CURRENT ARTICLE


बहुप्रतिक्षित, अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम - अन्तराष्ट्रिय चासोको विषय


द्वितीय विश्वयुद्ध पश्चात विश्वको प्रमुख शक्ति राष्ट्रकोरुपमा उदय भएको अमेरिका आज पनि त्यहि शान र पकडका साथ शक्ति समुदाय र अन्तराष्ट्रिय समुदायसामु प्रस्तुत भइरहेको छ। सोहि विश्वयुदपछि नै जन्मेको, अमेरिकासंग कडा टकराव राख्ने कम्युनिष्टहरुको तत्कालिन अर्को शक्ति गुट शोभियत संघ, पछि टुक्रेर कमजोर भएपछि अमेरिका अझ मजवुत भइ अन्य राजनीतिक विचारधारामाथि हावि भएर आज शक्तिशाली पुँजीवादी राष्ट्रोकरुपमा अगाडि देखिएको छ। विश्व समुदायमाथि नियन्त्रण राख्न सक्ने स्वभावनाका कारण आज उसले आतङ्कवाद नियन्त्रण र आणविक निशस्त्रिकरणका नाममा कमजोर राष्ट्रहरुमाथि हैकम र शक्ति राष्ट्रहरुसंग शितयुद चर्काइरहेको छ। यसक्रममा उसले इराकमाथि नियन्त्रण राखेर इरानलाइ आतङ्कवादलाइ सघाएको वाहानामा आणविक निशस्त्रिकरण गर्न धम्कीको भाषा वोलिरहेको छ। उसले आतङ्कवाद नियन्त्रणका नाममा अफगानिस्तान र पाकिस्तानमाथि आक्रमण गरिरहेको छ। जुन भारत र चिनको लागि खतरापुर्ण बन्दैछ। विश्वका सहयोगी तथा दातृसंस्था वा राष्ट्रहरुमध्ये अमेरिका पनि एउटा त्यस्तो देश हो, जसले विश्वका गरिब मुलुकहरुदेखि सयुंक्त राष्टसंघ सम्मलाइ आर्थिक लगायतका सहयोग उपलब्ध गराउँदै आएकोछ। यस्तो पृष्ठभुमिमा अमेरिकाका राजनीतिक लगायत अन्य घटनाहरुमा कमजोर राष्ट्रदेखि शक्तिशाली राष्ट्रहरुसम्मलाई चासो हुनु स्वभाविक हुन आउँछ।


अन्य देशहरुको पदको लागि भएको निर्वाचनका वारेमा समेत जानकारी नदिने प्रेसले अमेरिकाको निर्वाचनमा भने पार्टीले उठाउने राष्ट्रपति उमेदवाारको लागि हुने निर्वाचनका वारेमा पनि महिनौदेखि समाचार दिइरहेका हुन्छन। त्यस्तै स्थिति अहिले देखिएको छ। राष्ट्रपतिपदका उमेदवारहरु डेमोक्रेट बाराक ओबामा र रिपब्लिकन जोन म्याक्केन हाल चुनाबी मैदानमा छन। हालका अमेरिकी राष्ट्पति बुस रिपब्लिकन हुन। राष्ट्रपति नै सरकार प्रमुख र राष्ट्र प्रमुख हुने अमेरिकी प्रणालीमा अबको निर्वाचनमा बुशकै दलले विजय हासिल गर्ने हो बा डेमोक्रेटले जित्ने हुन् भन्ने विषयमा अन्तराष्ट्रिय चासो बढ्दो छ। त्यसैले अब बन्ने राष्ट्रपतिले अख्तियार गर्ने नीतिले इराक, इरान, पाकिस्तान, अफ्गानिस्तान लगायतका अमेरिकाले हतियार बनाएका देशहरु; प्रमुख शक्ति केन्द्रहरुको रुपमा रहेका रुस, चीन, जापान आदि देशहरु; र अमेरिकासंग अन्य वित्तिय, कुटनैतिक, राजनैतिक आदि सम्वन्ध राख्ने देशहरु, आदि सम्पुर्णमा प्रभाव पार्ने हुनाले यो निर्वाचन ती सबैका लागि चर्को सरोकारको विषय वनेको छ।



Comments on this article

No comments has been made yet

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

अक्षरको जादूमा विश्वास गर्छु »

this-i-believe-अक्षरको जादूमा विश्वास गर्छु

म अक्षरमा विश्वास गर्छु । किनभने अक्षरमा जीवन बदल्ने शक्ति हुन्छ । अक्षरमा लुकेको त्यो शक्तिलाई मैले प्रौढ कक्षामा भर्ना भएको पहिलो दिन नै चिनेँ । त्यहाँ मैले पहिलोपटक मेरो नामका अक्षरहरूलाई नजिकबाट देखेँ । मैले पहिलोपटक त्यहीं थाहा पाएँ, म सबैले भन्ने गरिएकी 'चमिली' होइन, 'चमेली' रहिछु । त्यतिबेला मलाई अक्षर जादूजस्तै लाग्यो । एउटा अक्षरको सानो घुमाइले मेरो नामै फेरियो ! मलाई त्यतिबेलै के पनि लाग्यो भने तीनवटा अक्षर चिन्दा सही नाम भेटिन्छ भने सबै अक्षर चिन्नसके सही जिन्दगी पनि अवश्य भेटिनेछ । त्यो साँझ घर फर्केर आफ्नो नाम लेखेको-लेख्यै गरेँ । लेखेको-लेख्यै गरेँ...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 3 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 2 Users online [ Visits including robots - 865603 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark