CURRENT ARTICLE


(विश्लेषण) माओवादीका गल्ती र तिनीहरुमाथिको विश्लेषण

दश वर्षे जनयुद्ध, ०६२/०६३को जनआन्दोलन र संविधानसभाको चुनाव - यहाँ सम्म आइपुग्दा नेकपा माओवादीका विषयमा नेपाली जनता, राजनैतिक दलहरु तथा अन्तराष्ट्रिय समुदायले धेरै लख काटे। माओवादीमाथि धेरैका धेरैथरीका अनुमानहरु अगाडी आए जसमा कोही राजनैतिक सिद्धान्तका आधारमा थिए, कोही व्यवहारका आधारमा त कोही काम-कारवाहीका आधारमा। यस्ता तथा अन्य थुप्रै आधारहरुमा माओवादीमाथि विभिन्न पक्षद्वारा विभिन्न अड्कलबाजीहरु गरिए।


तिनै अड्कल-अनुमानका आधारमा नै माओवादीको पक्षमा संविधानसभाको चुनावको नतिजा हावि हुन पुग्यो। जनताले लख काटेछन् - "धेरैलाई हेऱ्यौँ पटक पटक, माओवादीलाई हेरौँ न त यसपटक", त्यस्तै प्रतिश्पर्दामा उत्रिएका दलहरुले लख काटे "हिजोका फूल आजका चल्ला, के राजनीति गर्लान्। दुइ सीट त जित्ने हुन् नि !", यस्ता तथा अन्य यावत कारणहरुले माओवादी सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो।


राष्ट्रपतिको चुनावमा माओवादीका अविश्वासी र अरुलाई उपयोगका लागिमात्र प्रयोग गर्ने प्रयोगमुखी राजनीतिले गर्दा सो पद उसको समकक्षबाट पर पर सर्दै सर्दै र अन्त्यमा अलप नै हुन पुग्यो। त्यसैगरी, उनीहरुबाट नै भन्दै आइएको एमाले, काङ्ग्रेस र फोरमको अराजनैतिक र अबैधानिक गठवन्धनका कारण, उपराष्ट्रपति र संविधानसभा अध्यक्षको पद पनि उनीहरुको भागमा पर्न सकेन।


यहाँसम्म आइपुग्दा पनि बिभिन्न पक्षले बेग्लै बेग्लै अनुमान लगाउन छोडेनन्। कोहीले भने माओवादी धेरै सोझो भयो, कोहीले धुर्त भयो, त कोहीले राजनैतिक रुपमा माओवादी अपरिपक्व रह्यो । यति सम्म सोचिए कि, कतै माओवादीले यो राष्ट्रपतिको पद नै नचाहेर आफ्नो गेम खेलेको पो हो कि?


यहाँबाट प्रधानमन्त्रीको चयनसम्म आइपुग्दा नेपाली काङ्ग्रेसको राजनैतिक चलखेल र गिरिजाबाबुको प्रचण्डसंगको नितान्त व्यक्तिगत शक्तिको लागि दुश्मनीका कारण एक हप्ता, दश दिन हुँदै १५ दिनसम्म देशले प्रधानमन्त्री पाएन, प्रकृया लण्ठिई रह्यो। यो सन्दर्भमा हामीले पनि बिभिन्न प्रकारका विश्लेषण गऱ्यौँ। ती तिता र सत्य थिए भन्नु पर्छ हामीले। तैपनि प्रचण्ड प्रधानमन्त्री भई नै छाडे। उनको राजनीतिले अहिलेसम्मको सबैभन्दा ठुलो सफलता पायो। सशस्त्र द्वन्दका नाइके उनी संसदीय व्यवस्थाको सदनबाट दुई तिहाई भन्दा पनि बढी मत ल्याई अत्याधिक बहुमतले देशको प्रधानमन्त्रीमा निर्वाचित भए। उनी नेपाली काङ्ग्रेसको गठवन्धन अप्राकृतिक भन्थे। सोहि गठवन्धनमा काङ्ग्रेसलाई फुत्त फालेर आँफू छिरे र उस्तै प्रकृयाबाट प्रधानमन्त्रीमा निर्वाचित बने। फेरी नेपाली काङ्ग्रेसले किन छोड्थ्यो र अप्राकृतिक भन्न! आफ्नो भडाँस पोख्न उसले पनि बाँकी राखेन।


अब हलो कहाँ अड्कियो त ? माओवादी साँच्चै सोझो गाई सरह थियो जहाँ पनि? माओवादीका सम्पुर्ण गतिविधिहरु के जनताप्रति नै लक्षित थिए? पहिले पहिले जस्ता विशलेषण र मतभिन्नता अहिले पनि नभएका होइनन्।


दिन्छु भनेर भनेको स्थानिय विकास मन्त्रालय अहिले आएर नदिने कुरा गर्नु र कारण भने साथीहरुले दिन मानेनन् भन्नु, कान्तिपुरले प्रचण्डमाथि गरेको विश्लेषण - "सहमति जुटाइहाल्ने र कार्यान्वयनमा ढिलाई गर्ने, तथा विद्यार्थी नेताको जस्तो अभिव्यक्ति दिने", एक हिसाबले सहि हुन आएको देखियो। तर फेरी शक्ति-सन्तुलनको तर्फबाट हेर्दा पुर्ण-सरकार भनेको सरकारी तहबाट गृह मन्त्रालय र स्थानिय निकायबाट स्थानिय बिकास मन्त्रालय प्रमुख हुन्। यस अर्थमा माओवादीले स्थानिय बिकास मन्त्रालय अाँफुमा राख्न खोज्नु पनि ठिकै देखिन्छ र सायद यहि कारणले पार्टीका अन्य नेताहरुले यस्तो तर्क राखेका हुन सक्दछन्। तर यसो हो भने, माओवादीले यो कारण हो भनेर किन अगाडी भन्न सक्दैन?


प्रचण्डले सपथ लिँदा टाई-सुट र भादगाउँले टोपी लगाए। कोही मरी-मरी हाँसे, त कोही आत्मसम्मान गिराएको टिप्पणी गर्न थाले। प्रसंग जोडौं, यसै सम्वन्धमा यौटा जनआवाजका लागि रेडियो कार्यक्रममा सोधिएको प्रश्न, जसका लागि उत्तरहरु राखिएका यसप्रकार थिए -

१) राष्ट्रिय मौलिकताको अपमान - ५०%

२) नयाँ नेपाल निर्माण गर्ने अभियान - २०%

३) विदेशी प्रतिनिधिहरुलाई खुशी पार्न -३०%

माथिको जनआवाजबाट त ८०% खुशी रहेनछन् भन्ने स्पष्ट देखियो नि।र मानौं उनलाई पनि उपराष्ट्रपतिलाई जसरी रिट हालियो र १० दिनको समय दिइयो। तर, उनी त भाषा र तर्कसम्मत हिसाबले त माथि नै छन्। मिठा शब्द त उनी फ्याँकि हाल्छन्।


तर पनि उनले नेपाली जनताको लागि अर्को गर्वको कुरो भने दिएका छन्। राष्ट्रपतिले "ईश्वरको नाममा सपथ लिन्छु" भनेको वाक्यलाई "जनताको नममा सपथ लिन्छु" भन्नुलाई उनको नेपाली जनताप्रतिको सम्मान र धर्म निरपेक्षता प्रतिको विश्वासका रुपमा लिन सकिन्छ।


तर्क धेरै छन्। जनसेनालाई प्रचण्डले आफ्नो सुरक्षका लागि राख्ने भन्दा देशमा विमति र विरोधमा प्रदर्शनहरु देखिन थालिसकेका छन्।


प्रधानमन्त्री भइसकेपछि, यौटा व्यक्तिले निश्चित समुहलाई मात्र सम्वोधन गर्न त हुँदै हुन्न। उ त देशको उच्च राष्ट्रिय व्यक्तिव हुन पुग्दछ। उ प्रति कसैलाई विमति हुन्छ भने त्यो सँधै राजनैितक पुर्वाग्रह मात्र हुँदैन, त्यसको सही विश्लेषण त उसले गर्नै पर्छ।


हे प्रचण्ड, पहिलेका जस्ता गल्तिहरु नदोहोराउ। शेरबहादुरले सदनमा बोल्दा एउटा कुरा फ्याट्ट बोल्ने र "के गर्ने मेरो जिब्रो यस्तै छ" भन्ने जस्ता तथा गिरिजाबाबुको "जे गर्छ अब प्राइममिनिष्टरले गर्छ" जस्ता वक्तव्यहरु अब अगाडी नल्याउ। देश बनाउ र नेपाली जनतामा उग्रराष्ट्रप्रेम र व्यग्र राष्ट्रसेवाको भावना जगाउ।


एक जनाले भनेका थिए मलाई नै, "प्रधानमन्त्री भनेको त जो भएपनि हुन्छ। राजनैतिक स्थिरता भएपछि त देश आँफै बनिहाल्छ नि"। यो सत्य होला, तर यदि संधै यस्तै हुँदो हो त माओवादीले जनयुद्ध सुरु गर्ने नै थिएन। किन भने त्यतिबेला त राजनैतिक स्थिरता लगभग कायम भइसकेको नै थियो।



Comments on this article

No comments has been made yet

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body



Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

हिरो त असल कामले बनाउँछ »

this-i-believe-हिरो त असल कामले बनाउँछ

महिरो हुनुमा विश्वास गर्छु, किनकि हिरोलाई सबैले सम्मान र माया गर्छन् । समाजमा फरक पहिचान पनि मिल्छ । यही सपना बोकेर ०५३ सालमा मुम्बई पुगेँ र आठ वर्ष बिताएँ । त्यहाँका गल्ली र सडकमा धेरै कष्ट भोगेँ । अरूका कष्टकर दृश्य पनि देखेँ । तीन पुस्तादेखि सडकमा बिताएका मान्छे । वेश्यालयबाट निकालिएकी रोगी महिलाको पीडा अनि २०/२५ तले बिल्डिङको ड्रेनबाट झरेको फोहोर कपडामा थापेर भातको सिता छान्दै खाने सडक बालकहरू देखेँ । यस्ता दृश्यले चसक्क मन दुख्थ्यो । तर के गर्ने म आफैं हिरो बन्नलाई संघर्ष गरिरहेको मान्छे ! उनीहरूको भलो सोच्थेँ, तर राम्रो गरिदिने ल्याकत थिएन । तर...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 13 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 4 Users online [ Visits including robots - 865615 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark