CURRENT ARTICLE
सरकारको मौनता, आन्दोलनका कदमहरु र महिला अधिकारबादीहरुको अर्धनग्न प्रदर्शन
संविधानसभामा करिब एक तिहाई हिस्सा महिलाले ओगटेको भएपनि विभिन्न तीन सुत्रिय माग राखी बिगत केहि समयदेखि माईतिघर मण्डलामा रिले अनसन गर्दै आएका महिलाहरुले आफ्ना मागहरु प्रति सरकारले वेवास्ता गरेको भन्दै उसको नालायकिपनलाई उदाङ्गो पार्न आईतबार अर्धनग्न प्रदर्शनमा सडकमा उत्रिँदा प्रहरीले गम्भिर रुपमा धरपकड गरे। महिला हक हितको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सम्मिलित उक्त अनसन कार्यक्रमका मागहरुप्रति सरकार मौन बनेपछि उनीहरुले यो कदम चालेका हुन्।
संविधानसभा सदस्यको उम्मेदवारीको लागि दबाब सिर्जना गर्ने समयमा अहिलेका महिला सभासदहरु सडकमा देखिए पनि तिनै आन्दोलनका सहयात्रि महिलाहरुले आन्दोलन गर्दा अहिले उनिहरु व्यवस्थापिका संसदको हैसियतमा चल्ने संविधानसभा बैठकमा कानमा तेल हालेर बसेका छन्। दमन, हिंसा, अत्याचार, शोसण लगायतका कारणबाट पिडित भएका महिलाहरुलाई माथि ल्याउन कानुन बनाउनु पर्ने कञ्चनपुरकी महिला अधिकारबादी लक्ष्मी बोहराको हत्याकाण्ड छानविनका लागि उच्चस्तरिय छानविन आयोग गठन गरिनुपर्ने लगायतका यथोचित माग सारेर संघर्षमा उत्रिएका महिलाहरुको शान्तिपु्र्ण कार्यक्रमले सफलता नपाएपछि केहि कडा रुपमा प्रस्तुत भएर अर्धनग्न प्रदर्शनमा उत्रिएका छन्।
समस्त नेपाली महिलाको आवाजको प्रतिनिधित्व गर्ने यस प्रकारको आन्दोलनलाई सम्वोधन नगर्नुमा नेपाल सरकारको लाचारीपन स्पष्ट देखिन्छ भने, नेपालमा यस्तो प्रकारको अर्धनग्न जुलुस दोस्रो पटक (पहिले बादी महिला हरुबाट) र पूर्णनग्न जुलुस (मनोक्रान्ति अभियानका अनुयायीहरुबाट)पहिले एक पटक भइसकेको अवस्थामा नग्नतालाई हतियार बनाउनुले मानव सभ्यतालाई दिएको चुनौतीको आभाषको बोध गराउँदछ।
लोकेन्द्र प्रसाई
Comments on this article
Recent Tweets |
Author Information
Lokendra Prasai
Mero Jindagi Mero Biswas (This I believe)
म माटोको महानतामा विश्वास गर्छु »
म माटोको त्यो अद्भुत क्षमतामा विश्वास गर्छु, किनभने माटोले मानिसका हर आवश्यकता पूरा गर्नसक्ने सामथ्र्य राख्छ । हाम्रो परिवार कृषिमा आश्रित थियो । मैले चार पाउ चलाउन थालेदेखि नै माटोसँग खेल्न थालेँ । तर त्यतिबेला म माटोको दास थिएँ । मनमनै प्रार्थना गर्थें- "ए बाबा दिनको सोह्र घन्टा सेवा गरेकै छु, कम्तीमा पनि अघाउँजी खान त देऊ" त्यही माटोले त्यति नै काम गर्दा कसैलाई भातैभात त कसैलाई ढिँडैढिँडो किन दिन्छ भन्ने प्रश्न मेरो मनमा सधैं खेलिरहन्थ्यो । मलाई माटो रहस्यमय र चलाइनसक्नुको कुराजस्तै लाग्थ्यो । स्कुल जानथालेपछि माटोको त्यो रहस्य खुल्छ कि जस्तो लाग्न थाल्यो...
Dec 31 2008 / 731 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

