CURRENT ARTICLE
यही झन्डा 'राम्रो'
'नेपालको झन्डा अन्य मुलुकको जस्तो कुनै व्यक्ति वा समूहले बनाएको होइन,' नेपालको झन्डाका विषयमै अनुसन्धान गरेका प्रा डा दयाराम श्रेष्ठ 'सम्भव'ले कान्तिपुरसँग भने, 'यसले इतिहासदेखि नै सांस्कृतिक र धार्मिक महत्त्व बोकेको छ ।'
माओवादी अध्यक्ष पुष्पकमल दाहालले झन्डाको विषय छलफलका लागि मात्र ल्याएको बताएका छन् । 'राष्ट्रिय झन्डा फेर्ने विषय छलफलमा मात्र ल्याइएको हो,' उनले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने ।
प्राध्यापक श्रेष्ठले विश्वका अन्य धेरै मुलुक उपनिवेश र पराधीन रहेका कारण परिवर्तनपछि उनीहरूले झन्डा फेरेको सन्दर्भ उल्लेख गर्दै भने, 'नेपाल सधै स्वतन्त्र रहँदै आएको छ, त्यसैले झन्डा बदल्नु आवश्यक छैन ।'
संविधानसभा संवैधानिक समितिअन्तर्गत गठित उपसमितिको बुधबारको बैठकमा माओवादी, राष्ट्रिय जनमोर्चा र दलित जनजाति पार्टीका सभासदले राष्ट्रिय झन्डा फेर्नुपर्ने प्रस्ताव राखेका थिए । उनीहरूले हालको चन्द्र/सूर्य अंकित झन्डा राजतन्त्रकै मान्यतामा निर्माण भएको धारणा राखेका छन् । कांग्रेस, एमाले, नेमकिपालगायत दल भने हालकै झन्डा राख्नुपर्ने अडानमा छन् ।
माओवादीले चन्द्रवंशी र सूर्यवंशी राजाहरूको अवधारणामा अहिलेको झन्डा बनेको उल्लेख गर्दै यसले राजतन्त्रको झल्को दिने धारणा राखेको छ । संस्कृतिविद सत्यमोहन जोशी पनि झन्डा परिवर्तनको बहस सान्दर्भिक नहुने बताउँछन् । 'यो राजतन्त्रको प्रतीक होइन,' उनले भने, 'त्रिकोणात्मक झन्डाले विश्वमा नेपालको छुट्टै अस्तित्व राखेको छ ।' उनले लिच्छवि कालदेखि मठमन्दिरमा पित्तलको त्रिकोणात्मक झन्डा राख्ने गरिएको उल्लेख गर्दै त्यसैको आधारमा मुलुकको झन्डा बनेको बताए । 'झन्डामा रहेको चन्द्र/सूर्य सबैको साझा हो,' उनले भने, 'यसले कुनै तन्त्रको प्रतिनिधित्व गर्दैन ।' एमाले सभासद अग्नि खरेलले विश्वका अन्य मुलुककोभन्दा फरक खालको झन्डाको रूपमा पहिचान बनाएकाले फेर्न जरुरी नरहेको बताए । 'सूर्य र चन्द्रले नेपाल अटल छ भनेर परिभाषित गरेका छन्,' उनले भने, 'झन्डा फेरेरमात्रै नयाँ नेपाल बन्दैन ।'
नागरिक समाजका अगुवा कृष्ण पहाडीले शान्ति प्रक्रिया र संविधानका मूल विषय छोडेर दल र सभासदहरू झन्डाको निरर्थक बहसमा लागेकामा आपत्ति जनाए । 'राजनीतिक दलहरूले आफ्नो चरित्रचाहिँ फेर्नुपर्यो,' उनले भने, 'पुराना विकृति नफेर्ने हो भने झन्डाको नाम फेरेर केही हुँदैन ।'
साभार -
कान्तिपुर सम्वाददाता
कान्तिपुर दैनिक २०६६/०६/०२ शुक्रबार
Comments on this article
Total comments - 1
VERY BAD
This is very bad that the parties having the culture of irresponsibility raising issue about the National Flag.
And those who are supporting not to change are also saying that the flag being bi-triangular should not be changed.
Neither of the parties are doing good here.
Its my country flag. You guys have no right to change. Flag is an identity not just being unique. Its an emblem of a sovereign nation.
Nepal has not been a province, or being ruled by any other nation. Since, its existence, its an independent nation.
These days we are facing a threat on this. You MOTHER-FUCKERS do not have eye on the national sovereignty. You need to change the flag.
Keep away from my flag.
Posted on - 2009-09-18 09:27:45
Make comment
Recent Tweets |
Author Information
Kantipur Daily
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
म माटोको महानतामा विश्वास गर्छु »
म माटोको त्यो अद्भुत क्षमतामा विश्वास गर्छु, किनभने माटोले मानिसका हर आवश्यकता पूरा गर्नसक्ने सामथ्र्य राख्छ । हाम्रो परिवार कृषिमा आश्रित थियो । मैले चार पाउ चलाउन थालेदेखि नै माटोसँग खेल्न थालेँ । तर त्यतिबेला म माटोको दास थिएँ । मनमनै प्रार्थना गर्थें- "ए बाबा दिनको सोह्र घन्टा सेवा गरेकै छु, कम्तीमा पनि अघाउँजी खान त देऊ" त्यही माटोले त्यति नै काम गर्दा कसैलाई भातैभात त कसैलाई ढिँडैढिँडो किन दिन्छ भन्ने प्रश्न मेरो मनमा सधैं खेलिरहन्थ्यो । मलाई माटो रहस्यमय र चलाइनसक्नुको कुराजस्तै लाग्थ्यो । स्कुल जानथालेपछि माटोको त्यो रहस्य खुल्छ कि जस्तो लाग्न थाल्यो...
Dec 31 2008 / 731 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

