CURRENT ARTICLE
मंगलमय होस् नयाँ वर्ष २०६६
नयाँ वर्षले कठिन चुनौतीका साथै अपार सम्भावना पनि साथै लिएर आएको हुन्छ।
जीवनका सबैभन्दा महत्त्वपूर्ण घटना अर्थात् जन्म र मरण मानिसले थाहा नै नपाई हुन्छ। तैपनि जिउँन र जित्न मान्छेले आजीवन संघर्ष गर्छ। आशा राख्न पाइने हुनाले नै त संसार चलेको छ। मान्छेले हरेस खाएको भए सृष्टि उहिल्यै समाप्त हुन्थ्यो होला। यसैले नेपालीले पनि मनै मार्नुपर्ने अवस्था छैन। नयाँ वर्षले कठिन चुनौतीका साथै अपार सम्भावना पनि साथै लिएर आएको जो हुन्छ।नयाँ वर्ष नेपालीका लागि मंगलमय होस्।
कोशीमा आएको बाढीबाट पूर्वी नेपालमा ठूलो क्षति भयो। थारु समुदायलाई मदेसीभित्र समावेश गरिएकोमा तराईमा ठूलो आन्दोलन भयो। धेरैवर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरियो। २०६५ सालको अन्त्यतिर भएको संविधान सभाको उपनिर्वाचनमा पनि माओवादी नै अगाडि रह्यो। राजस्व संकलनमा सरकार आशातीत सफल भयो।
गणतन्त्रको घोषणा र राष्ट्रपतिको निर्वाचन हुँदा पनि कतिपयमा राजतन्त्र फर्कने आशंका र आशा अझै बाँकी देखिएको छ। जनताका अपेक्षालाई उपेक्षा गर्दै संसद्को बैठक अनगिन्ती पटक अवरुद्ध पारियो। सरकारको नेतृत्त्व गरे पनि माओवादीले विद्रोहीको चरित्र र प्रवृत्ति छाड्न सकेन। प्रमुख विपक्षी नेपाली कांग्रेसले न त राम्ररी आन्तरिक लोकतन्त्रको अभ्यास गर्यो न जनताका सरोकार मुखरित नै गर्न सक्यो। सरकारका साझेदार अरू दलहरू पनि जनताप्रति मात्र हैन सरकारप्रति पनि जिम्मेवार भएनन्।
ठूलो जनधनको क्षति भएपछि मात्र थारुहरूको माग स्वीकार गरियो। प्रधानमन्त्री पुष्पकमल दाहालको तोकआदेशमा उद्घाटन भइसकेको खेलमा माओवादी लडाकुको टिमलाई सहभागी गराइयो। राष्ट्रिय खेलकुदको इतिहासमा राजनीतिक हस्तक्षेपको कलंक लाग्यो। गलत आर्थिक नीतिका कारण अर्थतन्त्रमा दूरगामी प्रतिकूल प्रभाव पर्ने आशंका उत्पन्न भएको छ। स्वदेशी वा विदेशी लगानी आउन सकेन भने पुँजी पलायनको लक्षण देखिन थालेको छ। सञ्चार माध्यममा माओवादी कार्यकर्ताको हस्तक्षेप र आक्रमणले सरकारको विश्वसनीयता घटाउने काम गर्यो। राजनीतिक उत्साहका साथ सुरु भएको २०६५ आर्थिक चिन्ता छाडेर समाप्त भएको छ। यसको अर्थ हुन्छ, २०६६ साल नेपालीका लागि झन् चुनौतीपूर्ण हुनेछ।
तैपनि निराश भने भइहाल्नु पर्दैन। विफलताबाट सिक्न मान्छे सिपालु हुन्छ। राजनीतिक नेताहरूले संवाद छाडेका छैनन्। काम गर्न नसके भए पनि निर्वाचित प्रतिनिधिहरूको संविधानसभा गठन भएको छ। विश्वसनीयता आर्जन गर्न सके अर्थतन्त्रमा सकारात्मक संकेत देखिन धेरै समय लाग्नेछैन। जीवनका सबैभन्दा महत्त्वपूर्ण घटना अर्थात् जन्म र मरण मानिसले थाहा नै नपाई हुन्छ। तैपनि जिउँन र जित्न मान्छेले आजीवन संघर्ष गर्छ। आशा राख्न पाइने हुनाले नै त संसार चलेको छ। मान्छेले हरेस खाएको भए सृष्टि उहिल्यै समाप्त हुन्थ्यो होला। यसैले नेपालीले पनि मनै मार्नुपर्ने अवस्था छैन। नयाँ वर्षले कठिन चुनौतीका साथै अपार सम्भावना पनि साथै लिएर आएको जो हुन्छ। नयाँ वर्ष नेपालीका लागि मंगलमय होस्। भवतु सब्ब मंगलम्।
दैनिकी सम्पादकीय
२०६६/०१/०१
Comments on this article
Recent Tweets |
Author Information
Dainikee.com
More Articles from same author
No more articles from the user
Mero Jindagi Mero Biswas (This I believe)
जीवनको ऊर्जा स्रोत »
विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर 'हुन सक्दैन' अथवा 'गर्न सक्दिन' भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो । मेरो साङ्गीतिक जीवन यस्तै सकारात्मक विचारबाट प्रेरित भएको छ । त्यसबेला न सङ्गीतका गुरुहरू थिए, न सङ्गीत स्कुल, नत सङ्गीतका पाठयपुस्तक नै । त्यसमाथि धेरैका घरमा जस्तै मेरो घरमा पनि सङ्गीत प्रतिबन्धित...
Jun 23 2009 / 996 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

