CURRENT ARTICLE
परमानन्द झा र जनससरोकार
नेपाल एक नेपाली जनताको शान हो। नेपालको अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रभाषा नेपालको गरिमा हो। प्रत्येक नेपालीलाई चिनाउने आफ्नै राष्ट्रभाषा हुन्छ, त्यो नै सो देशको राष्ट्रभाषा हो। नेपालमा प्रचलित मातृभाषाहरू राष्ट्रभाषा हुन् । युगौदेखिको सामान्ती सत्तालाई नेपाली जनताले अनेक आरोह र अवरोह पार गर्दै अन्त्य गरी आज नेपालमा आमुल परिवर्तन ल्याउने उद्देश्यले व्यक्तिगत स्वार्थभन्दा माथि उठी समग्र देशको सार्वभौमिकतालाई आत्मसाथ गर्दै देशको स्वार्थलाइ पुरा गर्न लाग्नुपर्ने समयमा नेपाली जनताले नै गरिमामय पदमा पुऱ्याएका उपराष्ट्रपति ज्यूले तोडिदिनुभएको छ। उहाँले राष्ट्रिय स्वार्थ र सार्वभौमिकतालाई नै कुण्ठित हुनेगरी देशको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडागरी हिन्दी भाषामा सपथ लिनुभयो। त्यो त उहाँको अहमता मात्र हो। जसले उनको व्यक्तिगत स्वार्थलाइ मात्र सम्वोधन गर्दछ। उपराष्ट्रपति भनेको त समग्र देश र जनताको हुनुपर्नै हो। विहानीले दिनको संकेत गर्दछ भनेझै पदको सपथ लिदाँ नै उनले आफ्नो कार्यशैली प्रस्तुत गरिसक्नुभएको छ। उहाँले यो देशको भाषा, समग्र नेपालीले बुझ्ने साझा भाषालाई नै ह्रिदयमा अटाउन सक्नुभएन भने समग्र नेपालीको चाहना र देशको अस्थित्व कसरी मातृभूमीको गुणलाई कसरी सम्हाल्न सक्नुहुन्छ त?
जबसम्म म र मेरो भन्ने भावना रहन्छ तबसम्म देशको प्रगती हुनसक्दैन भन्नेकुरा सबैले बुभ््क्नुपर्ने हुन्छ। कानुनविद् जस्तो व्यक्तित्व साथै देशको गरिमामय पदमा पुगेर आफ्नै स्वार्थलाई समेट्न खोज्ने कार्य गरिन्छ भने आजको नेपालीको लोकतान्त्रिक गणतन्त्रको शान यही हो त? आम नेपाली समुदायले उहाँको यो कार्यप्रति गम्भिर भएर सोच्नुपर्ने स्थितिको सृजना भएको छ। माथिल्लो निकायदेखि नै जे गर्दापनि हुने परिपाठी बसेमा भोलीका दिनहरु पनि त्यति सहज हुने देखिदैनन। अबको संविधानमा राष्ट्रभाषालाई अधिक स्थान दिँदै गरिमामय स्थानमा रहेका जो कोहीले पनि आफ्नै देशको राष्ट्रभाषा प्रयोग गरिनुपर्ने कुरा समावेश गरी कडाइकासाथ लागू गरिनुपर्दछ। नत्र मियो बिनाको दाँइ जस्तै यो देशको राजनीतिक र राज्य सञ्चालन हुने कुरामा दुईमत हुन सक्दैन।
अन्त्यमाः सगरमाथाको शिखर चुम्ने धेरैजना भएपनि चुचुरामा नै बाँकी जीवन बिताउछु भनेर कोहिपनि रहन सकेका छैनन। यो राजनीति र पद पनि यस्तै हो। यसमा उहाँले आम देशवासी समक्ष माफि मागी अबदेखि सर्वोपरि हितलाई नै आत्मसाथ गरि अगाडी बढ्छु भनि प्रतिवद्धता व्यक्त गनुपर्दछ। त्यो नै उहाँको र नेपाली जनताको हित हुने छ।
सूर्यसुदन अधिकारी
विद्यार्थी तथा सम्वाददाता
सूचना तथा सञ्चार क्लब नेपाल
Comments on this article
Recent Tweets |
Author Information
Suryasudan Adhikari
More Articles from same author
Mero Jindagi Mero Biswas (This I believe)
म असाधारण रूपमा सबल छु र त्यसैमा मलाई विश्वास छ »
म अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीमा स्नातक तहमा पढ्दै थिएँ । एकदिन एउटा साथीले निधारमा गोली हानेर आत्महत्या गर्ने प्रयास गर्यो । भाग्यवश ऊ मरेन । तर बाइस वर्षको उमेरमा उसले दृष्टि गुमायो । उसको अवस्था देखेर आमाबा, साथीसंगी सबै दुःखित हुन्थे । तर एकदिन मसँग भेट्दा उसले भन्यो, 'निर्मला, संसार आँखा देख्ने बेलाभन्दा मैले अहिले राम्रो देखिरहेको छु ।' उसको स्वरमा अचम्मको आत्मविश्वास थियो । त्यो कुरा सुन्दा मलाई पहिलोपल्ट आफू दृष्टिविहीन भएकोमा सन्तोष लाग्यो । भर्खरै दृष्टि गुमाएको मानिसले त संसार पहिलेभन्दा राम्रो देख्छ भने म त झन् जन्मैदेखि दृष्टिविहीन,...
Mar 11 2009 / 863 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.25 | 74.85 |
| European euro | 1 | 96.73 | 97.51 |
| UK pound sterling | 1 | 115.92 | 116.86 |
| Swiss franc | 1 | 70.49 | 71.06 |
| Australian dollar | 1 | 66.72 | 67.26 |
| Canadian dollar | 1 | 71.83 | 72.41 |
| Singapore dollar | 1 | 54.37 | 54.81 |
| Japanese yen | 10 | 8.50 | 8.57 |
| Chinese renminbi (Yuan) | 1 | 10.96 | 11.05 |
| Saudi Arabian riyal | 1 | 19.80 | 19.96 |
| Qatari riyal | 1 | 20.40 | 20.57 |
| Thai baht | 1 | 2.30 | 2.32 |
| UAE Dirham | 1 | 20.21 | 20.38 |
| Malaysian ringgit | 1 | 23.28 | 23.46 |
| South Korean Won | 100 | 6.26 | 6.31 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.21 | |
| Danish Krone | 1 | 12.98 | |
| Hong Kong dollar | 1 | 9.56 | |

