CURRENT ARTICLE
विचार संर्घषमा विचारहीन शब्दहरू
हाम्रो नेपाली मुक्ति मोर्चामा कैद जनताहरूको कुनै लेखाजोखा छैन, अपाङ्ग, अशक्त, उत्पीडित, पिछडिएका, निमुखा, सर्वहारा वर्गको लागि निमित्त बनेका किताबी बाहेक व्यवहारिक कुनै नीति छैन। नेपाली मुक्ति मोर्चाको नाममा राजनीति भएका छन्। नेपाली मुक्तिमोर्चामा यस्तो ध्रुविकरण भएको छ जसले अनचाह रूपमा धेरै चिरा पारेको छ। क्रमशः माओवादी, कांग्रेस, एमाले, फोरम आदि आदि यसैका उपज हुन्। सबै नेपाली मुक्ति मोर्चाको लडाईमा छन्। उद्देश्य एउटै, बाटो एउटै तर पनि व्यवहार किन फरक छ? हामी हाम्रै लागी लड्दै छौँ भने हाम्रो आवश्यकता संघर्ष होइन, प्रयाश हो। तर सयुंक्त भने निश्चित रूपमा हुनु जरूरी छ। सबै एउटै प्रयोजनको लागि संर्घषरत भएको हउवा फिजाउँन व्यस्त छन्। तर थाहा छैन यिनका कदमहरू कतातिर मोडिदैँछन् र कुन गन्तव्यको लागि अभिप्रेरित छन् !
हो ममा विचार बाँकी रहेको छैन !र त्यसैले नै विचार विहिन शब्दहरू संगठीत गर्दै खाली एउटा खेस्रा तयार गर्न लागेको छु। मेरा विचारहरू त्यही कतै अल्झिएका छन् जहाँ जहाँ चिरा परेको छ, जहाँ जहाँ ध्रुविकरण भएको छ, जहाँ जहाँ विरोध र असहमतिका गहिरा खाल्डाहरू जन्मिएका छन्। संयुक्त मुक्ति मोर्चाबाट उछिटिएका चोइटाहरुले विचारको पथबाट विचलित भइसकेको यो समयमा मेरो र मेरो जस्ता लाखौँ नागरिकहरूको विचारमा विष्मय चिन्ह लागेको छ। साच्चै शिथिल भएका छन् हाम्रा विचारहरू ! तर कदापि पनि कमजोर भने भएका छैनन्। चोइटाहरूबाट प्राप्त शिथिलताहरू क्रमशः शक्तिको रूपमा परिवर्तित हुन भला समय लाग्ला तर निश्चित यो छ कि - नागरिकका हातहरू पुनः मुठ्ठी बनेर सघंर्ष गर्न पछि पर्ने छैन। सायद अबको संर्घष यी चोइटाहरू विरूद्ध पनि हुन सक्छ।
हो! हामी चाहदैँनौ अनिश्चितताको बन्दी बन्न। पिछडिएको वर्ग, गरिब, असाहय, निमुखा, उत्पीडित, अशिक्षित, दलित, र रोग, भोक, शोकले आक्रान्त नागरिकको भीडमा आफ्नो नाम दर्ता गराउन। हाम्रो निष्ठा र अभिमान अझै बाँकी नै छ। यो देश प्रतिको , भूपीका ती श्लोकहरू "हुदैँन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपूत मरेर नगए", अझै बिर्सेका छैनौँ । न त बिर्सेका छौँ ती महान नेपाली आमाका सपूतहरू जसले त्याग, समर्पण, बलिदान, अभिमान र आर्दशका गारवशाली इतिहास लेख्न पछि हटेनन्।
हो ! हामी खिन्न छौँ। नागरिक सर्वोच्चताको खिल्ली उडेकोमा। नातावाद, कृपावादहरू समाजवाद, साम्यवाद, प्रजातन्त्रीकरणमाथि हावी हुने क्रम क्रमशः बढ्दै गएकोमा ! कुनै काण्ड र घटना सम्झीरहनु सायद जरूरी नहोला ! यद्यपी यस अवधिमा कयौँ त्यस्ता कोटपर्व, भण्डारखालपर्वहरूले आफ्नो उपस्थिति देखाइसकेका छन्, जसले देशभक्त नागरिकहरूको भावनामाथि गहिरो प्रहार गर्न भ्याएका छन्। हामीले नै भनेका थियौँ - यी मादप नेपाल,सुजाता कोइरालालाई हामी समर्थन गर्न सक्दैनौँ। यी हाम्रा प्रतिनिधि हुन सक्दैनन्। हाम्रो जनमत यी व्यक्तिहरूमा छैनन्। यो हाम्रो जाहेरी थिएन, किटानी थियो। जुन हामीले प्रमाणित पनि गरेका छौँ। तर त्यो कुन शक्ति हो, जुन नागरिक शक्ति, नागरिक सर्वोच्चताको विपक्षमा उभिएको छ ! होशियार !
यो तिक्त समयमा रिक्त विचारले कुनै रीस, राग, वैमनष्यता, आग्रह, पूर्वाग्रह विना यो शिवाय विचारका कुनै शब्दहरू सायद संकलन र संगठन गर्न सकेनन्।
ईश्वर बलामी
थानकोट(बलामीनगर)
अग्रसर युवा समाज
Comments on this article
Recent Tweets |
Author Information
Ishwor Balami
Article Stats
| Article Reads | 1328 |
| Article Rating |
3
|
| Total Votes | 3 |
| Voting feature will be available soon | |
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
पुरानो काममा नयाँ प्रयोग »
पुरानो काममा नयाँ प्रयोग मैले त्यस्तो नयाँ केही गरेको छैन । सबैले गरेकै काम र चिज प्रयोग गरेको हुँ । अरूले भन्दा फरक तरिका अपनाएको मात्र हुँ । नेपालमा इन्टरनेटको प्रवेशसँगै च्याट गरेर रमाइलो गर्ने संस्कृति मौलाउँदै थियो । तर मैलेचाहिँ च्याटको सट्टा इन्टरनेटबाट व्यवसाय गर्ने सोच बनाएँ । आज पनि म नयाँ-नयाँ तरिकाको खोजीमा हुन्छु । हिजोको प्रविधि वा तरिका आज पुरानो भइसकेको हुन्छ । अमेरिकाबाट साढे चार वर्षको अध्ययन पूरा गरेर र्फकेपछि चौधरी ग्रुपमा सेल्समेनको रूपमा काम गरेँ । यहींका कति साथीभाइ भने नेपालमा केही हुँदैन भनेर निराशा पोख्थे । मलाई भने नयाँ तरिकाले...
May 19 2009 / 543 reads / Read Full Story »Cartoon Corner
Corruption »
घुस खाँदाखाँदै पक्राउ पर्या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ? 21 Poush 2066 / Abin (Kantipur)
Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 72.55 | 73.15 |
| European euro | 1 | 98.92 | 99.74 |
| UK pound sterling | 1 | 108.58 | 109.48 |
| Swiss franc | 1 | 67.69 | 68.25 |
| Australian dollar | 1 | 66.38 | 66.92 |
| Canadian dollar | 1 | 70.70 | 71.29 |
| Singapore dollar | 1 | 51.85 | 52.28 |
| Japanese yen | 10 | 8.03 | 8.09 |
| Chinese renminbi (Yuan) | 1 | 10.63 | 10.72 |
| Saudi Arabian riyal | 1 | 19.34 | 19.50 |
| Qatari riyal | 1 | 19.94 | 20.10 |
| Thai baht | 1 | 2.22 | 2.24 |
| UAE Dirham | 1 | 19.75 | 19.91 |
| Malaysian ringgit | 1 | 21.85 | 22.03 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.16 | |
| Danish Krone | 1 | 13.29 | |
| Hong Kong dollar | 1 | 9.35 | |

28th Falgun 2066
