CURRENT ARTICLE
सिउँडी: मितव्ययी सुजाता
विश्वमा अनेकन ठूलठूला होटल विद्यमान छन्, जहाँ द रोयल पेन्थहाउस सुइटदेखि लिएर भिल्ला कोपोलासम्मका महङ्गा कोठा उपलब्ध हुन्छन् । उदाहरणका लागि, जेनेभाको 'प्रेसिडेन्ट विल्सन होटल'मा एक रातको पैंसठ्ठी हजार युएस डलर पर्छ भने 'होटल कालाडी भोल्प' पोर्टाेसर्भोमा पैंतालीस हजार युएस डलर । र न्युयोर्कको 'फोर सिजन्स होटल'मा रातको पैंतीस हजार युएस डलरको कोठा पाइन्छ भने रोमको 'वेस्टिन एक्सेल्सियर होटल'मा एकतीस हजार रातभरिमा हुनजान्छ ।
यस्तै टोक्योको 'रिट्ज कार्लटन होटल'मा एकरातको पच्चीस हजार युएस डलरको बिल आउँछ भने 'द एटलान्टिस होटल' बाहामाजमा बाइस हजार युएस डलर । अनि पेरिसको 'पार्क ह्यात मेन्डोम होटल'मा रातको बीस हजार युएस डलर तिर्नुपर्छ भने 'बुर्ज अल अस्व होटल' दुबईमा उन्नाइस हजार सात सय युएस डलर । यही प्रकारले जेनेभाको 'ले रिचमन्ड होटल'मा एकरातमा अठार हजार नौ सय युएस डलर तिर्नुपर्छ भने 'द रिट्ज कार्लटन होटल' मस्कोमा सोह्र हजार पाँच सय युएस डलर । मलाई त यो फेहरिस्त हेरेर अचम्मै लाग्छ, यी कस्ता होटल हुन् हँ ?
मैले गल्फकोर्स, हर्सराइडिङ, जिम, बार, डान्सिङ रूम, स्विमिङ पुल, क्यासिनो आदि लक्जरीयुक्त होटलबारे थोरबहुत सुनेको थिएँ । आफूलाई उपभोगको स्तरसम्म भने पुर्याउनसकेको छैन । आफ्नो स्तरको कुरा हो । के गर्ने ? जे होस्, त्यहाँ मसाज, फेसियल, सौनावाथ, जकुजीजस्ता 'स्पा'को परम सुविधा पनि हुने गर्छ रे । यत्ति हो । योभन्दा बढी मेरो होटलसम्बन्धी जानकारी छैन । कुन्नि, माथि उल्लिखित हजारौं-हजार युएस डलर पर्ने होटलमा कस्तो राजषी सुखसयल हुने गर्छ । मेरो कल्पना पनि त्यहाँसम्म पुग्न असमर्थ छ । म कुनै अरबी सेख अथवा सम्पन्न कर्पोरेट जगतको मालिक अथवा ड्रग माफिया डन अथवा भ्रष्टतम शासक होइन । कृपया, मलाई क्षमा गर्नाेस् ।
यस हिसाबले उपप्रधानमन्त्री सुजाता कोइरालाले होटलमा विलासिताको प्रदर्शन गरेर त्यस्तो के खर्च गरिन् र ? दिन -अथवा रात) को चौध सय युएस डलर नै त हो । यसको जम्माजम्मी एक लाख पाँच हजार रुपैयाँ हुन्छ । तपाईं अंक मिलान गरेर हेर्न सक्नुहुन्छ । के बेसी भयो ? एकरातमा पचासौं लाखसम्म पर्ने भिल्ला कापोला, बि्रज सुइट, स्काइभिल्ला, द रोयल सुइट, दल पेन्थहाउस सुइट, द इम्पिरियल सुइट, द रिट्ज कार्लटन सुइट, द रोयल पेन्थहाउस सुइट, वार्नर पेन्थहाउस सुइट, द रोयल आर्मलेडर सुइट, द प्रेसिडेन्सियल सुइट जस्ताको तुलनामा यो केही पनि होइन ।
सुजाता कोइरालाले होटलमा धेरै नै कम व्यय गरेकी छिन् । मेरो विचारमा उनी मितव्ययी हुन् । मितव्ययी सुजाता कोइराला । त्यसकारण होटलमा बेसी खर्च गरिन् भन्ने मिथ्या आरोपबाट विचरा सुजाता कोइरालालाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्छ भन्ने मेरो सविनय निवेदन हो ।
Comments on this article
Total comments - 1
It's Great
Dai Namaskar!
Ma Sakaesamma Hajurko article nachhutai padhchhu, kinaki malai ramro lagchha.
Saptahik bata baru haptama 2 wa badhi padhna paye gajab hunthyo.
Arko kura, Hajur ko web page chha ki chhaina! Kripaya navane banauna, ra vayema web page add, dinuhuna anurodh 6. Jasma hajur ko Kabita padhna paiyos.
Posted on - 2010-03-02 02:24:35
Make comment
Recent Tweets |
Author Information
Bimal Nibha
Article Stats
| Article Reads | 1469 |
| Article Rating |
5
|
| Total Votes | 5 |
| Voting feature will be available soon | |
More Articles from same author
No more articles from the user
Mero Jindagi Mero Biswas (This I believe)
जीवनको ऊर्जा स्रोत »
विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर 'हुन सक्दैन' अथवा 'गर्न सक्दिन' भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो । मेरो साङ्गीतिक जीवन यस्तै सकारात्मक विचारबाट प्रेरित भएको छ । त्यसबेला न सङ्गीतका गुरुहरू थिए, न सङ्गीत स्कुल, नत सङ्गीतका पाठयपुस्तक नै । त्यसमाथि धेरैका घरमा जस्तै मेरो घरमा पनि सङ्गीत प्रतिबन्धित...
Jun 23 2009 / 634 reads / Read Full Story »Cartoon Corner
Corruption »
घुस खाँदाखाँदै पक्राउ पर्या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ? 21 Poush 2066 / Abin (Kantipur)
Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 72.40 | 73.00 |
| European euro | 1 | 99.17 | 100.00 |
| UK pound sterling | 1 | 108.99 | 109.89 |
| Swiss franc | 1 | 67.86 | 68.42 |
| Australian dollar | 1 | 66.37 | 66.92 |
| Canadian dollar | 1 | 70.78 | 71.36 |
| Singapore dollar | 1 | 51.85 | 52.28 |
| Japanese yen | 10 | 7.99 | 8.05 |
| Chinese renminbi (Yuan) | 1 | 10.61 | 10.69 |
| Saudi Arabian riyal | 1 | 19.30 | 19.46 |
| Qatari riyal | 1 | 19.90 | 20.06 |
| Thai baht | 1 | 2.22 | 2.24 |
| UAE Dirham | 1 | 19.71 | 19.88 |
| Malaysian ringgit | 1 | 21.87 | 22.05 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 13.33 | |
| Hong Kong dollar | 1 | 9.33 | |

28th Falgun 2066
