CURRENT ARTICLE
फिल्म, महाफिल्मको यातना, नयाँ जीवन
केटाकेटी उमेरमा उनलाई कसैले पनि एक थप्पड हिर्काएन । बाआमाले पनि कहिल्यै हात उठाएनन् । स्कुलमा शिक्षकहरूले हप्काएको र पिटेको पनि उनलाई सम्झना छैन । न साथीहरूसँग कहिल्यै झगडा पर्यो, न अरू कसैले कुटपिट गर्यो । सधैं आफन्तको पुल्पुल्याइ र साथीहरूको माया-ममतामा बाल्यकाल बित्यो । भनिन्छ, दुःख पाउनेलाई सानैदेखि दुःखले पछ्याउँछ र सुख पाउनेलाई सुखले साथ दिन्छ । तर, उनको जीवनकहानी त्यस्तो छैन । बालादिन बित्न नपाउँदै उनले यातनाका डरलाग्दा गौँडा र गल्छेडाहरू पार गर्दै आए । सोह्र वर्षको कलिलो किशोरवयदेखि नै उनीमाथि प्रहरीको कुटपिट बर्सियो ।
सानै उमेरदेखि नै उनी पढाइमा मिहिनेती थिए र आनीबानी पनि असल थियो । प्राथमिक तह सक्नासाथ साढे दुई घन्टाको पैदल हिँडेर जानुपथ्र्यो निम्न माध्यमिक तहका कक्षामा पढ्नका लागि । माध्यमिक तह पूरा गर्न त उनले जिल्ला नै छोडेर जानुपर्यो । पढाइमा लगनशील भएका कारण उनले १४ वर्षकै उमेरमा एसएलसी परीक्षा पास गरे । अरू साथीभन्दा सानो र फुच्चे भएकाले उनलाई साथीहरूले पनि माया गर्थे । 'कहिल्यै कुनै विपक्षीले पनि ममाथि हात हालेन,' उनले भने, 'जति यातना र दुःख पाएँ, सबै सेना र प्रहरीबाट नै पाएँ ।'
चौध वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा होमिएका उनी हुन् हिमाल शर्मा, जो पञ्चायतकालमा पनि पक्राउ परे र तीन वर्षसम्म जेलमै बसे । ०४८ सालमा विद्यार्थी आन्दोलनकै क्रममा 'राज्य विप्लव'को मुद्दामा फेरि जेल परेका उनलाई २० वर्ष कैद र सर्वस्वहरणको फैसला सुनाइएको थियो । त्यसपटक उनी फेरि चार वर्ष जेल बसे । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि पक्रिइनु र हिरासतमा पर्नु उनका लागि नौलो रहेन । पछिल्लोपटक माओवादी आन्दोलनविरुद्ध घोषणा गरिएको संकटकालमा हिमाल शर्माले पाएका यातनाका शृंखलाको त के हिसाब ?
***
आँख्ला-आँख्ला परेका हातका औँलाहरू देखाउँदै उनले भने, 'यी औँलाहरू आल्पिन र काँटी खोपेर छियाछिया पारियो, अहिले मुठ्ठी पार्न पनि हुँदैन । बन्दुकका कुन्दा र लाठीले दिनदिनै लगातार निर्घात कुट्दाकुट्दै पिठ्युँ सबै गैँडाको छाला जस्तो भएको छ । कुटपिट त के हो र ? त्यो त धेरै सामान्य भइसकेको थियो । करेन्ट लगाइएको पानीमा डुबाउने, जीउमै करेन्ट लगाउने, बाहिरको कुनै कुरा सुन्न नसक्ने होस् भनेर कानको जाली फुटाइदिने गर्यो । अहिले पनि दायाँ कान म सुन्न सक्दिनँ ।' हेर्दा स्वस्थ र तन्दुरुस्त देखिने हिमाल शर्माले आफ्नो अपांगपन लुकाएनन् । पिट्दापिट्दै उनका दाँत पनि भाँचिएका रहेछन् । गम्भीर मुद्रामा यातनाको कालरात्रिमय दिनहरू सम्झँदै भने, 'एकदिन पिसाब गराउन भनेर बाहिर निकाल्यो । बाहिर गएपछि मलाई पिसाब गर् भनियो, पिसाब फेर्न लाग्दा अचानकै करेन्ट लगाइयो । म बेहोस भएछु । तेह्र दिनपछि मात्रै ब्युँझेँ । होस खुल्दा शरीर पूरै सुनिएको थियो । यौनअंगहरू पनि पूरै सुनिएका थिए । मलाई त केही थाहा भएन, पछि मात्रै थाहा भयो- प्रजननका लागि चाहिने 'इमोसनल सेल' करेन्टले जलेछ । त्यस दिनको यातनाले मलाई नपुसंक बनायो, म अपांग भएको छु ।' अहिले उनको स्वास्थ्य र प्रजननक्षमता गुमेपछिको अवस्थाबारे आइसिआरसीले पनि अध्ययन गरिरहेको रहेछ ।
हिमाल शर्माले जीवनमा यस्ता यातना खप्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । 'केटाकेटी उमेरमा फिल्म र भिडियोहरूमा यातनाका दृश्यहरू देखिएका थिए,' बालादिन सम्झँदै उनले भने, 'यस्तो पनि हुन्छ र भन्दा पाका मान्छेहरू पनि यो त फिल्म न हो भन्थे । हामीलाई पनि त्यो त फिल्म मात्रै हो भन्ने लाग्थ्यो । तर, पछि मात्रै आफ्नै जीवनमा ती फिल्मका कथाभन्दा पनि 'महाफिल्म' जस्ता यातना सहनुपर्यो ।'
***
त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र दोस्रो वर्ष पढ्दै गरेको समयमा संकटकाल घोषणा भएपछि उनको संगठन अखिल (क्रान्तिकारी) पनि आतंककारी घोषित भयो, विद्यार्थी नेताको नाम पनि रेडकर्नर नोटिसमा जारी गरियो । त्यसपछि हिमाल पनि भूमिगत भए । त्यसको एक वर्षपछि ०५९ कात्तिकमा काठमाडौंको असनबाट उनी समातिए । 'त्यसपछि हामीलाई सीधै भैरवनाथगणमा लगियो,' शर्माले विगत सम्झँदै भने, 'पक्राउ पर्नासाथ मुखुन्डो लगाइयो र गणमा पुर्याएर पानीमा गाडियो ।'
'सधैं आँखामा पट्टी लगाइन्थ्यो, दिन हो कि रात केही थाहा हुँदैनथ्यो,' हिमालले भने, 'कति दिनसम्म भोकै राख्थ्यो, २४ दिनसम्म पनि केही खान नदिई राखेको थियो । खाना मागिरहेका साथीलाई रातभरि कुटेर पनि मार्यो । एक टुक्रा पाउरोटी मागिरहेका साथीहरूको निर्मम कुटाइले ज्यान गएपछि मात्रै हामीलाई एक गिलास भात दिन थालेको थियो । हाम्रा लागि भनेर दैनिक बिहान र बेलुकाको स्केल बनाएको थियो- 'टि्रटमेन्ट' गर्ने । 'टि्रटमेन्ट' गर्ने भनेको बिहान आठ बजे र बेलुका पनि ठीक आठ बजे निर्घात कुट्थे र एक गिलास भात दिन्थे । कुट्दा-कुट्दा यस्तो भइएको थियो कि आठ बजेपछि अब कुट्न को आउँछ भन्ने लाग्थ्यो । कुट्ने सैनिक जवानहरू वेलावेला फेरिन्थे । कहिलेकाहीँ अलि नरम स्वभावका जवानले कुटपिट सामान्य गरे भने उनीहरूले पछि जर्नेलबाट आफैं कुटिनुपथ्र्यो ।'
भैरवनाथ गणमा हिमाललाई राखिएको कसैलाई पत्तो थिएन । त्यहाँ कृष्ण केसी, बिना मगर, ज्ञानेन्द्र त्रिपाठी लगायतका विद्यार्थी नेतालाई बेपत्ता अवस्थामा चरम यातना दिएर राखिएको थियो । हिमाल सम्झन्छन्, 'हामीलाई बयान लिन आउँथे, राजतन्त्र कसै पनि ढल्न सम्भव छैन, आत्पसमर्पण गर् भन्थे । हामी कुनै कुरा पनि छलेर बाँच्न चाहँदैनथ्यौँ, हामी अखिल (क्रान्तिकारी) हौँ नै भन्थ्यौँ । बारम्बार 'अब मर्छौ' मात्रै भन्थ्यो तर हामीलाई मृत्युदेखि कुनै चिन्ता थिएन । वेलावेला अन्तिम इच्छा के छ भनेर पनि सोधिन्थ्यो । मार्ने नै भए दुनियाँ जनतालाई थाहा दिएर मार् भन्थ्यौँ, फाँसी दिने कानुन बनाएर मार् र लास परिवारलाई बुझाइदे भन्थ्यौँ । तर, मृत्युदेखि डराएर वा आत्मसमर्पण गरेर जीवनभिक्षा माग्न हामी चाहँदैनथ्यौँ । गद्दार भएर बाँच्न भन्दा सहिद भएर मर्नु नै श्रेयस्कर छ भन्ने हाम्रो मूल मन्त्र थियो, त्यसैले हामी जस्तै यातनाले पनि डगेनौँ ।'
***
भैरवनाथ गणमा रहँदा हिमाल र उनका साथीलाई वेलावेला ब्यारेक सार्दै यातना दिने पनि गरिन्थ्यो । एकचोटि राति काभ्रेको जंगलमा लगियो । त्यो रात हो कि दिन भन्ने पनि के थाहा र ? त्यहाँ पुगेपछि उनीहरूका आँखा खोलियो र दुईजनालाई ड्याङ-ड्याङ गोली हानेर हत्या गरियो । 'हामीलाई त्यो देखाउन लगिएको रहेछ, ती माओवादी कार्यकर्ता पनि थिएनन्, सर्वसाधारण थिए । हामीलाई लाग्यो- आज हामीलाई पनि यहीँ मार्छ होला,' उनले भने, 'तर हामीलाई तर्साउन मात्रै त्यसो गरिएको रहेछ । हामीलाई पनि त्यहीँ माटामा जिउँदै गाडियो, गोली हान्न 'कक' पनि गरियो । तिमीहरूको योजना सुनाई, आत्मसमर्पण गर भन्यो । हामीले मानेनौँ । थप यातना दिइयो त्यहाँ । हामीलाई मार् भन्दा 'तिमीहरूलाई बाँच्न पनि नदिने र मर्न पनि नदिने भन्ने माथिको आदेश छ भन्थे ।'
'पुरुषहरूभन्दा महिलामाथि झन् निर्ममता र क्रूरतापूर्वक यातना दिइन्थ्यो,' अर्को एउटा घटना सम्झँदै शर्माले भने, 'तामाङ थरकी एकजना आठ महिनाकी गर्भवती महिलामाथि जाँड-रक्सी खाएर आएका १३ जनाले हाम्रै अघि बलात्कार गरेर हत्या गरे । 'मेरो एक महिना मात्रै बाँकी छ, यति बच्चा जन्माउन देऊ, अनि मारे पनि मारौला, जे गरे पनि गरौला' भन्दै उनी चिच्याइरहेकी थिइन् । तर, उनको हारगुहार कसैले सुनेन, तेरो बच्चा पेट थिचेर जन्माइदिन्छौँ भन्दै जाइलागे र उनको हत्या नै गरे ।'
'अर्को एकदिन ०६१ को फागुपूणिर्मामा सैनिक जर्नेलहरूलाई रमाइलो गर्न मन लागेछ । हामी सबैलाई एकै ठाउँमा बसाएर सबैका लुगा फुकालिदिए । केटा र केटीलाई एकै ठाउँमा जोडिदिने, शारीरिक सम्पर्क गर् भन्ने गर्थे । नमानेपछि नांगै केटाकेटीलाई एउटै बोरामा हालिदिने र बाहिरबाट कुट्ने गर्न थाले । त्यो स्थिति बाँकी सबैलाई देखाउँथे र पालैपालो थप यातना दिन्थे । जर्नेलहरू यस्तो घटनालाई चाख मानीमानी रमिता हेर्थे ।'
***
२७ महिनासम्म भैरवनाथ गणमा राखेर अदालतको आदेशमा रिहा गरिएको थियो उनलाई । तर, लगत्तै अदालतबाटै फेरि गिरफ्तार भए उनी । 'त्यसपछि नख्खु जेलमा राख्यो, त्यहाँ त मेरा लागि स्वर्गजस्तो नै थियो । जेलमा त बोल्न पनि पाइन्थ्यो, कुरा गर्न र सुन्न पनि पाइन्थ्यो,' उनले भने, 'तर जेलमा गएपछि पनि मलाई साथीहरूले हातपछि लगेर रुमालले बाँधिदिनुपथ्र्यो, भैरवनाथमा रहुन्जेल पछाडि हात बाँधेर कुटिरहन्थ्यो । मेरो त शरीर पूरै पछाडितिर 'फोल्ड' भएछ । हात पछाडि नलगी सुत्नै नसक्ने भएछु, एकदमै अप्ठेरो महसुस हुन्थ्यो ।
हिमालले जीवनमा पाएका यातनाले निरन्तर राजनीति र विद्यार्थी आन्दोलनमा लागिरहन आफूलाई प्रेरणा दिएको बताए । 'उनीहरूले चाहेर पनि हामीलाई मार्न सकेनन्, उनीहरूले ठानेका थिए होला- यस्तो यातना दिएपछि यिनीहरू गल्छन्, तर हामी पटक्कै नझुकेर उनीहरूको मनोविज्ञानमाथि प्रहार गरेका थियौँ,' हिमालले भने, 'यो यातनाको शृंखला मेरो सम्पत्ति हो, यसैबाट मैले नयाँ दर्शन सिकेको छु । म खुला रहँदा वर्गसंघर्षमा सबैसित लड्न सिकेको थिएँ । संगठनसँग जुध्न पनि सिकेको थिएँ । तर, यस यातनाले आफैंसित लड्ने दर्शन पनि सिकेँ,' उनले अलिकति गर्व र अलिकति खुसीको भावमा भने, 'यो त मेरो नयाँ जीवन हो, नाफाको जीवनजस्तो ।'
***
अहिले त्यही 'नयाँ जीवन' लिएर उनी 'विद्यार्थी आन्दोलनलाई नयाँ गति र उचाइ दिने' नारा लिएर विद्यार्थीसामु आएका छन् ।
---
साभार - नयाँ पत्रिका
२०६५/१२/०५
हिमाल शर्मासंगको कुराकानीमा आधारित
(यो तयार पार्दा शर्मा स्ववियु निर्वाचनको लागि त्रिवि केन्द्रिय क्याम्पस किर्तिपुरमा सभापति पदको लागि अखिल(क्रान्तिकारी)को तर्फबाट उम्मेदवार रहेका छन्)
Comments on this article
Total comments - 1
Ma tayar chu
tapai haru le garda nai nepal ma aja ko din ayeko cha, naya nepal banaune tapaiharu ko kam ma ma pani sadhai tayar chu..
Posted on - 2009-03-19 10:17:17
Make comment
Recent Tweets |
Author Information
Sangeet Srota
More Articles from same author
No more articles from the user
Mero Jindagi Mero Biswas (This I believe)
काम गर्दा मलाई कहिल्यै दिक्क लाग्दैन »
एसएलसीपछि मलाई काठमाडौं आएर आईएस्सी पढ्ने चाहना थियो । तर घरको आर्थिक अवस्था कमजोर भएकाले म तानसेनमै कमर्स पढ्न थालेँ । क्याम्पस तह राम्रै अंक ल्याएर पास पनि गरेँ । ममा पढाइप्रति सानैदेखि निष्ठा थियो । त्यो निष्ठाको उद्देश्य म अरूभन्दा पढाइमा अगाडि हुनुपर्छ भन्नेमात्र थियो । तर कामप्रतिको निष्ठा प्रतिस्पर्धामा अरूभन्दा अगाडि हुनुमात्र रहेनछ । कामप्रतिको निष्ठाको महत्त्व मैले भारत सरकारको छात्रवृत्तिमा भारतमा पढ्न जाँदा त्यहाँका एक गुरुको कामबाट बुझ्न पाएँ । उनी विदाको समय पनि सेवाग्राहीका निम्ति काम गर्थे । कतिपय सेवाग्राही खुसी भएर उनलाई भोज खान...
Mar 25 2009 / 802 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

