CURRENT ARTICLE
राष्ट्रिय झन्डा नचलाऊ [कान्तिपुर सम्पादकीय]
माओवादीलगायतका दलले हालको झन्डा राजतन्त्रको मान्यतामा निर्माण भएकाले फेर्नुपर्ने दाबी गरेका हुन् । चन्द्रवंशी र सूर्यवंशी राजाहरूको अवधारणामा बनेको थप दाबी गर्दै उनीहरूले समानुपातिक र समावेशीको झल्को दिने नयाँ राष्ट्रिय झन्डा निर्माण गर्नुपर्ने प्रस्ताव ल्याएका छन् । कांग्रेस-एमालेलगायतका दलले भने यसको प्रतिवाद गर्दै चन्द्र-सूर्यको अर्थ राजतन्त्रको प्रतीक नभएको बरु यसको अर्थ अटल भएको तर्क गरेका छन् । नेपाली झन्डा विश्वका अन्य मुलुकका झन्डाको तुलनामा फरक खालको पहिचान बोकेको हुनाले फेर्न आवश्यक नभएको तर्क यी दलले गरेका छन् ।
विवाद र बहस लोकतान्त्रिक परिपाटीको विशेषता हो । यस्तो पद्धतिमा जुनकुनै विषयमा बहस हुनसक्छ । तसर्थ माओवादीलगायतका दलको झन्डा फेर्ने प्रस्तावलाई अत्यन्तै नकारात्मक रूपमा लिइहाल्नुपर्छ भन्ने छैन । तर आफ्नो पहिचान र गौरवसँग जोडिएको राष्ट्रिय प्रतीकलाई सस्तो विवादको विषय बनाउनु कुनै सर्तमा विवेकसम्मत हुनसक्दैन । यसकारण आफ्नो मुलुक र सार्वभौमसत्तासँग गाँसिएको झन्डालाई विवादमा तान्ने उक्त प्रस्ताव आपत्तिजनक, अनावश्यक र अनुपयुक्त छ । झन्डा मुलुकको शिर हो, प्रतिष्ठा हो । यसलाई विवादको विषय बनाउनुलाई सकारात्मक मान्न सकिँदैन ।
इतिहासविद्हरूले नेपाली झन्डाको आ-आफ्नै ढंगले व्याख्या गरेका छन् । केही अघिसम्म राजतन्त्रात्मक मुलकका रूपमा रहेको नेपालको झन्डालाई कसै कसैले त्यससँग जोडेर अथ्र्याएका छन् । तर विश्वका अन्य देशहरूको भन्दा विशिष्ट आकार भएको नेपाली झन्डा राजा-महाराजाहरूको नभएर नेपाली जनताको प्रतीक हो । यो नेपाली पहिचान र गौरवको प्रतीक हो । दुईवटा त्रिकोण आकारभित्र चन्द्र-सूर्यअंकित यो झन्डाको किनारमा नीलो रंगको घेरा छ । उक्त नीलो रंग शान्तिको प्रतीक हो भने दुईवटा त्रिकोणको अर्थ अटल हिमालहरू हुन् । कसै-कसैले यी दुईवटा त्रिकोणलाई हिन्दु धर्म र बुद्ध धर्म भनेर अथ्र्याएका छन् । त्यस्तै यसलाई नेपाली पेगोडा शैलीसँग पनि दाँजिएको पाइन्छ । झन्डामा भएको रातो रंगको अर्थ नेपाली वीरताको गाथा हो भने रातो नेपाली राष्ट्रिय रंग पनि हो । यस्तो विशिष्ट अर्थ भएको झन्डालाई त्यसकारण अवमूल्यन हुनेगरी विवादित बनाइनु न्यायसंगत होइन ।
२ सय ३८ वर्षे इतिहास बोकेको राजतन्त्रको समाप्तिसँगै मुलुक गणतन्त्रात्मक शासन पद्धतिसहितको नयाँ नेपाल निर्माणको ऐतिहासिक अभियानमा छ । यसक्रममा राजतन्त्र र निरंकुशताका अवशेषलाई निश्चित रूपमा फेर्दै अघि बढ्नुपर्छ । राष्ट्रियगानमा राजतन्त्रको अनावश्यक बखान थियो । सबैले महसुस गरेपछि सम्पूर्ण नेपालीको भावना बोकेको नयाँ राष्ट्रियगान लेखियो । सरकारको चिह्नमा राजतन्त्र झल्किन्थ्यो । त्यसमा परिवर्तन भइसकेको छ । तर राष्ट्रिय झन्डा नेपाली जनताको गौरवगाथाको परिचायक हो । संसारको कुनै पनि कुनामा यो फहराउँदा मिल्काइएको राजतन्त्र फहराएको कसैले ठान्दैन, नेपाल फहराएको अनुभूति हुन्छ । तसर्थ, माओवादीलगायतका प्रस्ताव राख्ने दलहरूले यसलाई सोच त्याग्दै आफ्नो गौरवलाई विवादित बनाउनुहुँदैन । राष्ट्रिय झन्डा विवादमुक्त हुनुपर्छ । यो दलीय आग्रहभन्दा सधै माथि हुन्छ, राख्नुपर्छ ।
आश्विन २/२०६६
सम्पादकीय
कान्तिपुर दैनिक
Comments on this article
Total comments - 2
No Flag change
no change flage pls change your mind your character your activity name change flage change no develop change education change character
Posted on - 2009-11-17 09:39:50
Untitled
**** MOist tero **** ko *** jhanda(FLAG) k ko change garchas **** Desh ko halat lai change gar *** jasto ***,yo news sunera mero dimag kharab vhayo.
---
REPLY: This comment was censored before accepting for approval at the website.
Posted on - 2009-10-15 12:47:44
Make comment
Recent Tweets |
Author Information
Kantipur Daily
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
पञ्चतत्त्वको शुद्धतामा विश्वास गर्छु »
म विश्वास गर्छर्ुुपञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशको शुद्धता नै जीवन र जगतको शुद्धताको आधार हो । मानव जीवनको स्वस्थताका लागि यी पञ्चतत्त्वहरू रासायनिक, जैविक र आणविक आदि सबै प्रकारका विषादीहरूबाट मुक्त हुनर्ुपर्छ । यो कुरा सबै सरोकारवालाको सकारात्मक "सिनर्जी"बाट सम्भव हुन्छ । अंग्रेजीको "सिनर्जी" शब्दको ठयाक्कै मिल्ने नेपाली शब्द छैन, त्यसको भावचाहि“ अंगहरूको शक्ति तिनको जोडभन्दा बढी हुन्छ भन्ने हो । सामान्यतया एकमा एक जोड्दा दर्ुइ हुन्छ, तर व्यक्ति, संस्था वा कुनै पनि इकाइहरूको "सिनर्जी" भयो भने एकमा एक जोड्दा एघार हुन्छ, दर्ुइ होइन । यस आधारमा...
Dec 25 2008 / 754 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

