CURRENT ARTICLE
ठिक छ! पोलिटिक्स तपाईको विजनेसै भो

"माओवादीको पर्दाफास भो", उसले मलाई साविकको भन्दा यौटा अर्कै अनौठो उत्साहका साथ सुनाइ रहेको थियो। म अफिसबाट गलित भएर फर्केको थिएँ, जवाफ केहि पनि दिइँन। "इमेज एफ.एम सुन्नुस, तपाई को दिमाग झन् के हुन्छ के" । म एफ.एम बाट टाढिन खोज्दै थिएँ, मैले अफिसमा नै हेरिसकेको भिडियोको एक्कासी आउने बित्तिकैको सिफारिसले मलाई केहि झनक्क नबनाएको होइन। तर, त्यो भन्दा बढि, मलाई लाग्दैथ्यो उ ममाथि व्यङ्गय गर्दैछ ... सायद।
"हैन मैले जवाफ/प्रतिकृया के दिउँ, र दिउँ पनि कसलाई र किन दिउँ ?" म आँफै किंकर्त्वयविमुढ छु। जे सार्वजनिक नहुनु थियो,त्यो त भयो (जताबाट सोचेपनि सायद त्यो सार्वजनिक नहुनु पर्ने थियो, मलाई त त्यस्तै लाग्छ)। जनतामा भ्रम र अविश्वासको जालो, पार्टीभित्र गद्दारीको आगो, प्रतिद्वन्दी राजनीतिक पार्टीलाई वीउ, जनसेनालाई र राष्ट्रिय सेनामा बढ्दो दुरीको अझै वृद्दि, यी सबै कारणले मलाई लाग्छ, त्यो भिडियो सार्वजनिक नहुनुपर्ने थियो, तर त्यो भयो। यसलाई छोडौ। यहाँ भन्दा बढी लेखें भनेँ अरु जवाफ तयार पारेर राख्नुपर्छ, तर म त हाम्रो प्रधानमन्त्री प्रचण्ड जस्तो "आशुजवाफी" त छैन नि।
...
उसले मलाई उत्साहका साथ सुनाएको त्यो समाचार, त्यहि दिनदेखि नै पार्टीहरु बिचमा सुरुभएको सत्ता समिकरणको जोड घटाउ, सहमति, सहकार्य, सिफारिस आदिमा देखिएको देखावटी प्रवृत्ति, यो सबैले वास्तवमैं यौटा कुरा सोच्न वाध्य बनायो, "आखिर के रैछ त पोलिटिक्स?"।
...
इतिहासको कालखण्डमा चुनिने समयहरु मध्येको एक। १२ वर्षको जनयुद्ध, १३२४६, ज्ञानेन्द्रको कु, एतिहासिक जनआन्दोलन, सत्ताच्यूत ज्ञानेन्द्र, ऐतिहासिक संविधानसभाको चुनाव, गणतन्त्रको स्थापना। यि सबैसंग गाँसिएको सबैभन्दा प्रमुख नाम हो "नेकपा माओवादी (अहिलेको एकिकृत नेकपा माओवादी)"। यो मार्गतय गरेर आएको र १२ वर्षसम्म बर्बर त्रास, र भयको जीवन बाँचिरहेको नेपाली जनताले पाएको अहिलेको यो राहतको कारक/निराकरक को नाम पनि त्यहि "माओवादी" नै हो।
अझ सिधा कुरा गर्ने हो भने, नेपाली जनताले ऐतिहासिक संविधानसभाको चुनाव सबैभन्दा ठूलो पार्टी बनाएको माओवादीसंग अर्को राजनैतिक पार्टीले प्रतिद्वन्दीको मात्र स्थान दिने हो। अन्य दलका कार्यकर्ताले पनि प्रतिद्वन्दी कार्यकर्ताको मात्र हैसियतमा राख्ने हो। तपाई जनता हुनुहुन्छ। तपाईको अभिमतको पार्टी माओवादी इतरको पार्टी हो। यसको मतलब तपाई उसको पर्दाफास हुँदा अब मलाई उत्साहका साथ व्यङ्ग्य गर्नुहुन्छ! यहि विषयले नै मलाई निराश बनायो। म थकथक मान्न थालेँ आफ्नै स्वजन, आफ्नै देशका जनतासँग। आँफू बाहेकको अर्को स्वजाति, यहि देशको अर्को आम नेपालीको मर्ममा प्रहार हुँदा, उसको विश्वासमा धोका हुँदा, प्रतिद्वन्दी दल नै सहि, तर सबैभन्दा ठूलो पार्टीको अविश्वाषी छवि सार्वजनिक हुँदा, यहाँ तपाईँमा हुनु पर्ने भनेको के मप्रति को व्यङ्ग्य मात्र हो?
...
म भयभित भएँ, आफ्नै देशवासीको बौद्धिक भविष्य प्रति। म लाचार भएँ तिनै आम नेपाली जसका नाउँमा रहेको मेरो विश्वास म फलाक्दै हिँड्ने गर्दथेँ। "म विश्वस्त छु मेरोनेपालमा, म अनि मेरो आम नेपालीमा .... ", किन तपाई मित्र आम नेपाली हुनुहुन्न?
...
देश र जनताको संवेदना गाँसिएको सबैभन्दा ठूलो विषय भनेको नै त्यो देशको राजनीति र त्यो देशको अधिकार सम्पन्न नागरिक सरकार हो। तर तपाईहरु जो "आम" हुनुहुन्न, तपाईहरुको राजनैतिक दल जो "आम" छैन, तपाईको विचार जो "आम"लाई प्रिय, "आम"लाई समर्पित छैन, म र मेरो "आम" गलत रैछ, त्यो विश्वासमा।
...
जनता र तिनका विश्वास तपाईकालागि तपाईको उद्योग/व्यापारको लागि कच्चा पदार्थ रहेछन्। तपाई तिनलाई पुरै प्रशोधन गरेर "खै के खै के" बनाउनु हुँदोरहेछ। .... "साला! ठिक छ! पोलिटिक्स तपाईको विजनेसै भो। तपाई आफ्नो निकटतम प्रतिद्वन्दीको सँधै डाउनफलनै खोज्न थाल्नुस। त्यसैका लागि आफ्नो स्रोत परिचालन गर्नुस्।" यसमा म र मेरो "आम"लाई कुनै आपत्ति छैन। तर जुन सतह, जुन काँधमा तपाई उभिइरहनु भएको छ, त्यो सतह, त्यो काँध त यहि म र मेरो "आम" जनताको न हो। यसलाई किन तपाई चटनी बनाउन लागि पर्नुहुन्छ? महोदय, तपाईलाई तपाईको भविष्य, तपाईको अमेरिका, युरोपले बोलाइरहेको छ। जानुस...। म र मेरो "आम" खुशी हुँदै ग्रहण गर्नेछौँ तपाईहरु बेगर को मेरो मातृभूमी, मेरै मदरल्यान्ड। जहाँ हामीलाई तपाईहरुले गरे जस्तो विजिनेस गर्नु छैन।
Comments on this article
Total comments - 5
Jaya Nepal ama
Dear Mr. Prachanda ra e jastai aru Neta haru Please American DV Lottery ko lagi application halnus. Tapain haru ko yo desh ma Kam chhaina Tyan gayera Tapain haru ko kehi unnati hunchha kee tyo sochnus.
Yo Desh Tesai pani Daridra haru ko basasthan bhai raheko chha Ajhai yo deshlai Daridra Na banaunus Please DV Lottery Bharnus. Tapain Matra hoina CPN UML, Nepali Congress, Madhesi Janaadhikar Forum Sabai lai Mero tarpha bata yo Auta Sano Sujhab Please DV LOttery Bharnus.
Tapain haru lai pakkai parchha DV. ani Janus Ramro country hami lai yehi halat ma choda kehi ta pragati gariyela 2, 4 barsama .
Posted on - 2009-05-15 10:24:02
sabbai lai dhukka ko kura ho yo!!
All those are the history when we all Nepalese become happy due to peace process, on moving to today it seems like we are coming back to the same position that we used to be.
After listening to the news i became confused n socked as well thinking weather the steps of kutwal are right enough to save country, is he really a right person for Nepal.My mind flashed back to the past days."kutwal" army chief of Nepal is one of them who wants to suppress the thought, feeling of Nepalese people towards the democratic Nepal.The numerous nos.of bullets and the tear gas we had seen in the past and the rubber bullet that had touch the arm of mine are some more directed by the same set of persons.
A party whom 42% of Nepalese had supported has a thought that has been shown in the video.
If we directly come to the present days UML a 3 majority consisting party wants to lead a government by Madhav Kumar Nepal.who was a complete looser in the past and present. Also Nepali congress wants the same.... we don't have a doubt that all these are due to their selfishness.
Finally::
We Nepalese Don't have options.as common saying "JUN GOJI AAYE PANI KAAN NAI CHERYAKA"
but its untolerable that madhav kumar nepal leads the upcoming government.
After reading your a very optimistic article i remind a brother of mine saying. what would be the scenario "IF THAT CHOR PRACHANDA HAVE USED THAT MIND IN CONSTRUCTIVE WORK " ????? for Nepal and in the behalf of Nepalese.He is doing what he had said in the past and had done almost of.
Posted on - 2009-05-12 12:00:51
bujna ra bujauna dherai kathin6 rajniti .......
khusi lago druba ,timro sakaratmak soch dekhera ,i mean padera ,vastab mai yo desh lai sakaratmak soch rakhne yuwa ko thulo awasekta 6 jasle jasto sukai bisam paristhiti lai pani atmasaath garna sakos ra thei bich bata desh lai yogdan garna sakos ,ek choti matra ekchoti ko jeevan ma
thank you
Posted on - 2009-05-11 09:10:44
I am also surprized, but not shocked
Yo desh ma yestai ho,
I am also surprized, but not shocked, becoz, I know their/his nature already.
malai dukha chha:
महोदय, तपाईलाई तपाईको भविष्य, तपाईको अमेरिका, युरोपले बोलाइरहेको छ। जानुस...। म र मेरो "आम" खुशी हुँदै ग्रहण गर्नेछौँ तपाईहरु बेगर को मेरो मातृभूमी, मेरै मदरल्यान्ड। जहाँ हामीलाई तपाईहरुले गरे जस्तो विजिनेस गर्नु छैन।
yeha Prachanda matra haina , kasai ko pani bhar chhaina, aaffailai bhar garna namilne jamana chha, k garnu khoi............
Posted on - 2009-05-11 05:36:09
Nice artcle
It covers the feelings of many Nepalese.
Posted on - 2009-05-11 04:19:34
Make comment
Recent Tweets |
Author Information
Dhruba Adhikari
Mero Jindagi Mero Biswas (This I believe)
सीपले सहज बनाउँछ जिन्दगी »
म सीपमा विश्वास गर्छु । किनकि सीपले सपना देख्ने आधार दिन्छ, नयाँ रहरहरू दिन्छ । सीपले आत्मनिर्भरतासागै स्वतन्त्रता पनि दिन्छ । सीप सिक्नु अगाडि मेरा कुनै सपनाहरू थिएनन् । न केही गर्न सक्ने अवस्था थियो, नत आँट । थियो त केवल गरिबीमात्रै, त्यो पनि विरासतको रूपमा । गरिब परिवारबाट गरिब परिवारमै विवाह गरेर आउँदा सम्पत्तिको नाउँमा थोरै जग्गा र त्यसमा बाँसका केही झाङ थिए । त्यो बेला मलाई अरूकोमा काम गर्नर् जान लाज लाग्थ्यो । तर भोको पेटले धेरै दिन घरभित्र लजाएर बसिरहन दिएन । म काम गर्न जान थालेँ । श्रीमान इँटा फयाक्ट्रीमा काम गर्नुहुन्थ्यो । म तीन किलो धानको लागि दिनभरि...
Jun 17 2009 / 699 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

