CURRENT ARTICLE


लोला आतंक

हाम्रा पर्वहरूका आ-आफ्नै विशेषता छन् । तिनले बोक्ने अर्थ र तिनको प्रयोजन पनि उत्तिकै विशिष्ट हुन सक्छन् । चाडपर्वकै मौकामा मित्रता गाँसिन सक्छ, माया लगाइन सक्छ र विगतका मनमुटावलाई सेलाइन सकिन्छ । तर, मेलमिलाप र सद्भावका पर्वहरू विस्तारै फोहोरी हुँदैछन् । हामी देखीदेखी विकृतिहरूलाई नदेखेझैं गरिरहेछौँ, चुपचाप सहिरहेछौँ । एकाध व्यक्तिले पत्रपत्रिकामा लेख्नु, टिभीमा देखाउनु र रेडियोमा फलाक्नुले मात्रै केही हुँदैन ।

सन्दर्भ हो, फागुपूणिर्मा अथवा होली । होलीको दिनभन्दा दुई/तीन हप्ताअघिदेखि नै काठमाडौंको सडकमा छाउने आतंकको विगत चार वर्षदेखि सिकार भएकी छु म । काठमाडौंको होली विकृतिको चरम नमुना भएको छ । सदाचार, मेलमिलाप र एकताका लागि खेलिनुपर्ने पर्व यसरी विकृत भएको छ । होली रंगको पर्व हो । रंगहरू अनेकता र विविधताका प्रतीक हुन् । भिन्नभिन्न रंगले भिन्न अर्थ राख्छन् । होली पर्वलाई आधुनिक जीवनको सन्दर्भसँग जोड्न सकिन्छ । यतिखेर हाम्रो देश संघीयतामा प्रवेश गर्दैछ । संघीय मुलुक भन्नु र एउटै रंगदानीका भिन्नभिन्न रंग भन्नु उस्तै हो । रातो रंग प्रेम, बलिदान र ताजापनको प्रतीक हो । सेतो र नीलो शान्तिका प्रतीक हुन् भने हरियो प्रकृतिको प्रतीक हो । त्यस्तै, पहेँलो त्यागको प्रतीक हो र कालो विरोधको । सबै रंग मिलाउनुको अर्थ हो, अनेकतामा एकता । बहुरंग आपसमा दलेर या छ्यापेर खेलिने पर्व हो होली । रंग आपसमा दलेर खेलिने फागुमा कसले ल्यायो यो पानी फ्याक्ने आतंक ? प्लास्टिकका पोकामा जस्तो पायो त्यस्तो पानी भरेर सडकमा हिँडिरहेकाहरूलाई हान्ने यो पीडक संस्कार कहाँबाट आयो ? लोला आतंकको पहिलो सिकार महिला, खासगरी युवतीहरू हुने गर्छन् । होली आउनु दुई/तीन हप्ताअघि नै सडकमा स-साना बच्चादेखि युवक र युवतीका हातमा देखिने लोलाले चरम असभ्यता झल्काउँछ । पानीको हाहाकार भएका सहरहरूमा फोहोर, जुठो र अन्य रासायनिक पदार्थ मिसिएको पानीसमेत हालेर अर्कालाई छ्यापेर रमाउने, यो कुन शताब्दीको चेतना हो ? उपत्यकावासी र अन्य सहरवासीले तराईको सभ्य होलीबाट केही सिके कति जाती हुन्थ्यो ।

साभार - नयाँ पत्रिका
२०६५/११/२७ फागु पुर्णिमा


Comments on this article

No comments has been made yet

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Author Information

Pratibha Bhusal
Pratibha Bhusal

Article Stats


Article Reads2254
Article Rating 2

More Articles from same author

No more articles from the user


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

बोल्नेले नै जित्छ »

this-i-believe-बोल्नेले नै जित्छ

मेरो स्वास्थ्यकर्मीको पेसा ३० वर्ष पुरानो भयो । सोलुको सोताङबाट हेल्थ असिस्टेन्टको रूपमा यो यात्रा थाल्दा गाउँको अधिकांश मानिस गरिब र अशिक्षित थिए । उनीहरूलाई ठूलो अस्पताल जानु धेरै गाह्रो कुरा थियो । उनीहरू मलाई त्यहाँको डाक्टर नै ठान्थे । सामान्य बिरामीमात्र होइन, हातखुट्टा भाँचिएका, जटिल प्रकृतिका सुत्केरी केश पनि आउने गर्थे । स्वास्थ्यचौकी ल्याउन नसकिनेका लागि बोलाउन आउँथे । म उपचारको निम्ति घरमै पनि जान्थेँ । स्वास्थ्यचौकीमा मैले उपचार गर्न नसक्ने बिरामी नआउन् भनेर प्रार्थना गर्थें । किनकि गाउँलेले डाक्टर भने पनि वास्तवमा म एउटा हेल्थ...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 2 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 2 Users online [ Visits including robots - 865603 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark