CURRENT ARTICLE
म फर्केँ
आम नेपालीले भोगेको नियति भन्दा न त फरक छ न त बेग्लै नै छ मेरो नियति। आफै पत्रकारिताको अध्ययनमा लागेको भएता पनि सूचना समाचारको लागि पत्रिकामा भर परिरहनु पर्ने मेरो बाध्यता फरक भने थिएन। चुनावको पूर्व सन्ध्यामा कलेजको निर्वाचन आयोगमका आगलागी भएको समाचारले म एकैछिन स्तब्ध भएँ। आगलागी भैहाले पनि चुनाव हुने क्याम्पस प्रमुखको प्रतिक्रियाले भनेनिश्चित रूपमा केही राहत भने पाएकै थिएँ। "आगलागी गर्ने ती झुण्डले विद्यार्थीबाट ठूलै राशीको पुरस्कार पाउने भए- स्ववियु चुनावबाट।" मैले सोचेँ , जे भएपनि चुनाव कडा सुरक्षाको बीचमा गरिने भनिएको हुदाँ चुनाव शान्तिपूर्ण नै हुनेछ भन्ने अपेक्षा एकातिर छदैँ नै थियो भने अर्कोतिर कामना र शुभकामना । ६ गते सबै काम छाडेर चुनावमा होमिन तयार भएर क्याम्पस जानतिर लागेँ। बाटैमा रहेको शंकरदेवका विद्यार्थीहरूको उत्साह पूर्ण सहभागिताले आफ्नो कलेजको त्यो भन्दा ठूलो र उत्साहपूर्ण सहभागिताको पकिल्पना स्वस्फूर्त गर्न पूगेँ। वाल्मीकिको रौनक पनि कम उल्लेखनीय भने निश्चय पनि थिएन। त्यसको केही पर रहेको आफ्नै कलेजको अवस्थाबाट भने म मूलढोकामा पुग्नु अगाडि सम्म पनि अनभिज्ञ नै रहेको थिएँ। संसार संचारको जालोले जेलिएको छ भन्ने अभिव्यक्ति र जगत मान्य सत्उ नेपालको सन्दर्भमा भने बेफ्वाँक मात्र हो जस्तो लाग्यो। मूलढोका विभिन्न सूचना तथा विज्ञप्तीहरू टाँगिएका थिए। विभिन्न विद्यार्थी संगठन, क्याम्पस प्रशासन आदिको। कसको पढ्ने? कसको नपढ्ने? अनि कस्कोमा विश्वास गर्ने? कसकोमा नगर्ने?
आस्था थियो, छ र रहनेछ। चुनाव होस्। चैत्र ६ मा हैन फागुण १४ मा नै होस् भन्ने कामना थियो ममा, यद्दपि चुनाव जति लम्बियो त्यति नै पढाईको अवधि छोटिने निश्चित थियो। त्यसमाथि सरकारी क्याम्पस, हप्ताको पाँच दिन पढाई। यो साल पनि सदा जस्तै कोर्ष कम्प्लीट नहुने समस्या लगभग निश्चित नै थियो। चुनाव चाडैँ नै सकियोस् र विद्यार्थी शिक्षक शिक्षिका सबै अध्ययन अध्ययापन गर्न लागिपरोस् र जे जति सकिता पनि चाडैँ नै सकियोस् भन्ने चाहना राखेको थिएँ। तर चुनावले भने अपेक्षा विपरीत पढाई झनै अनिश्चित बनायो। साह्रै भाव विभोर मुद्रामा सम्झेँ ति नारा जुन स्वतन्त्र प्यानल उठाउने क्रममा तय गरेका थियौँ - विकास, समृद्धि, समानता, स्वच्छ शैक्षिक वातावरण हाम्रो प्रतिबद्धता। हाम्रो प्रमुख उद्देश्य राजनीति गर्ने नभएको हुनाले पनि हामीले स्वतन्त्र प्यानललाई उठाइरहनु आवश्यक ठानेनौँ। हल्ला फिजाउँनु थिया, फिजायौँ। तर आजको समयमा त्यो साच्चिकै आवश्यक थियो जस्तो लागिरहेको छ।
अखिल, ने.वि.संघ, क्रान्तिकारी सबैका प्रतिबद्धता चिहानमा झल्दै गरेको मृत लाश भन्दा फरक लागेन। ती विद्यार्थी राजनैतिक संगठनका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनको लागि भनिएका कार्यक्रम र सभा भोटिङ बैँकको माऊ पार्टीको राजनीति भन्दा फरक लागेन। उत्साह पूर्ण रूपले ती कार्यक्रममा सहभागिता जनाउनु संगठनलाई उफार्नु र उचाल्नु मात्र जस्तो लाग्यो । सहभागि सम्पूर्ण विद्यार्थी राजनीतिक आस्थाको कारणले मात्र जम्मा वा भेला वा उपस्थित हुन्छन् भन्ने मानसिकता परिवर्तन आउनु जरूरी छ। तर आज खटकिएको तथ्य के हो भने ०३६ सालको चुनावबाट सुरू भएर झण्डै ३० वर्षको अवधि पार गरेर ०६५ सम्म आईपुग्दा पनि त्यो मानसिकताको विकास हुन किन सकेन? यो सामन्ती र यथास्थीतिवादी चरित्र र सोँच नभए के हो त?
रत्नराज्यको शोकसभामा सामेल भैसकेपछि वाल्मीति, शंकरदेव हुदैँ पद्यमकन्या तिर लागेँ। त्यो नारावाजीको दृश्य, विरोध र विद्रोहका आवाजहरू, अधिकारको लागि गरिएका संघर्षका दृश्यहरूले साच्चै नै उत्साहि बनेको थिएँ। विरोधका क्रममा नियन्त्रणको नाममा गरिएका प्रहरी दहनमा एकै खेमाका घाइतेहरूको दृश्यसँगै साक्षात्कार भईरहँदा त्यो नियन्त्रण नभई अत्याचार गरेको हो भन्न कर लाग्यो। सबै घाइते संयुक्त प्यानलका समर्थकहरू सात(७) जना भन्ने सुनियो। एकजना आफ्नै क्याम्पसका सहपाठी अंजली पनि परिछन्। देखेँ साह्रै दुःख बोध भयो। विद्यार्थीको हकहितको सुनिश्चितता गर्न पनि कति मरिमेटेका संगठनका साथीहरू मर्न र मार्न पनि पछि परेनन्। तर जो सँग संघर्ष गर्दैछन् ती पनि विद्यार्थीहरू नै हुन् भन्ने कुराको भने हेक्का राख्नु नै पर्छ। विद्यार्थी मारेर विद्यार्थीको हक हितको मुद्दा उठाएर, विद्यार्थीको यथार्थ हित भन्दा माथि उठेर विद्यार्थीको भन्दा पनि स्वयंको र दलको स्वार्थ परिपूर्ति गर्ने तिम्रो विद्यार्थी राजनीति छाडेर म फर्केँ, तिमीले सिर्जना गरेको तनावको भूमरीमा म आँधी बेहरी मात्र बोकेर फर्केँ बाँदरहरूको तिम्रो वस्ती तिम्रै हातमा सुम्पेर भविष्यको अनिश्चितता लिएर फर्केँ, भोट बैँकको तिम्रो राजनीति चिनेर फर्केँ शिक्षित युवा विद्यार्थीहरूको विचार थन्क्याएर हतियारको बलमा छेडेको राजनीति थम्याएर फर्केँ। शुभकामना तिमीलाई म आशा, अपेक्षा र सपनाको भेटी चढाएर भविष्यको मलामीबाट रित्तै भएर म फर्केँ ।
ईश्वर बलामी
रत्नराज्य क्याम्पस, प्रदर्शनी मार्ग
Comments on this article
Total comments - 1
hi
hi
i m so glad, wn i could get chance to read ur profile
ur styl is ok
best of luck for ur future
hop so u ll reply
n nw we would like to make our own balami comittee
if u r intrested
u r welcome
i m from
balaju
mail me
rainusta@gmail.com
Posted on - 2009-05-18 01:56:00
Make comment
Recent Tweets |
Author Information
Ishwor Balami
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन »
एसएलसीपछि मलाई काठमाडौं आएर आईएस्सी पढ्ने चाहना थियो । तर घरको आर्थिक अवस्था कमजोर भएकाले म तानसेनमै कमर्स पढ्न थालेँ । क्याम्पस तह राम्रै अंक ल्याएर पास पनि गरेँ । ममा पढाइप्रति सानैदेखि निष्ठा थियो । त्यो निष्ठाको उद्देश्य म अरूभन्दा पढाइमा अगाडि हुनुपर्छ भन्नेमात्र थियो । तर कामप्रतिको निष्ठा प्रतिस्पर्धामा अरूभन्दा अगाडि हुनुमात्र रहेनछ । कामप्रतिको निष्ठाको महत्त्व मैले भारत सरकारको छात्रवृत्तिमा भारतमा पढ्न जाँदा त्यहाँका एक गुरुको कामबाट बुझ्न पाएँ । उनी विदाको समय पनि सेवाग्राहीका निम्ति काम गर्थे । कतिपय सेवाग्राही खुसी भएर उनलाई भोज खान...
Mar 25 2009 / 802 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

