तै पनि मस्टा भगवती उत्पन्न भयो भने ।

सरकारले ठोकुवा गरेभै“m त्यहाँ सुकुम्बासी थिएनन् वा थिए कि ? तर मर्ने, घाइते, छाप्रो ठड्याउने, जमिनको टुक्रा माग्नेहरू नेपालवासी भने अवश्य थिए । त्यहाँ बाढीपीडित पनि थिए, पहिरोपीडित पनि थिए, मालिकपीडित पनि थिए, जातीयपीडित, लैंगिकपीडित तथा वर्गीयपीडित पनि थिए । त्यहाँ काठमाडौंपीडित पनि थिए, सिंहदरबारपीडित पनि थिए, सशस्त्रद्वन्द्वपीडित पनि थिए । सेतापत्थरपीडित अर्थात् नुन खान नपाउने कणर्ालीवासी पनि थिए त्यहाँ । सेता दाना अर्थात् सेता चामल खान नपाउने भोका सुदूरवासी पनि थिए, त्यहाँ । कसै-कसैसँग यस्तै भोकानांगा ठाउँमा सुख्खा पाखा पनि अवश्य थिए होलान्, तर खान पुग्ने भने थियो कि थिएन ? खैर, मान्छेको जात टन्न खाए पनि भोलि त भोको नै भइहाल्छ ।

दस कठ्ठा जमिन दिने भनी माओवादीले भड्काएर ल्याएको आरोप छ । नयाँ कुरा के भयो ? हिजो एमालेले पनि भूमिहीनलाई जग्गा दिने आशा दिएको थिएन र ? कांग्रेसले पनि पञ्चायतकालमा जंगलमा सुकुम्बासी व्यवस्थापन गर्ने मुद्दासहित संघर्ष चलाएको थिएन र ? राजा महेन्द्रले पनि प्रजातन्त्रको अन्त्यपछि भूमिहीनकै रणनीतिले पञ्चायतमा तलको वर्कफोर्स खडा गरेेका होइनन् र ? जनमतपछि नेता भेटवालले जिते भने चितौन राष्ट्रिय निकुन्जबाट सेना हटाएर जन्तालाई रूख काट्न र सुकुटी खान वन खोल्दिने चुनावी नारा लगाएका थिएनन् र ? तसर्थ यही भूमिहीन र सर्वहाराको पक्षमा नारा घन्काएर जनयुद्ध गरेको माओवादीले त उनीहरूको साथ दिन्छ-दिन्छ । माओवादीको रिस ती सुकुम्बासीमाथि फेरिएको हो भने केही भन्नु छैन । तर, माओवादी या अन्य जो-कोहीले भड्काएकै भए पनि ती यी सुकुम्बासी जन्ता पूरैका पूरा माओवादी थिएनन्, कति थिए होलान् सरकार, गृहमन्त्री र एमालेकै पनि ।

धन्न हजार फौजले नै छड्काएन छन्, तर छड्काउन सक्थे, छड्काएको भए नि ? सुकुम्बासी पनि पछि नहटी प्रतिकारमा उत्रेका भए नि ? कति हजार मारिन्थे ? पछि हट्ने आदेश अवश्य पनि थिएन प्रहरीलाई, प्रशस्त गोली थियो । र, गोली पड्केपछि सुरक्षा कर्मचारीको मनस्थिति सशस्त्र द्वन्द्वकालमै फर्किनु स्वाभाविक थियो । म स्वयंले २२ महिना युनिफाइड कमान्डअन्तर्गत आक्रामक रणनीतिमा तालिम गराई नेतृत्व दिएको र काम फत्ते गरेर मात्र र्फकने गरेको अति व्यावसायिक प्रहरी र सशस्त्रको बहादुर फौज थियो, त्यो । म मान्छु, दुवै प्रहरी निकायले हदै संयम गरेर विनासबाट जोगाए । अन्यथा, दुवैतर्फको तयारी विनासकै लागि फिट थियो, बरु संयमित भएकोमा म स्यावास भन्छु । जे हुनु त्यो त भै नै सक्यो, अब अरू रोकम्, बस !

वन अतिक्रमणका घटना सयाँै भइसके, हुने क्रम अझै जारी छ । सक्कली या नक्कली सुकुम्बासीले, स्वस्फूर्त कब्जा गर्ने या राजनीतिक दल र हरेक किसिमका समूहले ऐलानी जग्गाको कब्जा गर्ने चलन कैयौँ दशक पुरानो हो । यस्ता समस्यामा सरकारले कमै बलप्रयोग गर्छ । त्यसैले पनि पञ्चायतका नजिरको अध्ययन पनि लोकतन्त्रका प्रशासकका लागि झन् चाहिने देखियो । गोलीले सुकुम्बासी समस्या सकिने भए अठ्ठाइसाले रमाइलो झोडाको आमहत्यापर्वपछि एक इन्च वन पनि अतिक्रमित हुने थिएन ।
०२१ को भीषण बाढी-पहिरोपीडित बर्मा, आसाम र मेघालयबाट भागेर आएका करिब १२ सय प्रवासी नेपाली र देशकै भूमिहीन तथा भूपूसैनिक राजा महेन्द्रको हुकुमप्रमांगीबाट मोरङको रमाइलो झोडामा ६ सय बिघामा बसोवास गरिरहेका थिए । स्थानीय भूमिपति र प्रशासकले राजा महेन्द्रलाई ती सुकुम्बासी कांग्रेसको मुक्तिसेनाको तयारी गरेको झुटो आरोप सुनाउँदै तिनलाई हटाउने आदेश लिए । र, राजाको मृत्युको २८ दिनपछि देश अन्योलमा परेको मौका छोपी ०२९ फागुन १४ मा सेना र प्रहरीमार्फत जबर्जस्ती हटाउन बलप्रयोग गरियो र करिब तीन सय सुकुम्बासीको मृत्यु भयो । त्यसवेला कांग्रेसले भड्काएको र मृत्युका लागि सरकार होइन, कांग्रेस नै दोषी भनियो, हाल माओवादी दोषी भनिएझैँ । त्यसवेला अञ्चलाधीशमा बलराम प्याकुरेल, सिडिओमा भक्तबहादुर कोइराला र डिएफओमा मन्जरुल हक थिए भने तीर्थबहादुर कोइरालालगायत केही जमिनदार क्रियाशील थिए, जसलाई घटनाको जिम्मेवार मानिएको थियो । कैलालीमा पनि केही भूमिपतिले मन्त्रीलाई भड्काएको खबर छापामा छ । पञ्चायतकालीन झोडाकाण्ड र लोकतन्त्रकालीन डुडेझारीकाण्डको परिदृश्य र सरकारका क्रिया-प्रतिक्रिया उस्तै-उस्तै हुनु संजोग मात्रै हो त ?

डुडेझारी एकदिनको कथा होइन, पुरानो व्यथा होे । त्यहाँ ०२४ र ०२८ मा मन्त्री खड्गबहादुर सिंहले हात्ती र आगजनी गरी सुकुम्बासीलाई हटाएका थिए । तैपनि, मान्छे मर्न नदिन विशेष उपाय अपनाइएको तथ्य पनि लोकतन्त्रनायकले सिक्नुपर्छ ।

डुडेझारीमा यही वर्ष माओवादी नै सरकारमा रहेकै वेला वैशाख र साउनमा पनि सुकुम्बासीले टहरा बनाएका थिए, तर वन प्रशासनले टहरा भत्काएर सम्झाइ-बुझाई पठाएको थियो । हुन त सुदूरका पहाडबाट भोक र रोगका कारण कैलालीमा भास्सिनेहरूको संख्या हरेकसाल हजारौँमा बढिरहेकैले हरसाल हजार हेक्टरभन्दा पनि बढी वन र ऐलानीमा अतिक्रमण बढिरहेको छ । यो अतिक्रमण रोक्ने हो भने कैलालीमा होइन माथि पहाडमा भात, रोजगार, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधिपूर्ण खेती, पर्यटनका पूर्वाधार र बाटा दिनुपर्छ, नत्र जन्ता मर्नुभन्दा बौलाउनु निको भन्दै कैलालीमा भास्सिरहनेछन् । यो पीडा दुःखी अछामकै मन्त्रीमहोदयलाई भन्दा बढी अरू कसलाई थाहा होला र ? वनमा भीड आउने, टहरा बनाउने, वनले टहरा भत्काउने र हटाउने लुकामारी त त्यहाँ भई नै रहन्छ, लाठी देखाएकै भरमा । हुन त गत वर्ष कन्चनपुरको दोधारा-चाँदनीमा भने हवाईफायर र अश्रुग्यास प्रयोग भए पनि सुदूरका अतिक्रमणकारीविरुद्ध हजारको प्रहरी र सशस्त्रको उपयोग अनि गोलीको दुरुपयोग भने भएको थिएन ।
त्यही ठाउँमा र अन्य स्थानमा पनि हेरिराख्नूस् एक महिनाभित्रै फेरि अतिक्रमण हुनेछ, कति ठोक्ने ? ठोकेर पश्चिमको भोक मेटिन्न, हे सरकार, रोग मेटिन्न, शोक मेटिन्न । पश्चिमको रोगलाई बन्दुकको गोली होइन, औषधिको गोली चाहियो । पश्चिमलाई शोकमुक्त गर्न विकासका सुर्जे उदाउने व्यवस्था गरियोस् । धेरै भयो पश्चिममा अस्ताउन मात्रै सुर्जे आउने गरेको । मन्त्रीज्यू, विगतमा मन्त्री नदिएर हेपिएको तपाईंकै प्यारो दुःखी पश्चिमलाई, जनयुद्धको प्रारम्भ-विकास-विनास भोगेको तपाईंकै कणर्ाली-सेती-कालीलाई, लात खाई बाँचेको तपाईंकै पश्चिमलाई लात होइन, दिनको एकछाक मात्रै भए नि भात चाहिएको छ, गोली होइन झोली चाहिएको छ, आधा खाली नै भए पनि । म बाहिरियाले भनिरहनुपर्ला र ?
याद रहोस्, भोको पेटलाई चेतना हुन्न, नांगो आङलाई लज्जा हुन्न, बलात्कृत अस्मितासँग विवेक हुन्न । पश्चिम असाध्य भोको छ, हदैसम्मको नांगो छ । नेपालेहरूबाट मात्र होइन, स्वयं पश्चिमेहरूबाटै उज्यालोमै सार्वजनिक रूपमै हरपल हरघडी बलात्कृत छ, यो पश्चिम । अनि यिनलाई भड्काउन माओवादी किन चाहियो ? सलाई हुन् यिनी, नबलेसम्म बट्टामा सुरक्षित रूपले बन्द राख्न सकिन्छ । तर, कुनै पनि दिन भोको पेटको गर्मीले एक-आपसमा माडिएरै झ्वार्र बल्न पनि सक्छन् यी सलाईका काँटी । नेपाली सभ्यताको थलो यो पश्चिम बल्यो भने के हुन्छ ? अलिकति अग्निशिखाको संकेत त जनयुद्धको झल्िकाबाटै, किलोसेराबाटै दिई नै सक्यो पश्चिमले ।

तसर्थ भड्काउनेहरूले पनि, पड्काउनेहरूले पनि पश्चिमलाई हालझैँ एकमुठ्ठी कनिका छर्देजस्तो छरिरहे भने, भूमिहीन र विस्थापितमाथि गोली ठोकिरहे भने, पश्चिमे घडी यसरी नै सुल्टै घुमिरहला भन्ने भ्रम अरूले नपालून्, अब । कुनै पनि वेला यो घडी उल्टो घुम्न थाल्नेछ र घडी-बम हुन सक्नेछ, समय पड्केको त बम पड्केकोभन्दा पनि भयानक हुन्छ है !, बुझयिोस् । र, सत्य यही हो, बन्धुबान्धवहरू । र, चेत रहोस्, यो पश्चिम भूमिहीनको देश हो र भएका भूमिका हकमा पनि अन्नहीन भूमि भएको विचरा देश हो !

Source: Nayapatrika Daily 2009-12-13


Comments on this article

No comments has been made yet

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Author Information

Rajendra Thapa
Rajendra Thapa

Article Stats


Article Reads2879
Article Rating 5

More Articles from same author


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

अवसरको सही उपयोग »

this-i-believe-अवसरको सही उपयोग

म अवसरको सही उपयोगमा विश्वास गर्छु । तर अवसरको खोजी नै मेरो जीवनको पहिलो चुनौती थियो । मेरा बाजे/बराजुदेखि बुबासम्म मालिकको घरमा कमैया थिए । हाम्रो आफ्नो भन्ने केही थिएन । बस्ने, खाने सबै मालिककै घरमा हुन्थ्यो । मालिकका छोराछोरीहरू स्कुल जान्थे । मलाई पनि उनीहरूझैं विद्यालय जान मनलाग्थ्यो । तर म दैनिक गोठालो जानुपथ्र्यो । राति अबेरसम्म अनि बिहान चाँडै उठेर कामै गर्नुपर्थ्यो । राम्रो लगाउने, मीठो खाने र खेल्ने रहर पनि हुन्थ्यो नै, तर पाइँदैनथ्यो । हुर्किंदै जाँदा आफ्ना पितापुर्खाको आर्जनसँग दिक्दारी पैदा हुन थाल्यो । म मुक्तिको बाटो खोज्न थालेँ । कोरा परिश्रम...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 14 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 5 Users online [ Visits including robots - 865616 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark