CURRENT ARTICLE
सहज निकास, असहज नजिर (विशेष सम्पादकीय)
सेनापति हटाउने माओवादीको एकलौटी निर्णय र त्यसलाई उल्टाउने राष्ट्रपतिको कदमले देशमा ठूलो संवैधानिक एवं राजनीतिक संकट उत्पन्न गरेको थियो । त्यसलाई प्रधानमन्त्री दाहालको पदत्यागले सहज निकास दिएको छ । उनले शान्ति प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यतामा प्रतिबद्ध रहिरहने सार्वजनिक घोषणा पनि गरेका छन् तर माओवादीको भावी सडक व्यवहार हेरेर मात्र अन्तिम निष्कर्ष निकाल्न सकिन्छ । माओवादीले अब सडकमार्फत अराजकता सिर्जना गर्ने गल्ती गर्नु हुँदैन । दशक लामो युद्ध गरेको यो पार्टीले बल प्रयोग र हिंसालाई स्थायी रूपमा त्याग्नुपर्छ । अन्यथा उसको लोकतान्त्रिक रूपान्तरण फेरि सन्देहको घेरामा पर्नेछ ।
सरकार सञ्चालनमा सबै सहयोगी गुमाएको र पार्टीभित्रै दबाब बढेका कारण प्रधानमन्त्री दाहालसामु धेरै विकल्प थिएनन् । तर माओवादीले सहजै सत्ता छाड्नेमा अनेक आशंका
थिए । सेनामा हात हालेर सत्ताकब्जा गर्न खोजेको आकलनलाई उनीहरूले गलतसिद्ध गरिदिएका छन् । तर माओवादीले आफ्ना व्यवहार, भाषण, दस्तावेज एवं 'राजनीतिक कार्यक्रमबाट सत्ताकब्जा' को अधिनायकवादी उद्देश्य समूल रूपमा नष्ट गरेपछि मात्र यसबारे उनीहरू इमान्दार रहेको सार्वजनिक पुष्टि हुनेछ । अन्यथा उनीहरूको सत्ता नियतमाथि स्थायी आशंका रहिरहन्छ ।
सरकारबाट माओवादीको बहिर्गमनपछि छिनोफानो हुन बाँकी मामिला भनेको प्रधानमन्त्री र राष्ट्रपतिबीच उत्पन्न कार्याधिकार विवाद हो । सेनापति हटाउने सरकारको निर्णय उल्टाएर राष्ट्रपति कार्यालयले आफूलाई समानान्तर सत्ता केन्द्रका रूपमा स्थापित गर्न र सेना सरकारअन्तर्गत नभई आफूमातहत रहेको गलत नजिर बसाउन खोजेको छ । विशिष्ट परिस्थितिबस राष्ट्रपतिको कदम व्यवहारतः लागू भएको छ तर यसले त्यसको संवैधानिक औचित्य पुष्टि गर्दैन । राष्ट्रपतिले सरकारलाई सचेत गराउने वा न्यायालयसँग राय सोध्नेजस्ता आफ्ना अधिकतम अधिकार नाघेर आफैंमा कार्यकारिणी अधिकार रहेझै गरी सरकारको निर्णयलाई चुनौती दिने जुन प्रयास गरे, त्यो संवैधानिक नभई राजनीतिक कदम थियो ।
राष्ट्रपतिले राजनीति गर्ने होइन, उनी राजनीतिभन्दा माथि बसेकै खण्डमा सबैका राष्ट्रपति हुनसक्छन् । एकपटक उनी गम्भीर रूपमा चुकेका छन् तर त्यसलाई सच्याउने अवसर छ । सोमबार उनले विज्ञप्तिमार्फत आइतबार रातको त्रुटिलाई थोरै प्रस्ट्याउन खोजेका छन् तर त्यो पर्याप्त छैन । राष्ट्रपतिले आफूबाट गल्ती भएको स्वीकार गर्दै मुलुकको शासकीय अधिकार अब बन्ने नयाँ सरकारमा निहित रहने घोषणा गर्न सक्नुपर्छ । यस्तो आँट देखाउन सकेमा उनी फेरि सर्वमान्य राष्ट्रप्रमुख बन्नेछन् र त्यसले संविधान निर्माण एवं शान्ति प्रक्रियाको राष्ट्रिय प्राथमिकतालाई सहज ढंगबाट अगाडि बढाउन भावी सरकारलाई मार्गप्रशस्त गर्नेछ ।
----
२२ जेष्ठ मंगलबार (कान्तिपुर दैनिकको विशेष सम्पादकीय)
Comments on this article
Recent Tweets |
Author Information
Kantipur Daily
Article Stats
| Article Reads | 1132 |
| Article Rating |
4
|
| Total Votes | 4 |
| Voting feature will be available soon | |
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
पुरानो काममा नयाँ प्रयोग »
पुरानो काममा नयाँ प्रयोग मैले त्यस्तो नयाँ केही गरेको छैन । सबैले गरेकै काम र चिज प्रयोग गरेको हुँ । अरूले भन्दा फरक तरिका अपनाएको मात्र हुँ । नेपालमा इन्टरनेटको प्रवेशसँगै च्याट गरेर रमाइलो गर्ने संस्कृति मौलाउँदै थियो । तर मैलेचाहिँ च्याटको सट्टा इन्टरनेटबाट व्यवसाय गर्ने सोच बनाएँ । आज पनि म नयाँ-नयाँ तरिकाको खोजीमा हुन्छु । हिजोको प्रविधि वा तरिका आज पुरानो भइसकेको हुन्छ । अमेरिकाबाट साढे चार वर्षको अध्ययन पूरा गरेर र्फकेपछि चौधरी ग्रुपमा सेल्समेनको रूपमा काम गरेँ । यहींका कति साथीभाइ भने नेपालमा केही हुँदैन भनेर निराशा पोख्थे । मलाई भने नयाँ तरिकाले...
May 19 2009 / 543 reads / Read Full Story »Cartoon Corner
Corruption »
घुस खाँदाखाँदै पक्राउ पर्या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ? 21 Poush 2066 / Abin (Kantipur)
Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 72.55 | 73.15 |
| European euro | 1 | 98.92 | 99.74 |
| UK pound sterling | 1 | 108.58 | 109.48 |
| Swiss franc | 1 | 67.69 | 68.25 |
| Australian dollar | 1 | 66.38 | 66.92 |
| Canadian dollar | 1 | 70.70 | 71.29 |
| Singapore dollar | 1 | 51.85 | 52.28 |
| Japanese yen | 10 | 8.03 | 8.09 |
| Chinese renminbi (Yuan) | 1 | 10.63 | 10.72 |
| Saudi Arabian riyal | 1 | 19.34 | 19.50 |
| Qatari riyal | 1 | 19.94 | 20.10 |
| Thai baht | 1 | 2.22 | 2.24 |
| UAE Dirham | 1 | 19.75 | 19.91 |
| Malaysian ringgit | 1 | 21.85 | 22.03 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.16 | |
| Danish Krone | 1 | 13.29 | |
| Hong Kong dollar | 1 | 9.35 | |

28th Falgun 2066
