CURRENT ARTICLE


हिरोहोण्डा


"कति?"

"पैतीस"

"दिने कतिमा?"

"तीस"

"बीसमा दिने भए पाँचवटा लान्छु"

"हुन्छ", साहुनी उसको मोलमा दिन राजी भई । उसले मोलमलाई गर्न जान्ने भइछ । मैले पुलबाट नै उसलाई देखेको थिएँ । म जमल हुँदै ठमेल जाने ताकमा थिएँ तर उसलाई देखेर पुलबाट असन जाने बाटोतिर झरेँ । असनको बाटो दशैंको चहलपहलले निकै भीड भएको थियो । ऊ बाटोको मुखैमा त्रिपाल ओछ्याएर थापेको पसलमा सानो बच्चाको लागि हुने सुरुवालमा मोलमलाई गर्दै थिई ।


मैले पछिल्तिरबाट उसको कुममा हात राखे । ऊ तर्सिइन । म उसलाई तर्साउन चाहन्थे । ऊ नतर्सिने पनि भइछ, पहिला पहिला तर्सिन्थी ।


"ए तिमी ।", उसले सामान्य प्रतिक्रिया दिई । मेरो उत्तेजना स्वाट्ट घटेर गयो । म बिचरो हाँसो हाँसे, अगाडिका मात्र दाँत देखाएर ।


"एक महिनाको लागि ठीक हुन्छ?", उसले सुरूवाललाई नै महत्व दिई ।


"हुन्छ, हुन्छ । तीनचार महिनासम्मको लागि हुन्छ", साहुनीले जोडले भनी । छेवैमा हिरोहोण्डाको चिठ्ठा स्टल थियो, अनि त्यसैबाट आएको चर्को संगीत भन्दा पनि पसल्नी चर्केर बोलेकी थिई ।


"कसको लागि यो ?", मैले उसको हातमा भएको सुरुवालतिर इशारा गरे । मैले उसको हाल खबर सोधिन, तर उसका आँखाहरूले उसमा केही परिवर्तन आएको संकेत गर्दै थियो । मलाई त्यो भन्दा पनि उसको सुरूवाल किनाइले छक्क पार्यो र कौतुहल पनि ।


"मेरो नानीको लागि", उसले सहज भएर जवाफ फर्काई । उसको सहज जवाफले म भने असहज भए ।


"नानी? तिम्रो नानी ?", म उत्तेजित भए, "कहिले बिहे गर्यौ ?"


"उहिल्यै", उसले मतिर हेरेर भनी । मेरा आँखाहरूको आयतन आश्चर्यले पक्कै फराकिलो भएको हुनुपर्छ ।


मलाई अब के सोध्ने भनेर समय लाग्यो । ऊ सुरुवालको रंग छान्न लागि । धेरै भीड छ, घरी घरी मान्छेले ठेल्छन् पनि ! अर्को आइमाई पनि आई, तर भाउ सुन्ने बित्तिकै फत्फताई, "कान्ति अस्पतालतिर दशमा पाइन्छ, पैतीस रे !" अनि लागि असनको बाटो ।


"मलाई थाहा थिएँन त !", मैले दुखेसो गरे ।


"मैले थाहा नदिएको"


"तर तिम्रो त पामसँग पो प्रेम थियो नि हैन र ?", मैले प्रश्न गरे जब कि म राम्रोसँग जान्दथे, उसको पामसँग प्रेम थियो ।


"हो । किन लोग्ने मन नपरे अर्कोलाई माया गर्न पाइन्न र ?", उसले प्रतिप्रश्न गरी ।


उसको प्रेम उत्कर्षमा पुगेको थियो । म सबै जान्दथे, अलिकति उसले भनेकी थिई अलिकति पामले भनेको थियो । हुन त उसको प्रेम टुटेको पनि मलाई थाहा थियो तर पनि मैले नजानेको झैं गरे ।


"मलाई लागेको थियो मैले मात्र हल्ला गर्छु । उसले पनि आफ्नो भागको हल्ला गरेछ", उसले फिस्स हाँसेर भनी र फेरी सुरुवालतिरै फर्की, "यो होइन, त्यो त्यो"


"त्यसोभए यो कसको बच्चा?", मैले आँट गरेर सोधे ।


"मेरो", उसले छोटो जवाफ दिई, उही सहज पारामा ।


"मैले बाउको नाम जान्न खोजेको"


"के आमाले बच्चा मेरो भन्न पाउँदिन ?", ऊ चर्केर बोली । त्यो चर्काई नजिकैको गीतलाई चिर्ने भन्दा बेसी थियो ।


"पाउँछ्यौ तर त्यो पूरा जवाफ होइन । बच्चा आइमाई एक्लैले जन्माउन सक्तिन", म पनि चर्किए । मेरो चर्काइ पनि गीतलाई चिर्ने भन्दा बेसी थियो ।


"यो बजारको दुनियाँ हो, सम्झ आजभोली बिर्य बिक्रीमा पाइन्छ र मैले किन्ने क्षमता राखे", उसको कुरा भद्दा सुनियो, मलाई मन परेन ।


"के त्यसो भए टेस्टट्युब बेबी ?", मैले फेरी तुरुन्तै सोधे । ऊ जसरी पनि बच्चा जन्माउन चाहन्थी । मलाई थुप्रै पटक भनेकी थिई ।


"लोग्नेमान्छेसँग सुतेरै भएको हो", उसले हातमा भएको निलो सुरुवाल साहुनीतिर फ्याक्दै भनी, "कस्तो नमीठो कलर"


कस्तो भद्दा बोल्ने भइछ, दश महिनामा नै ।


"तिमी यस्तो पनि बोल्ने भयौ ?", मैले उसको हात समाए । मलाई उसको माया लाग्यो ।


"के नभए तिमी मलाई यत्तिकै छाड्छौ ?", उसले हात छुटाई ।


"के भयो ? कसरी भयो ?", म फेरी उसको हात समाउन चाहन्थे तर उसले हातमा खैरो र खरानी रंगको छिर्केमिर्के बुट्टा भएको सुरुवाल समाएकी थिई । चर्को गीतले गर्दा साहुनीले हाम्रो कुरा सुनुरहेकी थिइन तर बेलाबेलामा मतिर हेरिरहेकी थिई । उसको ग्राहकलाई मैले गफमा जो अलमाएको थिएँ ।


"मैले होसहवासमा बच्चा पाउने निर्णय गरेको हो, म बच्चा तुहाउन सक्थे । त्यसैले के भयो भनेर केही फाइदा छैन", उसले मलाई हेरी अनि पर पुलतिर नजर दौडाई । यस्तो लाग्यो उसले कुनै भयानक घटना भर्खर सम्झी र ऊ त्यसलाई सामान्य तरिकाले लिन चाहन्थी ।


"तिमी नेपाली समाजमा छौ, धेरै गार्हो छ", मैले उसलाई तर्साए ।


"म जसजसलाई भेट्छु पहिला त उनीहरूले मुख उज्यालो पारेर बधाई दिन्छन् नानी भएको र बिहे भएको दुवैको अनि श्रीमानको बारेमा सोध्छन, मेरो जवाफसँगै उनीहरूको अनुहार अँध्यारो हुन्छ । मलाई थाहा छ, म कट्ने बित्तिकै उनिहरू अनुमान गर्न थाल्छन्, म कोकोसँग हिँड्थे तिनीहरूको लिस्ट बनाउन थाल्छन् । मेरो बच्चासाथमा छ भने बच्चाको अनुहार कोसँग मिल्छ भनेर सोच्न थाल्छन् । त्यतिखेर मलाई ढुक्क लाग्छ, म नेपाली समाजमै छु भनेर", उसले मुसुक्क हाँसेर भनी, "हामीलाई जति अरूको बारेमा चासो राख्ने फुरत अरू कसलाई छ र ? ती केटाहरू जोसँग म मात्र सँगै हिडेको थिएँ होला, ती पनि लिस्टमा राखिन्छन्"


"म आमा भएको कुरामा गर्व गर्न चाहन्छु तर तिमीहरू मलाई यति सजिलै गर्व गर्न दिदैनौ । मलाई लागेको थिएँन तिमी मेरो बच्चाको बारेमा उत्सुक हुन्छौ, छोरा या छोरी ? कस्तो छ ? कहिले, कँहा जन्म्यो ? तिमीहरू सब एउटै कुरा जान्न चाहन्छौ बच्चाको बाउ। त्यो मान्छेको नाम जो यो कुरामा सहमत थिएन । म उसलाई कुनै दबाब दिन चाहन्न किनकि म सक्षम छु । यो मेरो निर्णय हो, मलाई यसमा कुनै खेद छैन । मलाई थाहा छ, तिमीहरू नयाँ कुरा पचाउन समय लिन्छौ", उसले बिस्तारै भनी । गीत बज्न बन्द भइसकेको थियो । उसले सुरुवाल पनि छानिसकेकी थिई ।




"के तिमी तिम्रो बच्चालाई पनि यसै भन्छौ ? उसलाई के जवाफ दिन्छौ ? कुनै नाम त तिमीले भन्नै पर्छ", मैले नाममा जोड दिएर भने ।


"मसँग एउटा नाम छ"


उसले सुरुवालको पैसा तिरी । भीड झन झन बाक्लिदै थियो । "एकसय साठी, एकसय साठी" "पचास पचास" भनेको जोड जोडले सुनिइरहेको थियो । मान्छेहरू मोलमोलाइ गरिरहेका थिएँ ।


उसले मलाई एकछिन हेरी, म उसले भन्ने नाम सुन्न आतुर थिएँ । मेरो मनमा उसका केटासाथीहरू सबैको चित्र बनिरहेको थियो । म मनमनमा उसले यसको नाम भन्छे कि त्यसको नाम भन्छे भनेर तर्कना गरिरहेको थिएँ । उसले मेरो हात समाई, मैले उसको आँखा हेरे, शान्त थियो त्यो बिक्कुल शान्त !


"हिरोहोण्डा", उसले मेरो जिउ हिरोहोण्डाको स्टलतिर मोडिदिई र हिँडी ।



Comments on this article

Post a Comment

Total comments - 6

I also didn't get full story.

Gsha

I also didn't get full story.But I support that girl who didn't want to give father's name.

Posted on - 2009-01-07 05:11:14

 

sabailai dhanyavad

Anbika Giri

katha padhnu hune sabailai dhanyavad. kathako barema ma kahilyai kehi comment gardin kin ki yo katha ho. sabaiko aafno aafno bichar hunsakchha, kasailai yo ati man parna sakchha ta kasailai ati jhoor! ma man praune ra man naparaune dubai pathakko samman garchhu kinki man parauna wa man naparaunaka lagi uhaharule kamtima mero katha padhnu bhaeko chha. sabailai dhanyabad!

Posted on - 2009-01-06 05:09:41

 

OK

Dhruba Adhikari

Dear Kanid, Gsha and all,
I will pass this message to the author and ask her to make clear about the ending, if possible.

Thank you all for your participation.

Posted on - 2008-12-25 04:33:42

 

sorry

kanid

but i did not get the ending...

Posted on - 2008-12-25 04:06:11

 

Why

Dhruba

Hey, Gsha,
What is that, which you found you could not believe in this article. Please be descriptive.

Lets discuss more details on this matter. Who knows there might be another new story after this discussion.

Ha.Ha.

Posted on - 2008-12-12 04:48:14

 

I dont beleve

Gsha

Yesto pani huncha ra, I dont believe this matter.

Posted on - 2008-12-12 04:48:14

 

Make comment

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body


Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password

Author Information

Anbika Giri
Anbika Giri

Article Stats


Article Reads2444
Article Rating 3.5

More Articles from same author


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

पञ्चतत्त्वको शुद्धतामा विश्वास गर्छु »

this-i-believe-पञ्चतत्त्वको शुद्धतामा विश्वास गर्छु

म विश्वास गर्छर्ुुपञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशको शुद्धता नै जीवन र जगतको शुद्धताको आधार हो । मानव जीवनको स्वस्थताका लागि यी पञ्चतत्त्वहरू रासायनिक, जैविक र आणविक आदि सबै प्रकारका विषादीहरूबाट मुक्त हुनर्ुपर्छ । यो कुरा सबै सरोकारवालाको सकारात्मक "सिनर्जी"बाट सम्भव हुन्छ । अंग्रेजीको "सिनर्जी" शब्दको ठयाक्कै मिल्ने नेपाली शब्द छैन, त्यसको भावचाहि“ अंगहरूको शक्ति तिनको जोडभन्दा बढी हुन्छ भन्ने हो । सामान्यतया एकमा एक जोड्दा दर्ुइ हुन्छ, तर व्यक्ति, संस्था वा कुनै पनि इकाइहरूको "सिनर्जी" भयो भने एकमा एक जोड्दा एघार हुन्छ, दर्ुइ होइन । यस आधारमा...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 14 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 5 Users online [ Visits including robots - 865616 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark