CURRENT ARTICLE
प्रधानमन्त्रीका चिन्ता
प्रधानमन्त्रीका रूपमा स्वयं प्रचण्ड र उनको नेतृत्वको सरकारका काम र त्यसको गतिका बारेमा धेरैले धेरै प्रकारले टीकाटिप्पणी गरिरहेका वेला उनले जनताकै तहबाट समय, राजनीति, समाज र यसका अन्तर्विरोधमाथि प्रश्न उठाएका छन्, अनि जनतालाई आश्वस्त पार्नेभन्दा बढी जनतालाई नै प्रश्न सोध्ने हिम्मत गरेका छन् । देशका नाममा गरिएको दोस्रो सम्बोधनमा उनले एउटा शासकका रूपमा आदेश जारी गरेर जनतालाई केही गरिरहेको भ्रम छर्ने दुश्चेष्टा गर्नबाट आफूलाई बचाएका छन् । सायद, उनको सम्बोधनको सबैभन्दा शक्तिशाली पक्ष यही थियो ।
वर्तमान सरकार सामान्य अवस्थाको सरकार होइन र कुनै समयको जस्तो सामान्य कामचलाउ पनि होइन । यो त देशले इतिहासमा विरलै हुने ठूलो राजनीतिक परिघटनापछि धेरै जनताका आकांक्षालाई वाणी दिनका लागि गठन भएको सरकार हो । यस सरकारसँग यसका समर्थक र शुभेच्छुकका मात्र होइन, विरोधी र तटस्थ जनमतका समेत आफ्नै आशा र आशंका छन् । यस सरकारका सीमा छन्, तर यसले केही न केही मानेमा त्यस्ता सीमाको अतिक्रमण गरेको जनता हेर्न चाहन्छन् । संविधान निर्माणका काममा संविधानसभालाई सहयोय गर्नु र जनतालाई सकेसम्म राहतको अनुभूति दिलाउनु यस सरकारको दायित्व थियो ।
संविधानसभाको निर्वाचनपछि विकसित घटनाक्रममा सरकारको गठन जति जटिल बनाइएको थियो, त्यस्तो जटिलता निम्त्याउने जेजस्ता कारण थिए, ती अझै बलशाली भएका छन् । आइतबार मात्रै नेपाली कांग्रेसका सभापति तथा यसअगाडि एमाले नेता केपी ओली र माधव नेपालले व्यक्त गरेका विचारमा ती जटिलताको छनक मिल्छ । यस्तो वेला सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले जनताका भाषामा आफूलाई व्यक्त गरेर जनसमर्थन बटुल्ने राम्रै प्रयास गरेका छन् । खालि उनका वाचा कति कार्यान्वयन हुनेछन्, त्यो हेर्न बाँकी नै छ ।
सम्पादकीय नयाँ पत्रिका - २०६५/माघ/१४
Comments on this article
Total comments - 1
It seems okey
It seems okey
Posted on - 2009-02-04 07:24:02
Make comment
Recent Tweets |
Author Information
नयाँ पत्रिका राष्ट्रिय दैनिक
Mero Jindagi Mero Biswas (This I believe)
विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म »
जिन्दगीका ३८ हिउँद-वर्षा मैले शिक्षण पेसामा बिताएँ । यो पेसामा कसैको चाकरी गर्नु पर्दैन, कसैसँग सम्झौता गर्नु पर्दैन, त्यसैले मैले यो पेसा रोजेँ । यो पेसाले मलाई सधैं स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरआत्माको आवाजलाई बेवास्ता गर्न र सत्यको साथ छाड्नुपरेन । त्रि-चन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शंकरदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाए हुँला । मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले...
Dec 25 2008 / 854 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

