CURRENT ARTICLE


आखिरमा 'डाँफे' पहिलो परिक्षणमैं उडेर छाड्यौ

प्राय: जसो पाटनको गल्लीमा भेट हुँदा म सँधै सोध्ने गर्दथें, "दाई, अब कहिले उड्छ त?', र जवाफ यौटा टोकरीमा राखेका जवाफ मध्ये यौटा थुतेर भनेजस्तो रेडिमेड हुन्थे। सायद विकाश दाई आँफै यकिनमा हुनुहुन्थेन त्यो कहिले उड्छ भनेर। कहिले सरकारी नियम, कहिले रिस्क(क्षतिको जिम्मेवारी)। आयोगको गठन, आदि प्रकृया पुरा हुँदा पनि नेपाली राष्ट्रिय चरोको पहिचानमा मात्र सिमित हुँदै थियो "डाँफे"। तर, अन्तयमा पुल्चोक क्याम्पसले नै त्यसको क्षति बेहोर्ने सहमति भएपछि, मंसिर २१, शनिवार डाँफे उडिछाड्यो। त्यो पनि पहिलो परिक्षण मै सफल उडान। यस्तो सफलता बोकेको जहाज, र स्वयं नेपाली इन्जिनियर त्यो पनि एमेचर(दक्ष नभइसकेको) ले बनाएको । यसलाई पनि नागरिक उड्डयनले यति सम्म झुलाउनुलाई के को संकेत मान्ने। हुनत: व्यवस्था नभएको, क्षतिको जिम्मा आदि आवश्यक प्रकृया नै हुन्। तर यसलाई सहज भने बनाइएन।


जे होस्, डाँफे त उड्यो नि। अहिले दाई को मोबाइल स्विच अफ छ। सायद बधाई को ओइरो, र जागिरको कलले सताउँछ भनेर होला। अब त चिन्छन नि नेपालका जिम्मेवार तहका पदाधिकारीले। सम्झियो भने चाहिँ फेरी दु:ख लाग्छ।




गोरखापत्रको २०६५/मंसिर २२ को अंक बाट साभार गरिएको दीपक परियारको समाचार पनि तल राखेको छु।


पोखरा, मङ्सिर २१ गते । पोखरा विमानस्थलमा शनिबार मानिसहरूको भीड जम्मा भयो । यसअघि सामान्य मानिस जान नपाउने विमानस्थलमा मानिसहरू तँछाडमछाड गर्दै विमानस्थलको छतमा उक्लिरहेका थिए । त्यहाँ न त नेपालका राष्ट्रपति नै आएका थिए, न त प्रधानमन्त्री, न त कुनै विदेशी उच्चपदस्थ व्यक्तित्वहरू नै । मानिसहरू व्यग्र प्रतीक्षामा देखिन्थे । करिब ४ः३० बजेको थियो । विमानस्थलभित्र केही परबाट पहेँलो, सेतो र सुन्तला रङको ठूलो चरा आकारको वस्तु गुड्दै आयो । मानिसहरूले अनुमान गर्न ढिलाइ गरेनन्, त्यही नै डाँफे हो भनेर । हो, मानिसहरू पहिलो पटक नेपाली विद्यार्थीहरूले तयार पारेको विमान 'डाँफे' हेर्न त्यहाँ पुगेका थिए ।


जब डाँफेले पोखरा विमानस्थलको भुइँ छोड्यो तब उपस्थित दर्शकहरूले तालीले स्वागत गरे । विमानको पहिलो परीक्षण अवलोकन गर्न विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह पोखरा विमानस्थल पुग्नुभएको थियो । मन्त्री शाहले रसिएन पाइलट एलेक्जेन्डर म्याक्सिमोभ र विकास पराजुलीलाई नेपालको झन्डा हस्तान्तरण गरेपछि विमानले उडान सुरुआत गरेको थियो । म्याक्सिमोभ एभिया क्लबका पाइलट हुन् । विमान करिब ३० मिटरको उचाइमा उडेको थियो । पाइलट म्याक्सिमोभले तीनपटकसम्म विमान आकाशमा उडाएका थिए ।


२०६३ सालदेखि उडान अनुमतिका लागि सङ्घर्ष गर्दै आएको युवा वैज्ञानिक विकास पराजुली नेतृत्वको टोलीले अनुमतिपछि नेपाली आकाशमा पोखरा विमानस्थलमा परीक्षण उडानका क्रममा पहिलोपटक नेपालीद्वारा नै निर्मित जहाज उडेको हो । राजधानीको भन्दा कम व्यस्त भएकाले पोखरा विमानस्थलमा विमानको परीक्षण गरिएको हो ।


एभिया क्लब नेपाल र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सहयोगमा परीक्षण गरिएको नेपाली वैज्ञानिकले निर्माण गरेको पहिलो नेपाली जहाज 'डाँफे'ले तीन वर्षपछि पहिलो पटक उडान अनुमति पाएको हो ।


नेपालको इतिहासमा नै उड्ने विमान निर्माण गर्ने वैज्ञानिक पराजुली २६ वर्षे पोखरेली युवा हुन् । पोखरा-४ गैह्रापाटन घर भएका यी युवासहितको टोलीले तीन वर्षअघि राजधानीको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रिसर्च थेसिसको रूपमा विषय उठान गरेका थिए । नेपालमै विमान बनाउने आˆनो दृढ सङ्कल्प पूरा गर्न उनीहरूले डाँफे एयर क्राˆट फेबि्रकेसन ग्रुप गठन गरेका छन् । पराजुलीको नेतृत्वमा सातजना विद्यार्थीले निर्माण गरेको सो विमानको निर्माण लागत अहिलेसम्म १० लाख रुपियाँभन्दा बढी रहेको छ ।


"विमान दुई घण्टासम्म एक सय किलोमिटर प्रतिघण्टा ६ हजार फिटसम्म उडने क्षमताको छ", पराजुलीले बताए ।


"यो विमान धावनमार्गमा ७३.२ किलोमिटर प्रतिघण्टाको गतिमा ९५.३२ मिटर गुडेपछि यसले जमिन छोड्छ", विमानबारे जानकारी दिँदै टोली प्रमुख पराजुलीले भने, "अस्टि्रयन प्रविधिको इन्जिन जडान गरी निर्मित यस विमान उडानको समयमा ४०० किलोग्राम तौल धान्ने क्षमताको छ भने ५० लिटर इन्धन लिएर दुई घण्टासम्म लगातार उडान गर्न सक्नेछ ।"


एभिया क्लब पोखराकी निर्देशक नताशा श्रेष्ठका अनुसार यो विमान दक्षिण एसियाकै नयाँ उत्पादन हो । विमान उडान तालिमबारे प्रशिक्षण दिँदै आएको एभिया क्लबले डाँफे विमानकै आधारमा अरू विमानसमेत नेपालमै उत्पादन गर्न सकिने बताएको छ ।


"यसको डिजाइन दक्षिण एसियामै नयाँ छ । अरू विमानमा झैँ तीन पाङ्ग्रा भएको यो विमान अस्टि्रयन प्रविधिको इन्जिनबाहेक बाँकी सबै कामका लागि नेपाली ज्ञान, सीप, कला, प्रविधि र स्थानीय सामग्रीको संयोजनमा सजाइएको छ", एभिया क्लबकी निर्देशक श्रेष्ठले बताउनुभयो ।


दुई घण्टासम्म एक सय किलोमिटर प्रतिघण्टा गतिमा उड्नसक्ने भए पनि सात मिनेटको रोलिङ टेस्टपछि झन्डै एक मिनेटसम्म मात्रै आकाशमा उडान अनुमति पाएको हो ।


यो अनुमति पाउन वैज्ञानिक टोलीले पूरै एक वर्ष खर्चेका थिए । एक वर्षअघि उडान अनुमति माग्दा नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन तथा अन्य सुरक्षाको कारण देखाई उडान अनुमतिपत्र दिन नसकिने पत्र जारी गरेका थियो ।


नेपालीले नै बनाएको जहाज उडाउन सरकारले बन्देज गरिदिएपछि दिक्क वैज्ञानिकहरूले कैयौँ पटक सरकारको ढोका ढक्ढक्याउनु पर्‍यो । पटकपटक आग्रह गर्दा पनि प्राधिकरण नमानेपछि नागरिक उड्डयन मन्त्रालयले नै सचिवस्तरीय जाँचबुझ समिति गठन गर्‍यो । समितिले त नेपालमा यस्ता कार्यका लागि प्रावधान नै नभएको ठहर गरेको थियो । बाध्य भएर पछि पोखरा विमानस्थलमा उडानको लागि अनुमति त दियो तर विमानचालक बिमा, तेस्रो पक्ष क्षति बिमालगायतको करोडौँबराबरको बिमाशुल्क तिर्नुपर्ने भनी फेरि अनुमति रद्द गरिदियो ।


शुल्क तिर्न नसकेपछि सम्पूर्ण क्षतिको जिम्मेवारी पुल्चोक क्याम्पसले नै बेहोर्ने गरी एक वर्षको कडा परिश्रममा एक साताअघि मात्रै उडान अनुमति पाएको हो, डाँफे विमानले ।


डाँफे विमानलाई हावामा तैरिनलाई आवश्यक १० मिटर फैलिएको पखेटा प्रयोग गरिएको छ । सिटमुनि इन्धन ट्याङ्की छ भने त्रिभुजाकार विमानको पछिल्लो भागमा शक्ति यन्त्र जडान गरिएको छ । "मानव सभ्यतामा प्रविधिले ल्याएको परिवर्तनमा नेपाली प्राविधिकले पनि योगदान दिन सक्छन भन्ने हामी प्रमाणित गर्न चाहन्छौँ", पराजुलीको भनाइ छ । यसको सफल उडानपछि हषिर्त मुद्रामा पराजुलीले भने, "रिसर्च र निर्माणकार्यलाई अगाडि बढाउने योजना छ ।" भक्तपुरका साथी गणेशराम सिंकेमानसहित पराजुली मेकानिकल इन्जिनियरिङ सकी विमान रिसर्चमै लागिपर्दै आएका छन् ।


"नेपाललाई आवश्यक विमान नेपालभित्रै उत्पादन गर्न सकिन्छ भन्ने मेरो अठोट हो", उनले भने, "तर त्यसका लागि सरकारको सहयोग अपरिहार्य छ ।" सरकारले सहयोग गरेमा पाँच/छ वर्षमा नै यात्रुवाहक जहाज निर्माण गरेर देखाइदिने दाबी पराजुलीले गरेका थिए । नेपाली विद्यार्थीहरूले विदेशमा पढ्न गएर पलायन नभई आˆनै देशमा केही गर्नुपर्ने पराजुलीले बताए ।



Comments on this article

Post a Comment

Total comments - 1

Great of You

Rajendra

I wish best of luck for Bikash. I too know that he is only the persn that can withstand this.

He has finally done this.

Thanks for his dedication.

I feel that this has added a new way and ambition for all youth in Nepal.

Thanks and best of luck.

Posted on - 2009-05-17 08:55:18

 

Make comment

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body


Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

जीवनको ऊर्जा स्रोत »

this-i-believe-जीवनको ऊर्जा स्रोत

विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर 'हुन सक्दैन' अथवा 'गर्न सक्दिन' भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई केलाउनसकेको छैन कि कसरी ममा सकारात्मक विचार निहित भयो । मेरो साङ्गीतिक जीवन यस्तै सकारात्मक विचारबाट प्रेरित भएको छ । त्यसबेला न सङ्गीतका गुरुहरू थिए, न सङ्गीत स्कुल, नत सङ्गीतका पाठयपुस्तक नै । त्यसमाथि धेरैका घरमा जस्तै मेरो घरमा पनि सङ्गीत प्रतिबन्धित...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 2 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 2 Users online [ Visits including robots - 865603 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark