CURRENT ARTICLE
सुजातालाई मन्त्रीबाट हटाउ [नागरिक सम्पादकीय]
सुजाता कोइराको यो व्यवहार नेपाली कूटनीतिक इतिहासमा राष्ट्रिय लज्जाका रुपमा चित्रित हुनेछ । उनको यस व्यवहारको दोष नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई समेत जान्छ । उनले महाभारतका धृतराष्ट्रलेझैं पुत्रीमोहले वशीभूत भई सुजाताको महत्वाकांक्षालाई पोषित गर्दै आएका छन् । प्रधानमन्त्री नेपालको भ्रमणको तयारीका निम्ति भारत गएका बेला त्यहाँका नेताहरुलाई आफू छिट्टै उपप्रधानमन्त्री बन्ने सन्देश दिएर फर्केकी थिइन् । आफ्नो यही महत्वकांक्षा तुष्टिका निम्ति भ्रमण अगावै उपप्रधानमन्त्री बन्न चाहेकी थिइन् । कोइरालाले आफ्नी छोरीलाई उपप्रधानमन्त्री बनाउन नेपाललाई सोमबार नै दवाव दिएका थिए । नेपालले यसलाई नमानेपछि सुजाताले भ्रमणलाई कमजोर तुल्याउने गरी बिरामी भएको बहाना बनाएकी हुन् ।
सुजाता कोइराला अस्वस्थतालाई बहाना बनाएर प्रधानमन्त्रीको भ्रमणलाई 'सेबोट्याज' गर्ने गरी प्रस्तुत भइन् । यथार्थमा यो उनको बिरामीले भन्दा पद प्राप्तिको मनोकांक्षा पूरा नभएका कारणले सिर्जित समस्या हो । नेपाली राजनीतिमा यसले एउटा खराब मान्यतालाई समेत स्थापित गरेको छ । आफ्नो आन्तरिक राजनीति र अहंको तुष्टिका निम्ति वैदेशिक सम्बन्ध र मामलालाई समेत छ्यासमिस पार्ने फोहोरी खेलका रुपमा यसलाई लिनुपर्ने हुन्छ । गिरिजाप्रसाद कोइरालाई एकाधिकारवादी नेताका रुपमा स्थापित भएका छन् । उनले निर्वाचनमा पराजित आफ्नी छोरीलाई पार्टीका तर्फबाट नेतृत्व गर्ने हैसियतमा पठाए । यसले पार्टीका अन्य नेताहरुको मानमर्दनमात्र गरेनन् आफ्नी छोरीलाई स्थापित गराउनका निम्ति जेसुकै गर्न तत्पर रहेको सन्देश समेत प्रवाहित गरे । यसले सुजाताभन्दा धेरै योगदान भएका र योग्य नेताहरुलाई पछि पार् यो । साथै माधव नेपाल सरकारलाई कमजोर समेत तुल्यायो । सुजाताको महत्वांक्षा बढाएर पिता कोइरालाले अहिलेको जटिल राजनीतिक अवस्था र सत्तारुढ दलहरुबीचको कमजोर गठबन्धनलाई अरु अप्ठेरो पार्ने कामसमेत गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो भ्रमण दलमा समावेश गरेको मन्त्रीबाट अन्तिम घडीमा भएको यो अनुशासनहीन क्रियाकलापका निम्ति कारवाही गर्नुपर्छ । सरकार बलियो रहेको सन्देश दिनैका लागि पनि नेपालले तत्काल सुजातालाई परराष्ट्र मन्त्रीबाट हटाउनुपर्छ । यसबाट सरकार ढल्छ कि भन्ने चिन्ता गर्नु आवश्यक छैन । मुलुककै प्रतिष्ठा गिराउने र मित्र मुलुकसँगको सम्बन्धलाई बिगार्ने गरी भएको यस्तो व्यवहारको भत्स्रना हुनैपर्छ ।
नागरिक सम्पादकीय २००९-अगस्ट १९ बुधवार
Comments on this article
Recent Tweets |
Author Information
Nagariknews.com
More Articles from same author
No more articles from the user
Mero Jindagi Mero Biswas (This I believe)
प्रतिबद्धता, निरन्तरता र सफलता - मेरो जिन्दगी, मेरो विश्वास »
म ०५८ सालमा गंगालाल हृदयरोग केन्द्रमा निर्देशकको रूपमा प्रवेश गरेँ । यो ठाउँमा पहिले छालाजुत्ता कारखाना थियो । म आउँदासम्म पनि यहाँ छाला कारखानाको अवशेष र गन्ध बिलाइसकेको थिएन । अस्पताललाई राम्रो बनाउन धेरै कुरा गर्नु आवश्यक थियो । त्यही बेला मैले अठोट गरेँ: "यो अस्पताल अरूभन्दा भिन्न बनाउँछु । त्यसनिम्ति म आफ्नो काममा रमाउँछु र सधैं कटिबद्ध भएर लागिरहन्छु ।" आफ्नो पेसासँग रमाउनसके पेसाप्रतिको रुचि, लगाव, मिहेनत बढ्छ । पेसाप्रति उत्कट चाहना पलाउँछ । उत्कट चाहनासहित गरेको कामको परिणाम अतुलनीय पनि हुन्छ । म यो पेसामा साँच्चै रमाएको छु । ममा यस्तो विचार र...
Mar 17 2009 / 881 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

